पाठ ५ · सत्यमोहन जोशी

सत्यमोहन जोशी

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस्: गाईजात्रा, जीवनदृष्टि, संस्कृति, पुरातत्त्व, सङ्ग्रहालय, प्रतिष्ठान।
२दिइएका शब्दको विपरीत अर्थ आउने शब्द जीवनीबाट खोजेर लेख्नुहोस्: अनुत्तीर्ण, विनाश, अविश्वास, स्वार्थ, निराशा, अरुचि, कपुत, स्वीकार, निष्क्रियता।
३दिइएका शब्दको विपरीत अर्थ आउने शब्द लेख्नुहोस्: सुरक्षित, सभ्य, नास्तिक, लौकिक, गहन, सूक्ष्म।
४'सत्यमोहन जोशी नेपाली भाषा, लोक साहित्य, संस्कृतिलगायतका क्षेत्रमा...' भन्ने अनुच्छेदमा (क) कतिओटा वाक्य छन्? (ख) सबैभन्दा लामो वाक्य कुन हो र त्यो कति शब्दले बनेको छ? (ग) व्यक्तिगत स्वार्थमा नलागेको कुरा कुन वाक्यमा छ, त्यसको आशय के हो?
५सत्यमोहन जोशीको साहित्य लेखनको प्रारम्भ कहिलेदेखि भएको हो?
६जोशीले कुन कुन सम्मान र पुरस्कार प्राप्त गरे?
७जोशीले लोक साहित्यको क्षेत्रमा के के काम गरेका छन्?
८नेपाल भाषा र संस्कृतिको संरक्षणमा जोशीको योगदान कस्तो रहेको छ?
९दिइएका सालहरू (वि. सं. १९७७, १९९८, २००१, २०१४, २०६८, २०७१, २०७४, २०७६) मध्ये तलका घटना कुन सालमा भए: (क) हाम्रो लोकसंस्कृति प्रकाशन (ख) 'वाङ्मय शताब्दी पुरुष' उपाधि (ग) महाविद्यावारिधि (घ) जन्म (ङ) आई.ए. उत्तीर्ण (च) नाम र मुहार अङ्कित सिक्का (छ) 'शताब्दी पुरुष' उपाधि (ज) जागिरे जीवनको सुरुआत।
१०सत्यमोहन जोशीका आमाबुबा चिन्तित हुनुको कारण के हो?
११सत्यमोहन जोशीको अक्षरारम्भ कुन उमेरमा र कहाँ भएको थियो?
१२उनको पढाइ अघि बढ्न नसक्नुको कारण के देखिन्छ? उनले कुन तहसम्मको शिक्षा हासिल गरेका थिए?
१३सिस्नुसम्बन्धी अनुच्छेदका आधारमा उत्तर दिनुहोस्: (अ) 'साग र सिस्नु खाएको बेस आनन्दी मनले' भन्नाले के बुझिन्छ? (आ) सिस्नुमा कुन पौष्टिक तत्त्व पाइन्छ? (इ) सिस्नुलाई किन अर्गानिक उत्पादन भनिएको हो? (ई) सिस्नु पकाएर खाने विभिन्न तरिका बताउनुहोस्।
१४सिस्नुसम्बन्धी अनुच्छेदका आधारमा भाषा संरचना पहिचान गर्नुहोस्: (अ) 'आदि' र 'विपन्न' का विपरीतार्थी शब्द (आ) चन्द्रबिन्दु लागेका शब्द (इ) 'विशुद्ध' र 'प्रचलन' का उपसर्ग र तिनबाट थप दुई दुईओटा शब्द (ई) दुईओटा प्रत्यय लागेका शब्द।
१५'नेपाल आमाका कर्मठ सपुत ...' अनुच्छेदबाट मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस्।
१६सत्यमोहन जोशीको जीवनीबाट कस्तो शिक्षा पाइन्छ, यी भनाइका आधारमा व्याख्या गर्नुहोस्: (क) सादा जीवन उच्च विचार लिनु (ख) दुःखमा नआत्तिनु र सुखमा नमात्तिनु (ग) जीवनका उकाली ओरालीमा हातेमालो गर्दै अघि बढ्नु (घ) सङ्घर्ष नै जीवनको पर्याय हुनु।
१७जीवनीका आधारमा सत्यमोहन जोशीलाई देशभक्त व्यक्तित्वका रूपमा चिनाउनुहोस्।
१८तपाईंको समुदायमा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका कुनै एक जना व्यक्तिको व्यक्तिवृत्त तयार गर्नुहोस्।
१९साहित्यिक, सांस्कृतिक, भाषिक र प्रशासनिक सन्दर्भका आधारमा सत्यमोहन जोशीका योगदानको चर्चा गर्नुहोस्।
२०अरुणा लामाको जीवनबारे अञ्जलीका बुबाले भनेको सन्दर्भ पढेर आफ्ना साथी वा भाइबहिनीलाई लक्ष्य प्राप्तिका लागि लागिरहन कसरी अभिप्रेरित गर्नुहुन्छ, भूमिका निर्वाह गरेर देखाउनुहोस्।
२१दिइएका उपसर्ग लागेर बनेका शब्दको निर्माण प्रक्रिया देखाउनुहोस्: अनुसार, बदनाम, पराजय, प्रगति, प्रारम्भ, अपमान, संवाद, विभेद, अध्यादेश, अभिव्यक्ति, अत्युत्तम, विकल्प, प्रत्येक, नियोग, परिभाषा, उपहार, उपकरण, निर्दोष, निर्जीव, निर्भय, दुष्कर्म, दुर्गति, उल्लेख्य, दुर्घटना, अवशेष, आकृति, निबन्ध, नाजबाफ।
२२दिइएका उपसर्ग लगाई दुई दुईओटा शब्द बनाउनुहोस्: बद, ना, अधि, अनु, अभि, अति, अव, अप, उप, उत्, दुर्, दुस्, नि, निर्, परा, परि, प्र, प्रति, वि, सम्।
२३पर्यटनसम्बन्धी अनुच्छेदबाट दसओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस्।
२४'सहदेव दाइ बोलक्कड र सिपालु छन्...' अनुच्छेदमा रातो रङ लगाइएका शब्द कुन कुन प्रत्यय लागेर बनेका छन्, छुट्याउनुहोस्।
२५दिइएका प्रत्ययबाट एक एकओटा शब्द बनाउनुहोस्: अक्कड, आइ, आउ, आली, आलु, आवट, आहा, इया, इलो, ई, एली, ओट, ली, ले, अक, अन, इक, ता, ति, य।
२६'संयोग, संवेग र विवेक विद्यालय जाँदा...' अनुच्छेद पढी शिरबिन्दु र चन्द्रबिन्दु लागेका शब्दको अलग अलग सूची बनाउनुहोस्।
२७शिरबिन्दु र चन्द्रबिन्दुको उपयुक्त प्रयोग गरी यो अनुच्छेद पुनर्लेखन गर्नुहोस्: 'सँस्कृतिविद् सत्यमोहन जोशीले नेपाल टेलिभिजनसंग सङ्क्षिप्त कुराकानी गर्दै हाम्रो सँस्कार र सँस्कृतिको सँरक्षण हामी आफैंले गर्नुपर्छ भन्ने धारणा राख्नुभयो। अझ, उहांले नेपाली गाउंघर र लेकबेंसीबाट लोकसाहित्यको संगालो नै भेटिने प्रतिक्रियासमेत दिनुभयो।'
२८नयाँ ठाउँमा जाँदा तपाईंलाई कस्तो अनुभूति हुन्छ, कक्षामा सुनाउनुहोस्।
२९नाटककार बालकृष्ण समको व्यक्तिगत विवरणका आधारमा छोटो जीवनी तयार पार्नुहोस्।
३०गाईजात्रा महोत्सव बन्द गराउन दरबारबाट दबाब आउँदा जोशीले के गरे? यसबाट उनको कस्तो स्वभाव देखिन्छ?
३१जीवनी विधा के हो? यसमा के के कुरा समेटिन्छन्?
३२उपसर्ग र प्रत्ययमा के फरक छ? उदाहरणसहित लेख्नुहोस्।