१दिइएका शब्दको अर्थ लेख्नुहोस्: बहाली, गर्व, फारो, भाउ, ज्यास्ती, नोक्सानी, अड्डी, तोड, टोकरी।
२कथामा याँ, गर्या, सक्या, पाँचोटा, चिन्या, काट्या, काँ, पख्नुसन्, लानुस् जस्ता बोलीचालीका शब्द आएका छन्। तिनका शुद्ध रूप लेख्नुहोस्।
३खोटो हुनु, अड्डी कस्नु, मुखमै झुन्डिनु र सेखी झिक्नु टुक्काको अर्थ बुझी वाक्यमा प्रयोग गर्नुहोस्।
४जाँगरप्रसाद र अल्छीप्रसादको अनुच्छेदमा प्रयोग भएका उखान टिप्नुहोस् र अन्य पाँचओटा उखान खोजेर तिनको अर्थ लेख्नुहोस्।
५सानो कान्छाको अनुच्छेद पढी अनुकरणात्मक शब्द पहिचान गर्नुहोस्।
६फटाफट, गम्लङ्ग, घ्याच्च, कपाकप, छयाङ्ग, गलल्ल, हुरुरु अनुकरणात्मक शब्दलाई तिनले जनाउने कार्यसँग जोडा मिलाउनुहोस्।
७घृणा, भाषण, स्वास्थ्य, टोकरी, सान्त्वना, गह्रौँ, महँगो, ज्यालादारी, विक्रेता शब्दको शुद्ध उच्चारण गर्नुहोस्।
८पाठबाट अक्षर सङ्ख्या फरक भएका पाँचओटा शब्द टिपी तिनको अक्षर संरचना देखाउनुहोस्।
९'स्वाद' कथाको संरचनासँग सम्बन्धित प्रश्नको उत्तर भन्नुहोस्: (क) कथाको प्रारम्भ कुन सन्दर्भबाट भएको छ? (ख) संवादमा कति जना पात्र छन्? (ग) कथाको अन्त्य कुन घटनाबाट भएको छ? (घ) कथाले कहाँको परिवेश अँगालेको छ?
१०अड्डाको कारिन्दा र तलबको दिनको अंश मौन पठन गरी उत्तर लेख्नुहोस्: (क) आफ्नो जागिरप्रति 'ऊ' पात्रको धारणा कस्तो थियो? (ख) पात्रले नुहाउन नसक्नाको कारण के हो? (ग) श्रीमती किन कोठाभित्र पसिन्? (घ) 'एउटा पद आजीवन पाउनु' भन्नुको आशय के हो?
११यी संवाद कसले कोसँग भनेका हुन्: (क) साबुनैसाबुन किनेर ल्याउनु क्या एक भारी। (ख) मैले हिसाब गर्याभन्दा बढी नै रकम पो आएछ त? (ग) सागपातमा धेरै भिटामिन हुन्छ। (घ) मलाई घर जान पनि हतार छ। (ङ) अर्काको खसी ज्यालादारीमा काटेको थिएँ, सबै पैसा भर्खरै त्यसैलाई बुझाइसकेँ।
१२महिनाभरिको थप कमाइ साढे सात रुपियाँ, माछाको मूल्य सात रुपियाँ केजी, एक रुपियाँ किलो तरकारी जस्ता भनाइबाट कथामा वर्णन गरिएको समय कति पहिलेको हो, अनुमान गर्नुहोस्।
१३'स्वाद' कथाका लोग्ने र स्वास्नी पात्रका चारित्रिक विशेषताको तुलना गर्नुहोस्।
१४कथामा नेपाली समाजको आर्थिक समस्यालाई कसरी चिनाइएको छ?
१५कथाको मुख्य सन्देश के हो?
१६दिइएका घटनालाई कथाअनुसार क्रम मिलाउनुहोस्: (क) स्वास्नीले नुहाउन जोड दिनु (ख) लोग्नेले साबुन सकिएर राम्रोसँग नुहाउन नसक्नु (ग) तलब आउने दिनको प्रतीक्षामा रहनु (घ) स्वास्नीले शोभासँग पाँच रुपियाँ सापटी माग्नु (ङ) एउटा अड्डामा साधारण कारिन्दाका रूपमा काम गर्दै आउनु (च) पैसा पाउनासाथ किनमेलका लागि बजार जानु
१७गुल्मीको कफीसम्बन्धी अनुच्छेद पढेर उत्तर दिनुहोस्: (अ) गुल्मीमा कफीको उत्पादन कहिलेदेखि सुरु भएको मानिन्छ? (आ) नेपालमा पहिलो पटक कफी विकास केन्द्रको स्थापना कहिले भयो? (इ) नेपालमा कफी खेतीको सुरुआत कसरी भयो? (ई) गुल्मीलाई किन कफी खेतीको पकेट क्षेत्र मानिन्छ?
१८गुल्मीको कफीसम्बन्धी अनुच्छेदको भाषा संरचना पहिचान गर्नुहोस्: (अ) 'व्यावसायिक' शब्दको अर्थ (आ) 'छुटाउँदैनन्' र 'भयो' क्रियापदको धातु (इ) एउटा सकर्मक र एउटा अकर्मक वाक्य (ई) दीर्घ ईकार लागेका शब्द
१९'स्वाद' कथामा नेपाली समाजका कस्ता सामाजिक तथा सांस्कृतिक विषयको चर्चा गरिएको छ, लेख्नुहोस्।
२०व्याख्या गर्नुहोस्: “आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुम्सुम्याउने त ? म घृणा गर्छु । प्रत्येक गरिबले आफ्नो गरिबीसित घृणा गर्नैपर्छ ।”
२१'स्वाद' कथाले चर्चा गरेजस्तै हाम्रो समाजमा गरिबीको पीडा छ त, तर्क दिनुहोस्।
२२जीवनका दैनिक आवश्यकतासम्म पूरा गर्न धौ धौ हुने नेपाली समाजको वास्तविकतालाई कथाले कसरी प्रस्तुत गरेको छ, समीक्षात्मक टिप्पणी गर्नुहोस्।
२३रोटी र पाउरोटीको संवाद पढेर घरमा बनाएका खाजा र पसलबाट किनेर ल्याएका यस्तै अन्य खाजाको तुलना गर्नुहोस्।
२४भर्खर श्याम दाइलाई गोलभेँडा मोल्न लागेको देखि दिउँला सम्मको अनुच्छेदबाट क्रियापदका धातु पहिचान गर्नुहोस्।
२५'बस्' धातुको उदाहरणजस्तै 'हिँड्', 'भन्', 'सुत्', 'लेख्' धातुबाट क्रियापद निर्माण गर्नुहोस्।
२६कथामा भएको 'उसले भर्खर ... दिउँला' अनुच्छेदमा भएका कृदन्त शब्दबाट धातु पहिचान गर्नुहोस्।
२७पद्मप्रसादको अनुच्छेदमा रातो रङ लगाइएका शब्द पढेको, राखेर, लगाउँदै, घुम्न, पक्राउ, भनेका, गर्ने को धातु छुट्याउनुहोस्।
२८दधिरामको अनुच्छेद पढी सकर्मक र अकर्मक क्रियापद पहिचान गर्नुहोस्।
२९सकर्मक र अकर्मक क्रियापदको प्रयोग गरी आफूले मनाउने एउटा पर्वको वर्णन गर्नुहोस्।
३०दीप, नवीन, परीक्षा, भनी, दिदी, डोटी, एकीकरण, समीभवन, नेपाली, इलमी, सीता, हीन, असी, सीमा, टीका, प्रार्थी, त्यागी, समीक्षा, भवदीय शब्दलाई सुरु, बिच र अन्तिममा दीर्घ ईकार भएका शब्दको अलग सूचीमा राख्नुहोस्।
३१पाठमा प्रयोग भएका सुरु, बिच र अन्तिममा दीर्घ ईकार भएका शब्द पहिचान गर्नुहोस्।
३२दिइएका बुँदाका आधारमा छोटो कथा तयार पार्नुहोस्: किसान छोरीलाई लिएर ठुलो रेस्टुरेन्टमा जानु, एक प्लेट मात्र मिठाई माग्नु, छोरीले वादविवादमा प्रथम भएकाले आउनु, दश दिनको पैसा जम्मा गरेर आउनु, होटेलवालाले उपहार स्वरूप थप मिठाई दिनु, किसान खुसी हुनु।
३३सामाजिक विषयवस्तुमा लेखिएको कुनै एक कथा खोजी त्यसको विषयवस्तु र सन्देश कक्षामा प्रस्तुत गर्नुहोस्।
३४'स्वाद' शीर्षक कथाका लागि सार्थक छ कि छैन? कारणसहित लेख्नुहोस्।
३५छोरो पूर्वजन्मको वैष्णव रहेछ भनेर छरछिमेकमा किन प्रचार गरिएको थियो?