पाठ ५ · मानव अधिकार

मानव अधिकार

नेपालीविषय
८ minअनुमानित समय
१'मानव अधिकार' निबन्धबाट दिइएका अर्थ बुझाउने शब्द खोजेर लेख्नुहोस् : (क) आफूले पूरा गर्नुपर्ने जिम्मेवारी (ख) आफू जन्मिएको ठाउँ (ग) आफ्नो प्रतिष्ठा र महत्त्वमाथिको गरिमा (घ) धेरै उमेर भएका नागरिक (ङ) न्याय दिलाउने ठाउँ
२उपयुक्त समावेशक र समावेश्य शब्दका बिच जोडा मिलाउनुहोस् : विषय, चरो, धातु, देश, खेल, ऋतु, हिमाल ।
३दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : बाल्यकालीन, प्रणाम, दायित्व, आभास, रीतिरिवाज, मर्यादा, बहुभाषिक, विकृति ।
४दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् : उपदेश, कर्तव्य, राष्ट्रिय, स्वास्थ्योपचार, अधिकारकर्मी, बहुसांस्कृतिक, राष्ट्रसङ्घ ।
५मुलुकको सर्वोच्च कानुन कुन हो ?
६असल नागरिकको कर्तव्य के हो ?
७मानव अधिकारका बारेमा कसले कुरा बुझाउनुभएको थियो ?
८नेपाली विश्वमा कसरी उदाहरणीय बन्ने गरेका छन् ?
९निबन्धको अन्तिम अनुच्छेदमा कुन कुन विषयवस्तु समेटिएको छ ?
१०म पात्रको जन्मदर्ता कसले गर्नुभएको थियो ?
११म पात्रको नागरिकता कति वर्षको हुँदा बनाइएको थियो ?
१२म पात्रका लागि नागरिकता पाउनु भनेको के के पाउनु जस्तै थियो ?
१३म पात्र किन खुसीले गद्गद भएका थिए ?
१४'मानव अधिकार' निबन्धका आधारमा दिइएका विषयवस्तुको क्रम मिलाउनुहोस् ।
१५नागरिकता पाएपछि म पात्रमा कस्तो प्रभाव परेको थियो ?
१६मानिसले स्वतन्त्र भएर गर्न पाउने कुरा के के हुन् ?
१७हामीले कसरी मानव अधिकारको प्रयोग गरिरहेका छौँ ?
१८दण्डसजाय भोग्नुपर्दा कुन कुन कुरामा सचेत हुनु आवश्यक छ ?
१९संयुक्त राष्ट्रसङ्घले मानव अधिकारका बारेमा कस्ता अधिकार निर्धारण गरेको छ ?
२०'मानव अधिकार' निबन्धको अन्तिम अनुच्छेदबाट चारओटा प्रश्न बनाउनुहोस् ।
२१व्याख्या गर्नुहोस् : मानवका आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक र राजनीतिक अधिकार हुन्छन् ।
२२'मेरो रीतिरिवाज र पेसा व्यवसायमाथि कसैबाट हस्तक्षेप हुनुहुँदैन ।' यस भनाइलाई निबन्धका आधारमा प्रस्ट पार्नुहोस् ।
२३'नेपाल एउटा बहुभाषिक .... सदुपयोग पनि हो ।' निबन्धांशबाट मुख्य मुख्य चारओटा बुँदा टिपोट गर्नुहोस् र सारांश लेख्नुहोस् ।
२४'मानव अधिकार' निबन्धको सार लेख्नुहोस् ।
२५'मानव अधिकार' निबन्धका आधारमा मानव अधिकारका विषयक्षेत्रको कसरी उपयोग भएको पाउनुभएको छ, समीक्षा गर्नुहोस् ।
२६दयावीर सधैँ अस्पताल जान्छन् । त्यहाँ पैसाको अभावका कारण उपचार गर्न नसकिरहेका व्यक्तिको पहिचान गर्छन् । तिनका लागि आवश्यक औषधी र खानेकुरा किनेर दिन्छन् । जबसम्म त्यस्ता व्यक्तिको उपचार हुँदैन तबसम्म दयावीर तिनको रेखदेखमा खटिरहन्छन् । त्यस्तै तपाईंलाई पनि कोही कसैप्रति सेवा गर्ने इच्छा जाग्छ होला, किन र कुन कारणले त्यस्तो इच्छा जागेको हो भन्ने कारणसहित कक्षामा सुनाउनुहोस् ।
२७'दातारामले व्यावसायिक रूपमा खेती गर्ने निर्णय लिनुभयो ...' भन्ने अनुच्छेदका रेखाङ्कित शब्दबारे छलफल गर्नुहोस् ।
२८दिइएका भूत, वर्तमान तथा भविष्यत् कालका क्रियापद पहिचान गरी अलग अलग तालिका बनाई लेख्नुहोस् ।
२९उठ्छु, धुन्छु, खान्छु, जान्छु, पढ्छु, खेल्छु, फर्किन्छु जस्ता वर्तमान कालका क्रियापद प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् ।
३०कोष्ठकमा दिइएका निर्देशनअनुसार तलका वाक्य परिवर्तन गर्नुहोस् : (क) सरिता कम्प्युटर सिक्दै छन् । (भूत काल) (ख) म दिनभरि गृहकार्यमा व्यस्त रहन्छु । (भविष्यत् काल) (ग) तपाईंले हामीलाई नृत्य सिकाउनुभयो । (वर्तमान काल) (घ) तिमी पोखरीका माछालाई चारो हाल्ने छौ । (भूत काल) (ङ) उनीहरू फुटबल खेलेर विश्वप्रसिद्ध भए । (भविष्यत् काल)
३१'मानव अधिकार' निबन्धबाट 'ब', 'व', 'ओ' प्रयोग भएका पाँच पाँचओटा शब्द खोजेर लेख्नुहोस् ।
३२'देशप्रति मेरो कर्तव्य' शीर्षकमा १५० शब्दसम्मको निबन्ध लेख्नुहोस् ।
३३पत्रपत्रिका वा सामाजिक सञ्जालबाट मानव अधिकारसम्बन्धी विषयवस्तुमा आधारित कुनै एउटा लेख खोजेर त्यसको मुख्य मुख्य विषयवस्तु कक्षामा प्रस्तुत गर्नुहोस् ।
३४समावेशक र समावेश्य शब्द भनेको के हो, उदाहरणसहित लेख्नुहोस् ।
३५बाल अधिकारका चार खम्बा कुन कुन हुन् र तिनको कार्यान्वयन किन आवश्यक छ ?
३६'मानव अधिकार' निबन्धमा मानव अधिकारको कानुनी आधार कहाँ कहाँ देखाइएको छ ?
३७अधिकार र कर्तव्य किन सँगै जान्छन् भन्ने कुरा निबन्धका आधारमा प्रस्ट पार्नुहोस् ।