पाठ १६ · सम्पादकलाई चिठी

सम्पादकलाई चिठी

नेपालीविषय
८ minअनुमानित समय
१गोरखापत्र राष्ट्रिय दैनिकको कार्यालय कहाँ छ ?
२सम्पादकलाई चिठी लेख्नुको मुख्य प्रयोजन के हो ?
३भुइँचालाले के गर्छ ?
४प्राकृतिक विपत्तिबाट के के क्षति हुन्छ ?
५'प्राकृतिक विपत्ति पूर्व सूचना दिएर आउँदैन ।' भन्नुको तात्पर्य के हो ?
६प्राकृतिक विपत्ति किन बढेका छन् ?
७कस्ता कस्ता प्राकृतिक विपत्तिले मानव जीवनलाई सङ्कटमा पार्छन् ?
८प्राकृतिक विपत्तिबाट बच्न के गर्नुपर्छ ?
९दिइएका शब्दको अर्थ लेख्नुहोस् : क्षति, भुइँचालो, धनजन, सङ्कट, अतिक्रमण, अभाव, जनचेतना, विपत्ति
१०दिइएका अनुकरणात्मक शब्दका पदावलीबिच जोडा मिलाउनुहोस् : सिरिङ्ग, भुसुक्क, मुसुक्क, क्वारक्वार्ती, सलल्ल, गमक्क, छ्यास्राकछुसुक
११कोष्ठमा दिइएका निर्देशनअनुसार वाक्य पूरा गर्नुहोस् : (क) दीपा सरासर घर ......... (जा : सामान्यार्थ), (ख) मोहन हलेसीको दर्शन ......... (गर् : इच्छार्थ), (ग) तिमी अहिले नै बहिनीलाई चिठी ......... (लेख् : आज्ञार्थ), (घ) पर्यटकको आगमनले आम्दानी ......... (बढ् : सम्भावना), (ङ) उनी यस पटकको परीक्षामा सफल ......... (हु : इच्छार्थ), (च) सलिना मिहिनेत ......... उनी सफल हुन्छिन् (गर् : सङ्केतार्थ), (छ) हरि घर ......... (जा : सामान्यार्थ), (ज) पानी ......... बाली सप्रन्छ (पर् : सङ्केतार्थ), (झ) तिमी राम्ररी ......... (पढ् : आज्ञार्थ)
१२दिइएको अनुच्छेदमा प्रयोग भएका क्रियापदलाई सम्भावनार्थमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् : तिमीसँग १,००० रुपियाँ छ । तिमी त्यो पैसा लिएर पसल जान्छौ । तिमीसँग बहिनी पनि जान्छिन् । दुवै जना मिलेर किनमेल गर्छौ । तिमी तेल, मसला र नुन बोक्छौ । बहिनी आलु र दाल बोक्छिन् । तिमीहरू सरासर घरमा आएर परियोजना कार्य गर्छौ । तिमीहरूका काम देखेर आमाबुबा खुसी हुनुहुन्छ ।
१३दिइएका वाक्यलाई उपयुक्त ठाउँमा पदवियोग गरी पुनर्लेखन गर्नुहोस् : (क) सफलता साथीहरूसँग घुम्नगइन् । (ख) अहिलेकति बज्यो होला ? (ग) तिमीलाई रुनुन हाँस्नु भएको छ । (घ) यो किताब रामकलाकालागि हो । (ङ) यहाँ जोजो आए पनि राम्रारा्म्रा काम गर्नुपर्छ ।
१४दिइएको अनुच्छेद पढ्नुहोस् र पदवियोग सम्बन्धमा भएका त्रुटि पहिचान गरी पुनर्लेखन गर्नुहोस् : हामीले आफूसँग भएको प्रतिभा प्रदर्शनगर्न लाज मान्नुहुँदैन है । कसैले गीतगाउन जानेको हुन्छ । कोही नाच्न सिपालु हुन्छन् । कोही बाजा बजाउन जान्दछन् ।
१५सञ्चार भनेको के हो ?
१६कुनै तिनओटा सञ्चार माध्यमका नाम भन्नुहोस् ।
१७सञ्चार माध्यमको प्रयोग किन गरिन्छ ?
१८सञ्चार प्रविधिलाई किन वैज्ञानिक वरदान मानिन्छ ?
१९'सम्पादकलाई चिठी' पाठबाट चारओटा प्रश्न निर्माण गर्नुहोस् ।
२०सम्पादकलाई लेखिने चिठीका भागहरू क्रमैसँग लेख्नुहोस् ।
२१अनुकरणात्मक शब्द भनेको के हो ? दुईओटा उदाहरण वाक्यसहित लेख्नुहोस् ।
२२अतिवृष्टि, अल्पवृष्टि, अनावृष्टि र खण्डवृष्टिबिचको भिन्नता छुट्याउनुहोस् ।
२३सम्भावनार्थ र सङ्केतार्थ क्रियापद कसरी छुट्याउने ? उदाहरणसहित बताउनुहोस् ।
२४तपाईं बसेको वडामा देखिएको खानेपानीको समस्या औँल्याउँदै स्थानीय पत्रिकाका सम्पादकलाई लेख्ने चिठीमा कुन कुन कुरा पर्नुपर्छ ?