१कथा कुन घटनाबाट प्रारम्भ भएको छ ?
२हर्कबहादुरको परिवारमा कति जना सदस्य छन् ?
३गुलाफीले बजारबाट के ल्याइदिन अनुरोध गरिन् ?
४जुत्ताको रङ कस्तो थियो ?
५कथामा कति जना पात्र छन् ?
६'एक दिन गुलाफी .... एक दिन भाँडो फुट्छ ।' कथांशमा कस्तो परिवेश देखाइएको छ ?
७गुलाफीको परिवारमा किन हलचल आयो ?
८हर्कबहादुरको पारिवारिक अवस्था कस्तो छ ?
९गुलाफीलाई मात्र किन जुत्ता किनिएको रहेछ ?
१०हर्कबहादुरको घरमा कसरी तनावको वातावरण सिर्जना भयो ?
११'एकजोर जुत्ता' कथाबाट पाइने सन्देश के हो ?
१२भाव विस्तार गर्नुहोस् : एउटा शान्त घरको तलाउमा तनावरूपी तरङ्ग सिर्जना भएको थियो ।
१३'एकजोर जुत्ता' कथाको सुरु, बिच र अन्तिममा के के घटना घटेका छन्, मुख्य मुख्य घटनाको सूची बनाउनुहोस् ।
१४'एकजोर जुत्ता' कथाको सार लेख्नुहोस् ।
१५'एकजोर जुत्ता' कथाकी गुलाफीको चरित्र चित्रण गर्नुहोस् ।
१६'एकजोर जुत्ता' कथामा कस्तो परिवेशको वर्णन गरिएको छ, एक अनुच्छेदमा लेख्नुहोस् ।
१७गुलाफीले म पात्रलाई जुत्ता फिर्ता दिनु उपयुक्त थियो कि थिएन, 'एकजोर जुत्ता' कथाको आधारमा समीक्षा गर्नुहोस् ।
१८कोष्ठकमा दिइएको निर्देशनअनुसार वाक्य परिवर्तन गर्नुहोस् ।
१९दिइएका शब्द समास भए विग्रह र विग्रह भए समास गर्नुहोस् : पूजालाई सामग्री, त्रिभुज, गहुँ भैँ गोरो, प्रतिवर्ष, माना र पाथी, सयपत्री, दशगजा, डाँडादेखि पारि, न फेद न टुप्पो, लामा कान छन् जसका ।
२०दिइएका हलन्त र अजन्त शब्द छुट्याएर लेख्नुहोस् : क्याबात्, लेख्छन्, पुरस्कार, पाश्चात्य, विराट्, यावत्, सम्बोधन, आशिष्, शैक्षिक, उफ्, कृतज्ञ, साक्षात्, वर्णन, सिकार, वातावरण, श्रीमान्, प्रकार, जलन, आकाश, बादल, अखबार ।
२१दिइएका अनेकार्थी शब्दलाई फरक फरक अर्थ आउने गरी वाक्यमा प्रयोग गर्नुहोस् : उत्तर, कल, गोल, तर, मास, हार ।
२२दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : किनमेल, सप्तरङ्गी, पुलकित, अचानक, शङ्कालु, खुलस्त, संवाद, निन्याउरो ।
२३स्वरूप र प्रसन्नाले नापतौलका बारेमा सोधपुछ गरेजस्तै तपाईंलाई जान्न मन लागेको कुनै नयाँ विषयमा जानकार व्यक्तिसँग कसरी सोधपुछ गर्नुहुन्छ ?
२४गुलाफीले जुत्ता फिर्ता गर्दा भनेको कारण र वास्तविक कारण फरक छन् । यो फरकले उनको मनोविज्ञानबारे के देखाउँछ ?
२५'एकजोर जुत्ता' कथामा म पात्रको भूमिकाको मूल्याङ्कन गर्नुहोस् ।
२६'दसैँमा लाउने जुत्तै छैन' भन्ने गुलाफीको भनाइले तत्कालीन सामाजिक र आर्थिक अवस्थाको कस्तो चित्र प्रस्तुत गर्छ ?