नयाँ शब्द र तिनको अर्थ
- जगेर्ना: जोगाएर राख्ने काम, संरक्षण
- भाका: गीत गाउने धुन वा लय
- अभिनय: कुनै पात्र वा भावलाई शरीरको चाल र हाउभाउद्वारा देखाउने काम
- परिपूरक: एक अर्कालाई पूरा गर्ने
- रजस्वला: महिनावारी भएकी
- खडेरी: लामो समयसम्म पानी नपरेको अवस्था
- पालम: लिम्बू समुदायको लोकगीत
- च्याब्रुक, च्याबुङ: दुवैतिर छाला मोडिएको, ढोलजस्तो बाजा
- झ्याम्टा: एकअर्कामा ठोक्काएर बजाइने धातुको बाजा
- खैँजडी: गोलो घेरामा छाला मोडिएको, हातले ठोकेर बजाइने बाजा
- मुन्धुम: किराँतहरूको धार्मिक ग्रन्थ
- उँधौली, उँभौली: किराँत राई समुदायका प्रमुख पर्व
- नृसिंह अवतार: आधा मानिस र आधा सिंहको रूपमा विष्णुको अवतार
- पोङ्खा, खीं, ता:, भ्याली: कार्तिक नाचमा बजाइने बाजा