एकाइ १२ · हाम्रा लोक तथा शास्त्रीय नृत्य

हाम्रा लोक तथा शास्त्रीय नृत्य

सामाजिक अध्ययनविषय
८ minअनुमानित समय
१"लोकबाजा, लोकगीत र लोकनृत्य एक अर्काका परिपूरक हुन्"। यस भनाइलाई पुष्टि गर्नुहोस्।
२लोक तथा शास्त्रीय नृत्यको महत्त्व उल्लेख गर्नुहोस्।
३लोकनृत्य र शास्त्रीय नृत्यबिच रहेका भिन्नतालाई तालिकामा देखाउनुहोस्।
४तपाईँले अन्तर्राष्ट्रिय समारोहमा नेपाली लोक तथा शास्त्रीय नृत्यको परिचय दिनुपर्ने भयो भने कुन नृत्यको परिचय दिनुहुन्छ, कारण दिनुहोस्।
५देउडा नाच र धान नाचको छोटो वर्णन गर्नुहोस्।
६तपाईँ बसोबास गरेको क्षेत्रको प्रचलित कुनै एक नाचको परिचय दिनुहोस्।
७झिझिया नाच कुन समुदायमा प्रचलित छ र यसलाई कसरी नाचिन्छ?
८घाटु नाचको परिचय दिनुहोस्।
९कार्तिक नाचलाई किन शास्त्रीय नृत्य भनिन्छ? यसको संक्षिप्त परिचय दिनुहोस्।
१०सराय नाचका मुख्य विशेषता के के हुन्?
११"कौरा" शब्दको अर्थ के हो? कौरा नाच कुन सन्दर्भसँग जोडिएको छ?
१२जट जटिन नाच किन र कहिले नाचिन्छ?