शब्दार्थ
- थोता: दाँत पूरै वा खण्ड रूपमा नभएको
- भाँति: कामको तौरतरिका, पद्धति, किसिम
- उग्राइ: गाई, भैँसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउने काम
- पर्म: आफू आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन
- धामी: तन्त्रमन्त्र गरी झारफुक गर्ने व्यक्ति, झाँक्री
- जिम्दार: जमिनदार, भूपति, जिम्मावाल
- मजेत्रो: महिलाले टाउकामा ओढ्ने एकसरो कपडा, पछ्यौरा
- भकारो: गाई, भैँसी आदि पशुको मल, गोबरको थुप्रो
- अनौ: हलोको हातो वा मुठ
- अर्जाप्ने: हतियारमा साँध लगाउनु, धारिलो पार्नु
- बालिग: बाल्यावस्था पार गरेको, उमेरदार, जवान
- अन्तरिक्ष: पृथ्वी तथा ग्रह, नक्षत्र आदिका बिचको वा दुई ग्रह र ताराका बिचको खाली स्थान
- ढिकीच्याउँ: खुट्टा खोच्याएर हिँड्ने
- ढिकी: मान्छेले खुट्टाले थिचेर उचाल्दै छोड्दै गरी धान, चिउरा आदि अन्न कुट्ने काठको चार पाटे यन्त्रविशेष
- कामयाब: सफलता प्राप्त भएको, इच्छा पूरा भएको, सफल
यहाँ अरू २९ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।