१शब्द र अर्थबिच जोडा मिलाउनुहोस्: चपरी, दुवाली, भाकल, घोषणापत्र, दन्त्यकथा ।
२आकस्मिक आपत्विपत्, छरछिमेकी र चाडबाडबारे लेखिएको अनुच्छेदबाट युग्म शब्द पहिचान गरी लेख्नुहोस् ।
३छिटोछरितो, हाँसखेल, गाह्रोसाह्रो, पानीपधेँरो, नुहाइधुवाइ, सफासुग्घर, साथीसङ्गी, कुराकानी, हित्तचित्त, सोचविचार प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् ।
४कनिका, मेलापात, कोदालो, अगेनो, भकारो, अनौ, जाँतो, गोठ शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् ।
५आङ, अङ्गुर, पिठिउँ, गुनासो, अर्जाप्नु, उब्जाउ, अन्दाज शब्दको शुद्ध उच्चारण गर्नुहोस् ।
६'गाउँमाथि एउटा कविता' लाई गति, यति मिलाई लयवाचन गर्नुहोस् ।
७कविताबाट तीन जोडी अन्त्यानुप्रास मिलेका शब्द पहिचान गरी भन्नुहोस् ।
८कविताको सबैभन्दा छोटो पङ्क्ति कति शब्दले बनेको छ, भन्नुहोस् ।
९कवितामा 'सगरमाथालाई काँधमा बोकेर उभिएको' भन्ने सन्दर्भअघि र पछि कुन कुन प्रसङ्ग आएका छन् ?
१०'दन्त्यकथा .... यिनीहरूलाई' यो कथनभन्दा अगाडिको सन्दर्भ के हो ?
११व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस्: 'फेरि कुन देशको कल्पना गरेर छापिरहनुभएको छ तपाईं'
१२व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस्: 'विज्ञानको पनि बेग्लै ढङ्ग छ गाउँमा'
१३व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस्: 'न चुनावले रोक्छ यसलाई'
१४व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस्: 'एउटै इनार छ सम्पूर्ण गाउँमा'
१५व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस्: 'निस्कन तयार छे जो कुनै पनि आमा'
१६व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस्: 'सिँगान पुछ्ने कागजभन्दा बढी कामयाब हुन सक्तैन यो यिनीहरूलाई'
१७व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस्: 'दन्त्यकथाकै सिलसिला जोड्नुभन्दा बढी केही अर्थ छैन यसको पनि यिनीहरूलाई'
१८'छिमेकी अगेनाबाट आगो ओसारेर सुरु हुने यहाँको दिन' देखि 'दिनभरि हतारिरहन्छ' सम्मको कवितांशका आधारमा भन्नुहोस्: गाउँका मानिसले कस्तो पेसा व्यवसाय अपनाएका छन् ?
१९त्यही कवितांशमा केटाकेटी र तन्नेरीले के के काम गर्ने उल्लेख छ ?
२०'गाउँमाथि एउटा कविता' ले समेटेको मुख्य विषयवस्तु के हो ?
२१यस कविताले नेपाली समाजमा कस्तो सन्देश प्रवाह गर्न खोजेको छ, चर्चा गर्नुहोस् ।
२२कविताले सम्पादकलाई कसरी सचेत गराएको छ ?
२३कवितामा व्यक्त भएको मूलभाव लेख्नुहोस् ।
२४व्याख्या गर्नुहोस्: 'तपाईंले गर्व गर्ने सगरमाथालाई काँधमा बोकेर उभिएको यो गाउँ !'
२५व्याख्या गर्नुहोस्: 'जहाँको चपरी त्यहीँको दुवाली मरेर के लानु छ ...।'
२६'गाउँमाथि एउटा कविता' का आधारमा ग्रामीण परिवेशबारे साथीबिच छलफल गरी निष्कर्ष लेख्नुहोस् ।
२७'गाउँमाथि एउटा कविता' को आधार लिई गाउँघरको जीवनस्तर माथि उठाउन कसरी सम्भव होला, कल्पना गरी लेख्नुहोस् ।
२८आगामी पाँच वर्षपछि तपाईंको गाउँ वा टोलमा के के परिवर्तन आउलान्, अनुमान गरी लेख्नुहोस् ।
२९सदाचारसम्बन्धी अनुच्छेदका आधारमा: सदाचारलाई किन परम धर्म भनिएको हो ?
३०सदाचारका नियमको सूची बनाउनुहोस् ।
३१सदाचारका लागि शरीर र कस्तो हुनुपर्छ ?
३२विद्यार्थीका पञ्च लक्षण के के हुन् ?
३३'हरेक धर्मले शुद्ध आचार वा सदाचारलाई परम धर्म मानेको पाइन्छ ।' यो वाक्यलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस् ।
३४'यसको आशय विद्यार्थीले पढाइमा एकचित्त भएर पढ्नु नै उसको असल लक्षण हो ।' यो वाक्यलाई दुईओटा वाक्यमा टुक्र्याउनुहोस् ।
३५सदाचारसम्बन्धी अनुच्छेदबाट पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द लेख्नुहोस् ।
३६तराईमा मनाइने छठ पर्वले जातीय समन्वय र सद्भावको सन्देश दिन्छ । विभिन्न जातजातिका मानिस सहभागी भई कुनै चाडपर्व मनाएको सद्भावपूर्ण कुराकानीको नमुना अभिनयसहित प्रस्तुत गर्नुहोस् ।
३७यस अनुच्छेदबाट व्याकरणिक र आलङ्कारिक पदक्रम भएका वाक्य छुट्याएर लेख्नुहोस्: 'काला बादलले नपाएको दुख पाउने गरी फस्यो रने नराम्रोसँग । श्रीमतीले ढिकीच्याउँको कुरा नभनेको भए पनि हुन्थ्यो । रने नरिसाएको भए पनि हुन्थ्यो । रनेले ढिकीच्याउँ किरालाई नमारेको भए पनि हुन्थ्यो । नखाएको विष लाग्यो धनेका जिन्दगीमा । कोही पनि नपरोस् यस्तो परिबन्दमा बरै !'
३८यस अनुच्छेदलाई आलङ्कारिक पदक्रममा बदल्नुहोस्: 'बालक परेवाको हुलनिर पुग्यो । सेता परेवा भुर्र उडे । बालक पनि सेता परेवासँग भुर्र उड्न खोज्यो । परेवा परको रुखमा गएर बसे । बालकले परेवालाई हेऱ्यो । परेवा माकुरघुर गरी कराए । परेवाले बालकलाई बाइ बाइ भने होलान् । बालकले हात उठाएर परेवालाई बोलाएको इसारा गऱ्यो । परेवाले भोलि आउँला है भने ।'
३९'गाउँमाथि एउटा कविता' बाट कुनै तीनओटा आलङ्कारिक पदक्रमका वाक्य टिपी तिनलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् ।
४०ङ, ञ, ण, न, म जस्ता पञ्चम वर्ण र शिरबिन्दु प्रयोग भएका चार चारओटा शब्द लेख्नुहोस् र तिनको शुद्ध उच्चारण गर्नुहोस्: क, ख, ग, घ अघि ङ (मङ्गल), च, छ, ज, झ अघि ञ (व्यञ्जन), ट, ठ, ड, ढ अघि ण (पण्डित), त, थ, द, ध अघि न (सन्तोष), प, फ, ब, भ अघि म (स्तम्भ), य, र, ल, व, श, ष, स, ह अघि शिरबिन्दु (संरक्षण) ।
४१'गाउँमाथि एउटा कविता' बाट पञ्चम वर्ण प्रयोग भएका शब्द टिपोट गर्नुहोस् ।
४२शिरबिन्दु र पञ्चम वर्ण ठिक ठाउँमा राखी शुद्ध गरी पुनर्लेखन गर्नुहोस्: 'पंकज, शंकर, संजय, संचित, कंटकनाथ, पंडित, संतोष, पंफा खेलकुद प्रतियोगिताबारे छलफल गर्दै थिए । त्यसै बेला सम्योग, सम्रचना, सम्लग्न, सम्शय, सम्हिता आए । उनीहरूले सम्वाद गर्न थाले ।'
४३'मानव' शीर्षकमा एउटा कविता रचना गर्नुहोस् ।
४४पुस्तकालयबाट एउटा बाल कविता खोजी त्यसको मूलभाव कक्षामा प्रस्तुत गर्नुहोस् ।
४५'आङमा घाम लाग्ने नलाग्ने कुराको ठेगान, बारीको उब्जाउ हेरेर यकिन गर्न सकिन्छ' भन्ने पङ्क्तिको अर्थ के हो ?
४६कवितामा गाउँलाई मान्छेजस्तै बनाएर देखाइएका कुनै तीन उदाहरण दिनुहोस् ।
४७कवितामा गाउँमा रहेका अन्धविश्वास देखाउने कुन कुन प्रसङ्ग आएका छन् ?
४८कवितामा आएका ध्वनि बुझाउने शब्द कुन कुन हुन् र तिनले कसरी कवितालाई प्रभावकारी बनाएका छन् ?