पाठ ९ · कञ्चनजङ्घालाई नियाल्दा

कञ्चनजङ्घालाई नियाल्दा

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस्: (क) गौरव वा महिमाले युक्त (ख) सुन्दर हुनाको भाव (ग) आँखा (घ) बिर्सनै नसकिने, भुल्न नहुने (ङ) जिउँदो वा जीवित (च) हलचल नगर्ने, स्थिर (छ) काम गर्ने क्षमता, शक्ति
२नियात्रामा प्रयोग भएका यी पद र पदावलीको अर्थ बताउनुहोस्: कञ्चनजङ्घा, धावनमार्ग, हिमशृङ्खला, मनोरम दृश्य, बुद्धिमानी, स्वीकारोक्ति, प्राकृतिक सौन्दर्य।
३शब्दकोश हेरेर यी शब्दका अनेक अर्थ लेख्नुहोस्: तिर, चुली, किन, अर्थ, मूल।
४ताप्लेजुङ बजार कसरी पुगिन्छ?
५ताप्लेजुङको नामकरण कसरी भएको जनश्रुति पाइन्छ?
६लेखकलाई आफ्नो शरीरप्रति भरोसा नलाग्नुको कारण के हो?
७'सिरेटोसँग सिँगौरी खेल्नु' भन्नुको आशय के हुन सक्छ?
८बिर्तामोडदेखि ताप्लेजुङसम्मको बाटोको वर्णनमा कस्तो भौगोलिक परिवेश देखिन्छ?
९त्यही वर्णनका आधारमा त्यहाँका मानिसको पेसा व्यवसायबारे अनुमान गर्नुहोस्।
१०लेखकलाई कञ्चनजङ्घाको पदयात्रा गर्ने रहर किन जाग्यो?
११घुन्साको बसाइमा लेखकले कस्तो अनुभव गरेका छन्?
१२पाठका आधारमा कञ्चनजङ्घाको सौन्दर्य वर्णन गर्नुहोस्।
१३नियात्रा पढेपछि हिमालको सुन्दरताबारे मनमा उत्पन्न भाव समेटी एउटा अनुच्छेद तयार पार्नुहोस्।
१४नियात्राका आधारमा पदयात्राका रमाइला क्षण र आइपर्ने कठिनाइको चर्चा गर्नुहोस्।
१५सातौँ दिनको घुन्सा यात्रा वर्णन गर्ने अनुच्छेद पढी कुनै तीनओटा प्रश्न निर्माण गरी उत्तर लेख्नुहोस्।
१६व्याख्या गर्नुहोस्: "वास्तवमा जीवन भन्नु नै यात्रा रहेछ। यात्रा चाहिँ जोखिम नमोलिकन कहिल्यै पूरा हुँदो रहेनछ।"
१७पहाडको उकालो ओरालो बाटो हिँड्दा मनमा उत्पन्न हुने रमाइला भाव समेटी एउटा निजात्मक अनुच्छेद तयार गर्नुहोस्।
१८खाम्बोचेनसम्मको यात्रा वर्णन गर्ने अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस्।
१९खप्तडको वर्णनमा भनिएअनुसार त्रिवेणीको पूर्व र दक्षिणतिर के के देखिन्छ?
२०खप्तडलाई के केको सम्मिश्रण भनिएको छ?
२१खप्तडमा कस्तो कार्यबाट निकुञ्जको नियम उल्लङ्घन हुन्छ?
२२तपाईँलाई खप्तडको प्राकृतिक सौन्दर्य मन पर्नाका कारण लेख्नुहोस्।
२३उपयुक्त वर्णविन्यास पहिचान गर्नुहोस्: कार्यालय, काऱ्यालय, कारयालय, कार्यालए
२४'मान्छेले निगालाको एउटा लौरो मात्र टेक्यो' वाक्यमा रहेका उद्देश्य र विधेय पहिचान गर्नुहोस्।
२५'पाटी' र 'तिर' शब्दका विभिन्न अर्थ लेख्नुहोस्।
२६खप्तडको वर्णनबाट दुईओटा विभक्ति पहिचान गरी लेख्नुहोस्।
२७आमाबुबाले इन्जिनियर बनाउने अपेक्षा राखे पनि तपाईँ आफूले पशुविज्ञान पढेर राम्रो गर्न सक्ने कुरा कसरी विश्वास दिलाउनुहुन्छ? धनकुमारीले कृषि पढेर गाउँमा आधुनिक कृषिको तालिम दिने योजना सुनाएर आमाबुबालाई विश्वास दिलाएको उदाहरणका आधारमा भन्नुहोस्।
२८अनुच्छेदका रेखाङ्कित पदमध्ये सरल वा तिर्यक कारक पहिचान गर्नुहोस्: 'यो घर काकाको आफ्नै हो। यस घरमा काकाको छोरो बस्छ। यस घरमा बस्ने काकाका छोराले साइकल किनेको छ। ऊ भर्खरको ठिटो छ। यस ठिटाले त राम्ररी साइकल चलाउँछ।' (यो, आफ्नै, यस, छोरो, छोराले, ऊ, ठिटाले)
२९शब्दको अर्थका आधारमा कारक पहिचान गर्नुहोस्: 'सान्जेन गाउँदेखि बसबाट विराटनगर आएको छ। उसको रुचि घुमफिरमा छ। त्यहाँ उसले साथीलाई भेट्छ। उसले साथीलाई कोसेली ल्याएको छ। दुवै जना मिलेर कोसेलीको पोको खोल्छन्। यति मिठो कोसेली देख्दा उसको साथी रामभरोस खुसीले गद्गद हुन्छ।'
३०अनुच्छेदबाट कारक र विभक्ति पहिचान गर्नुहोस्: 'समीक्षा नौ कक्षामा पढ्छिन्। समीक्षाले मामालाई फोन गरिन्। मामाले हातले इसारा गर्नुभयो। मामाले भान्जीलाई किताब ल्याइदिनुभयो। मामा घरबाट हिँड्नुभयो र भान्जीको घरमा आइपुग्नुभयो।'
३१ले, लाई, देखि, बाट, मा विभक्तिको प्रयोग गरी आफ्नो साथीका बारेमा एउटा अनुच्छेद रचना गर्नुहोस्।
३२अनुच्छेदबाट उद्देश्य र उद्देश्य विस्तार तथा विधेय र विधेय विस्तार पहिचान गर्नुहोस्: 'राममायाकी दिदी हरिमाया हिजो काठमाडौँ आएकी हुन्। अत्यन्तै मिहिनेती ती हरिमाया आजबाट काममा फर्केकी छन्। काठमाडौँकी स्थायी बासिन्दा हरिमायाको कार्यालयमा पाँच जना कर्मचारी छन्।'
३३उद्देश्य र उद्देश्य विस्तार तथा विधेय र विधेय विस्तार प्रयोग गरी एउटा अनुच्छेद तयार गर्नुहोस्।
३४अनुच्छेदमा 'ए' र 'य' प्रयोग भएका शब्द पहिचान गर्नुहोस्: 'बयर खान खोलाछेउ गएको यमबहादुर एक्कासि चिप्लियो। उसले यताउता हेऱ्यो। एकराजलाई देखेर उसले भन्यो, "ए! एकराज यता आऊ। म त डङ्ग्रङ्गै पछारिएँ। मेरो हात समाएर बिस्तारै उठाएर डोऱ्याउँदै अस्पताल लैजाऊ है।"'
३५नियात्राको सातौँ दिनको घुन्सा यात्राको वर्णनबाट 'ए' र 'य' प्रयोग भएका शब्दको अलग अलग सूची बनाउनुहोस्।
३६'प्राकृतिक सुन्दरता' शीर्षकमा एउटा निबन्ध तयार पार्नुहोस्।
३७आफूले भ्रमण गरेको रमणीय ठाउँको वर्णन गरी एक अनुच्छेद तयार गर्नुहोस्।
३८नियात्रा भनेको के हो? 'कञ्चनजङ्घालाई नियाल्दा' लाई नियात्रा किन भनिन्छ?
३९कञ्चनजङ्घा नामका के के अर्थ लगाइन्छन्?
४०घुन्सा नजिकैको स्मारक किन बनाइएको हो?
४१लेखकले कञ्चनजङ्घालाई किन 'नेपाल आमाको पहरेदार' भनेका छन्?