पाठ ८ · सारङ्गीमा देश

सारङ्गीमा देश

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्: सारङ्गी, सङ्घर्ष, पौरखी, धर्ती, गौरव, समृद्धि, स्वर्णिम।
२हिउँचुली, नयन, वासना, सृष्टि, तातो, टाकुरा शब्दका पर्यायवाची शब्द कविताबाट खोजेर लेख्नुहोस्।
३स्वाभिमान, भावना, ज्ञानभूमि, गाथा, परिवेश शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्।
४स्वप्नभूमि, भाङ्ग्रा, बुद्ध, ज्ञान, प्रकृति, स्वर्णिम शब्दको शुद्ध उच्चारण कसरी गर्ने?
५‘सारङ्गीमा देश’ कविता गति, यति, लय मिलाई वाचन कसरी गर्ने?
६(क) ‘सारङ्गीमा देश’ कविता जम्मा कति पङ्क्तिमा रचना भएको छ? (ख) ‘जन्मे यहीँ बुद्ध अनि भृकुटी र सीता’ पङ्क्तिमा कति अक्षर छन्? (ग) बक्खु भाङ्ग्राको प्रसङ्ग कतिऔँ श्लोकमा आएको छ? (घ) ‘गाउँदै आयो यो नेपाली सारङ्गीमा देश’ पङ्क्ति कति पटक आएको छ?
७अनुप्रास मिलाउन पङ्क्तिको अन्त्यमा देश मधेस, बाँच्छ हाँस्छ जस्ता शब्द आएका छन्। यस्तै अरू तीन जोडी शब्द कविताबाट खोज्नुहोस्।
८‘हिमाललाई न्यानो दिन्छ तराईको काखा ... कोटी कोटी आँखा’ कवितांश पढेर उत्तर दिनुहोस्: (क) तराईले हिमाललाई न्यानो दिन्छ किन भनिएको हो? (ख) पिरतीको दियो कुन अर्थमा आएको छ? (ग) मधेसका लागि पङ्खाको काम केले गरेको छ?
९कवितांशलाई गद्यमा रूपान्तर गर्नुहोस्: (क) ‘नलागोस् है कसैको नि भावनामा ठेस, गाउँदै आयो यो नेपाली सारङ्गीमा देश।’ (ख) ‘प्रकृतिले सम्झाउँछ अमर गौरव गाथा, संसारकै शिरपोस हाम्रो सगरमाथा।’
१०सबै नेपालीको भावनालाई सम्मान गर्न के के गर्नुपर्छ?
११‘पौरखीका पसिनाको सुवासमा नाच्छ’ भन्नुको आशय के हो?
१२कवितामा नेपालका कस्ता कस्ता सांस्कृतिक विशेषता उल्लेख गरिएको छ?
१३सगरमाथासम्बन्धी अनुच्छेदका आधारमा उत्तर दिनुहोस्: (अ) नेपाली विश्वभर कुन नामले चिनिन्छन्? (आ) कुन कुन ठाउँबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सकिन्छ? (इ) आधार शिविरसम्मको यात्रालाई थप रोचक बनाउने कुरा के के हुन्? (ई) सगरमाथालाई धर्तीको स्वर्ग किन भनिएको होला?
१४अनुच्छेदका आधारमा भाषा संरचना पहिचान गर्नुहोस्: (अ) ‘स्वर्ग’ र ‘सपना’ का विपरीतार्थी शब्द लेख्नुहोस्। (आ) ‘हजारौँ पदयात्री हरेक वर्ष त्यहाँ पुग्छन्।’ लाई इच्छार्थक बनाउनुहोस्। (इ) ‘धेरैले सर्वोच्च शिखर सगरमाथा चढ्ने सपना देखेका हुन्छन्।’ लाई सम्भावनार्थ बनाउनुहोस्। (ई) दुई दुईओटा हलन्त र अजन्त क्रियापद लेख्नुहोस्।
१५‘ज्ञानभूमि, तपोभूमि, स्वप्नभूमि यही, गर्वसाथ गाउने गर्छ, जय धर्ती माता !’ कवितांशको व्याख्या गर्नुहोस्।
१६दिइएका बुँदालाई आधार मानी कविताको मूलभाव लेख्नुहोस्: सारङ्गीमा सारा नेपालीका कथाव्यथा, हिमाल पहाड र तराईप्रतिको समभाव, राष्ट्र र राष्ट्रियता सबैभन्दा प्यारो, प्राकृतिक सुन्दरताले भरिएको पावन भूमिको महिमा, विविधतामा एकता राखी समृद्धितर्फ उन्मुख हुनुपर्ने विचार।
१७‘सारङ्गीमा देश’ कवितामा रहेका विषयवस्तुबारे कक्षामा छलफल गर्दा कुन कुन बुँदा उठाउन सकिन्छ?
१८आफ्नो साथी पुरस्कृत भएको परिकल्पना गरी कक्षामा पुरस्कृत साथीप्रति स्नेह र प्रशंसा प्रस्तुत गर्नुहोस्।
१९अञ्जनादेवीसम्बन्धी अनुच्छेदका रेखाङ्कित क्रियापदको भाव पहिचान गर्नुहोस्।
२०सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस्: (क) अञ्जना भात ...। (खा: सम्भावनार्थ) (ख) तिमीहरू रसुवा ...। (जा: आज्ञार्थ) (ग) ऊ मुस्ताङ भ्रमणबाट ...। (फर्क: इच्छार्थ) (घ) रमेश राम्ररी ... सफल हुन्छ। (पढ्: सङ्केतार्थ) (ङ) दाइ, एक किलो चिउरा ...। (दि: आज्ञार्थ) (च) हामी सबै फुटबल ...। (खेल्: इच्छार्थ) (छ) उनीहरू कक्षाभित्र ...। (आउ: सम्भावनार्थ)
२१कवितामा प्रयुक्त पाँचओटा सामान्यार्थक क्रियापद टिपी इच्छार्थकमा बदल्नुहोस्।
२२आज्ञार्थक क्रियाको प्रयोग गरी साथीलाई पढाइमा लगनशील भएर लाग्न सल्लाह दिनुहोस्।
२३‘क’ र ‘ख’ समूहका वाक्य (जस्तै ‘काम गर्छ ऊ।’ र ‘ऊ काम गर्छ।’) पढेर तिनबारे छलफल गर्नुहोस्।
२४दिइएका वाक्यलाई पदक्रम मिलाएर लेख्नुहोस्: (क) सानैदेखिको साथीलाई भेट्यो उसले। (ख) अद्यावधिक हुँदै गए मान्छे ज्ञानको कारण। (ग) चिसो बढेर निस्किन पनि सकिएन आज बिहान। (घ) बन्नुपर्छ सबै हामी कर्मशील सधैँभरी। (ङ) प्राकृतिक सौन्दर्यका दृष्टिले धनी छ नेपाल।
२५कविताका अंश पढी पदक्रम मिलाई गद्यमा लेख्नुहोस्: (क) ‘हिमाललाई न्यानो दिन्छ तराईको काखा, मधेसको पङ्खा बनी बस्छन् भिरपाखा।’ (ख) ‘नलागोस् है कसैको नि भावनामा ठेस, गाउँदै आयो यो नेपाली सारङ्गीमा देश।’
२६लेखनमा अजन्त र उच्चारणमा हलन्त हुने कुनै दसओटा शब्द टिप्नुहोस्।
२७‘मेरो घर’ शीर्षकमा छोटो कविता तयार पार्नुहोस्।
२८कविले सारङ्गीलाई नै देशको आवाज किन बनाएका होलान्?
२९‘समृद्धिको शिखर चुम्दै जान माथि माथि, रेटिँदै छ मानो रोपी फलाउन पाथी’ पङ्क्तिको अर्थ के हो?