कथामा आएका कठिन शब्द
- खर्क: गाईवस्तु चराउनका लागि राखिएको बाँझो जग्गा
- राक्षस: क्रूर, मान्छेको प्रतिपक्षी नरभक्षी असुर जाति
- उपद्रो: भाँडभैलो, उधुम, कुनै दुःखद घटना
- भलादमी: असल स्वभाव वा चरित्र भएको मान्छे, सभ्य र प्रतिष्ठित मानिस
- उल्लङ्घन: नियमको अवहेलना, नाघ्ने काम
- कुरिया: घरधुरी, कुनै मालमत्ता वा जग्गा जमिन कुर्ने व्यक्ति, कुरुवा
- दोजिया: गर्भवती
- भतुवा: काम नगर्ने खाएर मात्र बस्ने व्यक्ति
- वचनवाण: वाण झैँ बिझ्ने खालको तीक्ष्ण बोली
- भय: डर, त्रास, कुनै अनिष्ट कुराको सम्भावनाबाट उत्पन्न हुने मानसिक स्थिति
- अनुनय: शक्तिशाली व्यक्तिका सामुन्ने कसैको उद्धारका निम्ति गरिने नम्र अनुरोध, बिन्ती, अनुरोध
- भावी: पौराणिक मान्यताअनुसार शिशुको भाग्य लेखन कर्ता
- सनासो: भाँडाकुँडा च्याप्न वा समात्न प्रयोग गरिने फलामको एक प्रकारको साधन
- डाहा: मानसिक र शारीरिक पीडाबाट हुने छटपटी, अरूको उन्नति देख्न नसकेर मनमा हुने कष्ट
- सद्गत: दाहसंस्कार
यहाँ अरू ९ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।