पाठ ७ · कालजित र अजङ्गको राक्षसको कथा

कालजित र अजङ्गको राक्षसको कथा

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्: बिछट्टै, नरभक्षी, किमार्थ, लाचार, ओदान, पुरुषार्थ।
२यी अर्थ आउने शब्द कथाबाट खोजेर लेख्नुहोस्: प्रत्येक, आइमाई, मित्र, दैलो, भाग्नु, उमेर, देवता, विवेक।
३यी टुक्कालाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्: टाप कस्नु, सातोपुत्लो जानु, आलु खानु, हातेमालो गर्नु, भाग्य चम्कनु, माया मार्नु।
४गाउँमा बस्नु, खेतीकिसानी गर्नु, गाईवस्तु पाल्नु, घाँसदाउरा गर्नु, ताजा खानेकुरा खानु, जीविका चलाउनु पदावली प्रयोग गरी किसानका बारेमा एउटा अनुच्छेद तयार पार्नुहोस्।
५यी उखानको अर्थ लेख्नुहोस्: हुने बिरुवाको चिल्लो पात, बाँदरका हातमा नरिवल, खाने मुखलाई जुँगाले छेक्दैन, नपत्याउँदो खोलाले बगाउँछ, नाच्न नजान्ने आँगन टेढो।
६कालजित कथाका मुख्य दुई जना पात्रको नाम के हो ?
७कथाको तेस्रो अनुच्छेदमा कतिओटा वाक्य छन् ?
८कुन घटनापछि कालजित आफ्नो गाउँ जाने निर्णयमा पुग्छ ?
९जङ्गलमा कुन घटना घटेको थियो ?
१०राक्षसले गाउँलेसँग कस्तो सर्त राख्यो ?
११'एक दिन त्यस गाउँमा ठुलो आपत् आइलागेछ...' अनुच्छेदका आधारमा भन्नुहोस्: महिला वनमा किन गएका रहेछन् ?
१२एउटी महिलालाई देखेपछि राक्षसले कस्तो सुर कसेछ ?
१३महिला कराउँदै गुहार माग्दै गाउँमा जानुको कारण के हो ?
१४राक्षसका अगाडि महिलाले केही गर्ने हिम्मत किन गरेनछन् ?
१५कथाका घटना कुन कुन स्थानमा घटेका छन्, उल्लेख गर्नुहोस्।
१६कथामा तपाईँलाई मन परेका कुनै दुईओटा संवादात्मक अंश टिपोट गर्नुहोस्।
१७कथाको शीर्षक तपाईँलाई उपयुक्त लाग्यो कि लागेन, कारण दिनुहोस्।
१८कथाको दोस्रो अनुच्छेद पढी दुईओटा प्रश्न बनाउनुहोस्।
१९यी वाक्य कसले कसलाई भनेका हुन्, पहिचान गर्नुहोस्: 'हेर मनुवा हो ! यस महिलाको काल आजै आएको थियो...', 'यदि राक्षसबाट बच्ने उपाय छ भने सोचौँ...', 'हाम्रो घर कहाँ हो ? मेरो बुबा कहाँ हुनुहुन्छ ?', 'त्यसो भए तपाईँ भगवान्लाई भेट्न आजै गइहाल्नुहोस्...', 'तिम्रो आयु त ७९ वर्षको छ रे।'
२०नेपालको धार्मिक पर्यटनसम्बन्धी अनुच्छेदमा भनिएअनुसार धार्मिक पर्यटनका दृष्टिकोणले विश्व इतिहासमा नेपालको कस्तो पहिचान छ ?
२१कुन कुन धार्मिक स्थलले नेपालको गौरव बढाएका छन् ?
२२कुम्भमेला नेपालको कुन स्थानमा लाग्ने गरेको छ ?
२३धार्मिक पर्यटकको सङ्ख्या वृद्धि कसरी गर्न सकिन्छ ?
२४'धार्मिक' र 'पर्यटन' शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्।
२५'त्यसैले विश्व इतिहासमा नेपालको छुट्टै पहिचान र विशिष्ट स्थान रहेको छ।' वाक्यलाई भविष्यत् कालमा परिवर्तन गर्नुहोस्।
२६'एक पटकको मेला भर्न करिब डेढ करोड मानिस पुग्ने गरेका छन्।' वाक्यलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस्।
२७नेपालको धार्मिक पर्यटनसम्बन्धी अनुच्छेदबाट 'ब' र 'व' लागी बनेका तीन तीनओटा शब्द पहिचान गरी लेख्नुहोस्।
२८व्याख्या गर्नुहोस्: 'यो आयु भावीले जुन दिन जति लेख्यो, लेख्यो। त्यसलाई घटाउन पनि सकिँदैन, बढाउन पनि सकिँदैन।'
२९राक्षसले गाउँलेलाई के गरेर दुःख दिएको रहेछ, वर्णन गर्नुहोस्।
३०कालजितले राक्षसलाई नमारेको भए गाउँमा कस्तो अवस्था आउँथ्यो होला, अनुमान गरेर लेख्नुहोस्।
३१'सानो व्यक्तिको बुद्धि र पुरुषार्थले गाउँमा शान्ति ल्याउन सफल भयो' भन्ने भनाइको आशय खुलाउनुहोस्।
३२'कालजित र अजङ्गको राक्षस' कथाका मुख्य मुख्य घटना नछुट्ने गरी बुँदागत रूपमा लेख्नुहोस्।
३३'कालजित र अजङ्गको राक्षस' कथाबाट के सन्देश पाउनुभयो, लेख्नुहोस्।
३४तपाईँले पढेको वा सुनेको कुनै एउटा कथाको समीक्षा प्रस्तुत गर्नुहोस्।
३५यी वाक्यमा प्रयोग भएका क्रियापद पहिचान गर्नुहोस्: 'म वनभोज गएँ। मैले साथीसँग रमाइलो गरेँ। म पनि नाचगानमा सहभागी भएँ। म साँझ छ बजे घर फर्केँ।'
३६यी वाक्यमा प्रयोग भएका क्रियापद पहिचान गर्नुहोस्: 'ऊ छुट्टीको दिन घरमै बस्छ। ऊ गृहकार्य गर्छ। ऊ केही समय भाइबहिनीसँग खेल्छ। ऊ आमाबुबालाई घरको काममा सघाउँछ।'
३७यी वाक्यमा प्रयोग भएका क्रियापद पहिचान गर्नुहोस्: 'तिमीहरू बजार जाने छौ। तिमीहरू बजारमा सामान किन्ने छौ। तिमीहरू सामान झोलामा राख्ने छौ। तिमीहरू सामान लिएर घर फर्कने छौ।'
३८यो अनुच्छेदलाई वर्तमान कालमा परिवर्तन गर्नुहोस्: 'गाउँमा विद्यालय खुल्यो। अशिक्षित पनि शिक्षित भए। उनीहरूले आफूमाथि भएको शोषणको विरोध गरे। शोषकले शोषण गर्न छाडे। सबै जना मिलेर बस्न थाले।'
३९यो अनुच्छेदलाई भविष्यत् कालमा परिवर्तन गर्नुहोस्: 'हामी देश सेवामा लाग्छौँ। हामी आफ्नै माटामा परिश्रम गर्छौँ। आधुनिक खेती प्रणाली अपनाएर अन्न उब्जाउँछौँ। आफ्नै धर्तीलाई हराभरा बनाउछौँ। यसबाट देश विकासमा टेवा पुग्छ।'
४०यो अनुच्छेदलाई भूतकालमा परिवर्तन गर्नुहोस्: 'बहिनी मिहिनेत गर्छे। ऊ परीक्षामा सफल हुन्छे। ऊ पुरस्कार पाउँछे। ऊ खुसी हुँदै घर आउँछे। त्यो कुरा सुनेर आमाबुबा खुसी हुनुहुन्छ।'
४१यो अनुच्छेद पढेर क्रियापदका पक्ष पहिचान गर्नुहोस्: 'म सानामा चरचुरुङ्गी देखेर रमाउथेँ। एक दिन परेवा देखेर च्याप्प समाउन खोजेँछु। परेवा भुर्र उड्दा मलाई पनि उड्न मन लाग्यो। शनिबारको दिन बुबाले मलाई सहर घुमाउन लैजानुभएको थियो। सहरमा मोटरगाडी गुडिरहेका थिए। त्यो दृश्यले मलाई चकित तुल्यायो।'
४२अपूर्ण पक्षमा बदल्नुहोस्: 'सदिच्छा विज्ञान विषय पढ्छिन्। उनले डाक्टर बन्ने कुरा सोचेकी छिन्। उनी बिरामीको सेवा गर्ने छिन्। सबैले उनलाई धन्यवाद दिने छन्।'
४३पूर्ण पक्षमा बदल्नुहोस्: 'आशिका जनकपुरबाट हेटौँडा जाँदै छिन्। उनी हजुरआमालाई फलफूल लाँदै छिन्। हजुरआमाले नातिनीको बाटो हेर्दै हुनुहुन्छ। उहाँ नातिनीलाई मन पर्ने सेलरोटी पकाउँदै हुनुहुन्छ।'
४४अज्ञातप्रसादसम्बन्धी अनुच्छेदबाट अज्ञात पक्षका क्रियापद पहिचान गर्नुहोस्। अनुच्छेदमा यस्ता वाक्य छन्: 'अज्ञातलाई बुबाले गृहकार्य गर भन्नुभएछ। उसले त मैले हिजो गरेँ पो भनेछ। यो अज्ञातले त हामीले थाहै नपाई गृहकार्य गरेछ। हिजो राती घरमा चोर आएको कुरा अज्ञातले आज मात्र थाहा पाएछ। पुलिसले चोर समातेछ निं बुबा।'
४५यो अनुच्छेदलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस्: 'राती असिनापानी पर्‍यो। पल्लो डाँडामा पहिरो गयो। खेत पनि पानीले डुबायो। चराको गुँड पनि भत्कायो। पानी त गजबसँगै नै पर्‍यो त। अबेर राती बुबाले पनि थाहा पाउनुभयो। बहिनीले पनि थाहा पाइन्। भाइले पनि राती नै थाहा पाए। तैँले मात्र कसरी थाहा पाइनस् ?'
४६कथाको अन्तिम अनुच्छेद 'यसरी राक्षसलाई मारेपछि कालजितले गाउँलेलाई बोलाएछ...' लाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस्।
४७डुल्, भन्, उठ्, पढ् धातुबाट बन्ने अभ्यस्त पक्षका क्रियापद प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस्।
४८यी अनुच्छेद पढेर 'ब' र 'व' को प्रयोग पहिचान गर्नुहोस्: 'विजय वेदविद्याश्रममा वेद पढ्छन्। विवेक, वृषभनाथ, वर्षमान, विज्ञानराम र विकल्पप्रसाद पनि वेद विद्यालयमा वैदिक मन्त्र पढ्छन्...' र 'बुद्धप्रसाद, बुद्धिनाथ, बलबहादुर र अम्बिकादेवीले धरहरा हेरे। गगनचुम्बी धरहरा हेर्न बाँके, बर्दिया, बझाङ, बैतडीबाट मात्र होइन बर्दिबासबाट समेत मान्छे आए।'
४९कथामा रहेका 'व' लेख्दा 'ब' उच्चारण हुने, 'ब' लेख्दा 'ब' नै उच्चारण हुने अनि 'व' लेख्दा 'व' नै उच्चारण हुने शब्दको अलग अलग सूची बनाउनुहोस्।
५०यी बुँदाका आधारमा एउटा छोटो कथा तयार पार्नुहोस्: एकादेशमा एक जना मन्त्री हुनु, मन्त्री भ्यागुताका सौखिन हुनु, जिउँदा भ्यागुता जम्मा पारेर एकै ठाउँमा राखी उफार्दा रमाइलो लाग्नु, एक दिन भ्यागुतालाई नबाँधी र नथुनीकन एक धार्नी बनाएर ल्याएमा एक धार्नी असर्फी पुरस्कार दिने घोषणा सुनाउनु, मन्त्रालयमा भ्यागुता जोख्नेको भिड लाग्नु, भ्यागुता उफ्रेका उफ्रै गर्नाले धार्नी नपुग्नु, भ्यागुताको धार्नी कहिल्यै पुग्दैन भन्दै सबै बिदा हुनु।
५१तपाईँले पढेको वा सुनेको कुनै विषयवस्तुमा आधारित छोटो कथा लेखेर ल्याउनुहोस्।
५२यो कथा धेरैजसो 'रहेछ', 'गएछन्' जस्ता क्रियापदमा किन लेखिएको छ ?
५३कालजितले राक्षसलाई आफ्नो आयुबारे भगवान्सँग किन सोधायो ?
५४कालजितलाई किन साहसी र बुद्धिमान् पात्र भनिन्छ ? दुई कारण दिनुहोस्।
५५अभ्यस्त पक्ष र अपूर्ण पक्षमा के फरक छ ? उदाहरणसहित लेख्नुहोस्।