पाठ ६ · पर्यावरण सन्तुलन

पर्यावरण सन्तुलन

नेपालीविषय
८ minअनुमानित समय
१संवादमा दिइएका यी शब्दलाई तिनका सही अर्थसँग जोडा मिलाउनुहोस्: वायुमण्डल, ओजन तह, अतिवृष्टि, पराबैजनी किरण, क्लोरोफ्लोरो कार्बन, नर्सरी।
२पारिस्थितिक प्रणाली, अम्लीय वर्षा, हरितगृह प्रभाव र ग्लोबल वार्मिङ पदलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस्।
३संवादमा प्रयोग भएका पर्यावरण, हरितकण जस्ता पर्यावरणसँग सम्बन्धित कुनै पाँचओटा प्राविधिक र पारिभाषिक शब्द पहिचान गर्नुहोस्।
४संवादमा प्रयोग भएका ग्लोबल वार्मिङ, नाइट्रिक एसिड जस्ता अङ्ग्रेजी भाषाबाट आएका अरू पाँचओटा शब्द टिप्नुहोस्।
५दिइएका वाक्यमा आएका श्रुतिसमभिन्नार्थी शब्दको अर्थ लेख्नुहोस्: (क) म शब्दकोश किन्न एक कोस पर जान्छु। (ख) भाग्यशाली साली नानी कविता प्रतियोगितामा सर्वोत्कृष्ट भइन्। (ग) म राम्रा कृति लेखेर कीर्ति पनि राख्छु। (घ) म यस जन्ममा यश राख्ने प्रयासमा तल्लीन छु।
६वायुमण्डल, अतिवृष्टि, अम्लीय, प्राकृतिक, स्रोत, नवीकरणीय, वनस्पति शब्दको शुद्ध उच्चारण कसरी गर्ने?
७संवादमा पात्रको भूमिका निर्वाह गर्दै हाउभाउ झल्कने गरी कक्षामा कसरी वाचन गर्ने?
८(क) संवादमा उपस्थित पात्रको नाम उल्लेख गर्नुहोस्। (ख) संवादमा सबैभन्दा बढी पटक प्रश्न गर्ने विद्यार्थी को हो? (ग) संवादमा प्रयोग भएका कुनै दुईओटा प्रश्नात्मक वाक्य भन्नुहोस्। (घ) संवादको सबैभन्दा लामो अनुच्छेदमा कति वाक्य छन्?
९हरितगृहबारेको अनुच्छेद पढेर उत्तर लेख्नुहोस्: (क) हरितगृह कसरी निर्माण गरिन्छ? (ख) हरितगृहमा न्यानोपन कायम रहनुको कारण के हो? (ग) वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्दा के हुन्छ? (घ) ग्लोबल वार्मिङ भन्नाले के बुझिन्छ?
१०यी भनाइका वक्ता को को हुन्? (क) पर्यावरण र पारिस्थितिक प्रणाली उस्तै हुन् र गुरु? (ख) मैले कतै गलत त बुझिनँ नि गुरु? (ग) दिगो विकासको कुरा त मलाई साह्रै मन पर्‍यो। (घ) हामी सबैले आफ्नो घरबाटै पर्यावरण संरक्षणको अभियान सुरु गर्नु जरुरी छ।
११डोल्पाको शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका दुई हिउँ चितुवा (घाङ्ग्री घापी हिउल र लाङ्गेन) मा स्याटेलाइट जिपिएस कलर जडान गरिएको प्रसङ्गमा: (अ) कलर जडान गर्न कुन कुन निकायबाट आर्थिक सहयोग प्राप्त भएको छ? (आ) जिपिएस कलरले कति महिनासम्मको तथ्याङ्क दिन सक्छ? (इ) हिउँ चितुवाको अनुगमन कुन कुन निकायले गरेका छन्? (ई) हिउँ चितुवाको संरक्षण किन आवश्यक देखिन्छ?
१२हिउँ चितुवासम्बन्धी अनुच्छेदबाट: (अ) दुई दुईओटा मौलिक र आगन्तुक शब्द (आ) एउटा समस्त शब्द (इ) एउटा द्वित्व शब्द (ई) फरक फरक पञ्चम वर्ण प्रयोग भएका दुईओटा शब्द पहिचान गर्नुहोस्।
१३'ग्लोबल वार्मिङ' शीर्षकमा एउटा अनुच्छेद लेख्नुहोस्।
१४'ऊर्जाका स्रोत' शीर्षकमा एउटा अनुच्छेद लेख्नुहोस्।
१५'पर्यावरण सन्तुलन' संवादमा पर्यावरण संरक्षणबारे कस्तो विचार व्यक्त छ?
१६हामीले वातावरणीय सन्तुलन कायम गर्न कसरी सहयोग पुर्‍याउन सक्छौँ?
१७कारखाना र गाडीको धुवाँ तथा प्रदूषित नदीका दृश्य अध्ययन गरेर प्रदूषण न्यूनीकरणका उपायबारे आफ्नो प्रतिक्रिया दिनुहोस्।
१८'खेलकुदको महत्त्व' शीर्षकमा दुई जना साथीका बिचमा गरिएको संवाद रचना गर्नुहोस्।
१९आदित्य र साथीहरूले पढाइ र खेलकुदबारे गरेको छलफलजस्तै चार चार जनाको समूहमा कुनै शीर्षकमा छलफल गरी निष्कर्ष कसरी सुनाउने?
२०भोलिवादी सोचबाट कसरी मुक्त हुन सकिन्छ, आफ्नो विचार भन्नुहोस्।
२१वीरबहादुरबारेको अनुच्छेदमा आएका समस्त शब्दको विग्रह गर्नुहोस्: आजभोलि, घरबाहिर, साँझबिहान, दिनभरि, दुगुना, चौगुना, खाद्यसामग्री, थोकव्यापारी, विद्यालय, देवालय, सानिमा, ठुलीआमा, ठुल्दाइ, सान्दाइ, दोबाटो, चौबाटो।
२२दिइएका विग्रहबाट समस्त शब्द बनाउनुहोस्: मनलाई मोहक, भान्छाका लागि घर, नाफा वा नोक्सान, पाँचओटा अमृतको समूह, पीत छ अम्बर जसको, महान् कवि, गहुँ झैँ गोरो, विद्या नै धन, हरेक बखत, सम्भव भएसम्म।
२३समस्त शब्दको विग्रह र विग्रहको समस्त शब्द बनाउनुहोस्: आशातीत, खाद्य अन्न, वनमा भोज, गाईको जात्रा, त्रिवेणी, लामपुच्छ्रे, हरेक।
२४'पर्यावरणमा भएका ... धातु आदि' संवादको अंशमा प्रयोग भएका पाँचओटा समस्त शब्द टिपोट गर्नुहोस्।
२५बलराम र कृष्णबारेको अनुच्छेदका ससाना, मिलीजुली, सँगसँगै, सरसापट, ऐँचोपैँचो, आआफ्नो, छरछिमेक, घर घर, झझल्को शब्दको बनोटबारे छलफल गर्नुहोस्।
२६द्वित्व प्रक्रियाबाट बनेका पाँचओटा शब्द पर्ने गरी एउटा अनुच्छेद रचना गर्नुहोस्।
२७पञ्चकृष्ण पण्डितबारेको अनुच्छेदबाट ङ, ञ, ण, न, म प्रयोग भएका शब्द पहिचान गर्नुहोस्।
२८शुद्ध गरी लेख्नुहोस्: पंचनाथ संत थिए । समाजसेवा गर्ने उनको संकल्प थियो । उनी कंठमा माला लगाउँथे । समाजमा उनको सबैसँग राम्रो संबन्ध थियो ।
२९'मानव जीवनका लागि पानी' शीर्षकमा संवाद तयार पार्नुहोस्।
३०पुस्तकालयबाट कुनै एउटा नाटकको पुस्तक खोजी त्यसको संवाद कक्षामा हाउभाउसहित कसरी प्रस्तुत गर्ने?
३१पर्यावरण र पारिस्थितिक प्रणालीबिच के फरक छ?
३२ओजन तह क्षयीकरणका कारण र असर लेख्नुहोस्।
३३विकास निर्माणका काम रोक्नु पर्यावरण संरक्षणको उपाय किन होइन?