पाठ ४ · निवेदन

निवेदन

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्: उद्देश्य, घरेलु, सहजीकरण, कौशल, सहकार्य, दुर्व्यवहार, तलब।
२मोहनसँगको फोन कुराकानीबारेको अनुच्छेद पढी आगन्तुक शब्द, सिङ्गो शब्द र सङ्क्षिप्त शब्द पहिचान गर्नुहोस्।
३शैक्षिक, बालक्लब, अपराध, आचरण, हकहित, संस्कृति, परिवर्तन शब्द अलग अलग वाक्यमा प्रयोग हुने गरी एउटा अनुच्छेद रचना गर्नुहोस्।
४निवेदन किन लेखिन्छ?
५निवेदनमा मिति कहाँ लेख्नुपर्छ?
६निवेदनमा विषय किन लेखिन्छ?
७निवेदनमा निवेदकको आग्रहको प्रस्तुति कहाँनेर गरिन्छ?
८निवेदन कसले कसलाई लेखेको हो?
९बालक्लबका अध्यक्षले कस्तो सहयोगको अपेक्षा गरेका छन्?
१०किशोरकिशोरीले आफ्ना समस्या कसरी समाधान गर्न सक्छन्?
११साइबरको सदुपयोग कसरी गर्नुपर्छ?
१२विद्यालयमा गठित बालक्लबको उद्देश्य के हो?
१३बालक्लबले कुन दिन सचेतना कार्यक्रम आयोजना गर्न लागेको हो?
१४बालक्लबले समाजमा कसरी सचेतना फैलाउन खोजेको छ?
१५बालक्लबका लागि बनाइएको अक्षयकोषमा कसरी स्रोत जुटाइएको छ?
१६नयाँ वर्षको अवसरमा साथीलाई दिइने शुभकामना पत्र तयार गर्नुहोस्।
१७नौ कक्षाका विद्यार्थीका तर्फबाट शैक्षिक भ्रमणको प्रबन्ध मिलाइदिन अनुरोध गर्दै विद्यालयका प्रधानाध्यापकलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस्।
१८निवेदनको नमुना पढी जेहेनदार छात्रवृत्तिका लागि विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस्।
१९राष्ट्रिय महिला आयोगद्वारा आयोजित पालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी छात्रालाई दिइने बधाई पत्रको नमुना तयार पार्नुहोस्।
२०श्रद्धाञ्जली एवम् समवेदना पत्रको ढाँचामा एउटा श्रद्धाञ्जली तथा समवेदना पत्र तयार गर्नुहोस्।
२१म्यासेन्जर र टेलिफोनमा रहेको भिन्नता खुल्ने गरी तिनलाई पात्र बनाई संवाद पूरा गर्नुहोस्।
२२सम्मान पत्रमा के के कुरा समेटिएका हुन्छन्, भन्नुहोस्।
२३आदर्श, जीवन, भीम र प्रतीक्षा अखबार किन्न गएको अनुच्छेद पढी तत्सम, तद्भव र आगन्तुक शब्द पहिचान गर्नुहोस्।
२४पाठमा प्रयोग भएका दुई दुईओटा तत्सम, तद्भव र आगन्तुक शब्द टिपोट गर्नुहोस्।
२५आकृतिले कविता रचना गरेको अनुच्छेदमा रहेका मूल र व्युत्पन्न शब्द पहिचान गरी अलग अलग सूची बनाउनुहोस्।
२६पाठको 'आज हरेक टोल टोल ... पुर्‍याउन सक्छन्' भन्ने अनुच्छेदमा प्रयोग भएका पाँचओटा व्युत्पन्न शब्द टिप्नुहोस्।
२७पूर्णमाया लिम्बूको अनुच्छेदमा सुरु, बिच र अन्तिममा दीर्घ ऊकार प्रयोग भएका शब्द पहिचान गर्नुहोस्।
२८निवेदनका भागहरू क्रमैसँग लेख्नुहोस्।
२९बधाई पत्र र समवेदना पत्रमा के फरक हुन्छ?
३०तत्सम र तद्भव शब्दबिच के फरक छ? उदाहरणसहित लेख्नुहोस्।