१दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस्: गुणस्तरीय, गोडमेल, खाडल, बाली, लट्टे।
२विभिन्न क्षेत्रमा प्रयोग हुने प्राविधिक तथा पारिभाषिक शब्द पढ्नुहोस् र तिनका अर्थबारे छलफल गर्नुहोस्।
३'करेसाबारी' निबन्धबाट कृषि क्षेत्रमा प्रयोग हुने पाँचओटा पारिभाषिक तथा प्राविधिक शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस्।
४दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्: आत्मनिर्भर, कम्पोस्ट, नर्सरी, बिउबिजन, रासायनिक।
५दिइएका शब्दको शुद्धसँग उच्चारण गर्नुहोस्: अर्गानिक, प्रणाली, बुर्बुराउँदो, पालुङ्गो, प्याज, सिँचाइ, जैविक, विषादीयुक्त।
६करेसाबारी निबन्ध कति अनुच्छेदमा संरचित छ?
७निबन्धको दोस्रो अनुच्छेदको आशय के हो?
८वाक्य सङ्ख्याका दृष्टिले छोटो र लामो अनुच्छेद कुन हो?
९निबन्धमा बाली हेरफेरको विषयवस्तु कुन अनुच्छेदमा समावेश गरिएको छ?
१०निबन्धको निष्कर्ष कुन अनुच्छेदमा आएको छ?
११अनुच्छेदमा तरकारीलाई कुन कुन प्रकारमा वर्गीकरण गरिएको छ?
१२हिउँदे तरकारी बालीका लागि कस्तो मौसम आवश्यक हुन्छ?
१३बर्खे तरकारी र बसन्ते तरकारीमा कस्तो भिन्नता पाइन्छ?
१४बेमौसमी तरकारी खेतीको चलन किन चलाइएको होला?
१५बाली विविधता भनेको के हो?
१६करेसाबारीमा तरकारी लगाउँदा जमिनको व्यवस्थापनमा ध्यान दिनुपर्ने पक्ष उल्लेख गर्नुहोस्।
१७वानस्पतिक विषादीको निर्माण र प्रयोग गर्ने तरिका वर्णन गर्नुहोस्।
१८(अनुच्छेद: पृथ्वीमा रहेका बोटबिरुवा, कीटपतङ्ग, चराचुरुङ्गी, जनावर र मानिस परस्परमा निर्भर छन् ...) प्राणीले बोटबिरुवाबाट के पाउँछन्?
१९कस्ता खाना बोटबिरुवाका लागि उत्तम खाना हुन्?
२०प्राणी र वनस्पतिबिचको लेनदेन प्रक्रियाले के कुरा बुझाउँछ?
२१पर्यावरणीय सन्तुलनका लागि कस्तो उपाय अपनाउनुपर्छ?
२२'वनस्पति' र 'प्रदूषण' शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्।
२३माथिको अनुच्छेदमा कुन कुन संयोजक प्रयोग भएका छन्?
२४'खेतीपातीका शत्रु किरा, फट्याङ्ग्रा, सुलसुले, मुसा, खरायो, दुम्सी, बाँदरसमेत पर्यावरणीय सन्तुलनका लागि आवश्यक छन् ।' वाक्यबाट नामयोगी पहिचान गर्नुहोस्।
२५अनुच्छेदबाट सुरु, बिच र अन्तिममा ह्रस्व उकार लागेर बनेका एक एकओटा शब्द पहिचान गरी लेख्नुहोस्।
२६व्याख्या गर्नुहोस्: हरियो तरकारी फलेको दृश्यले घरको सौन्दर्य वृद्धि हुन्छ र वातावरण पनि स्वच्छ बन्न पाउँछ।
२७करेसाबारीमा मलखाद प्रयोग, सिँचाइ र गोडमेलका बारेमा पाठमा व्यक्त विषयवस्तुप्रति आफ्ना धारणा व्यक्त गर्नुहोस्।
२८करेसाबारीको उपयोगबाट कसरी फाइदा लिन सकिन्छ, आफ्नै शैलीमा चर्चा गर्नुहोस्।
२९'करेसाबारी' निबन्धको दोस्रो र तेस्रो अनुच्छेदबाट शीर्ष वाक्य पहिचान गरी लेख्नुहोस्।
३०'फूलबारी' शीर्षकमा एउटा वर्णनात्मक अनुच्छेद तयार गर्नुहोस्।
३१'करेसाबारी' निबन्धको पाँचौँ अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस्।
३२(धनराज धामीको अनुच्छेद पढेर) घरमा कर्तव्यनिष्ठ भई कुनै काममा संलग्न भएको अनुभव कक्षामा प्रस्तुत गर्नुहोस्।
३३दिइएको अनुच्छेदका रातो रङ लगाइएका पद (माथि, खाई, अनि, बेन्चमाथि, तल, बेन्चतल, टपक्क, लेख्न, जब, तब, लेख्दा) नामयोगी, क्रियायोगी र संयोजकमध्ये के हुन्, पहिचान गर्नुहोस्।
३४उदाहरणमा दिइए जस्तै नामयोगी, क्रियायोगी र संयोजक शब्द पाठबाट खोजेर लेख्नुहोस्।
३५दुई दुईओटा नामयोगी, क्रियायोगी र संयोजक पर्ने गरी 'समाज सेवा' शीर्षकमा एउटा अनुच्छेद तयार गर्नुहोस्।
३६दिइएको अनुच्छेद (आहा ! कस्तो सफा मौसम ...) पढी निपात र विस्मयादिबोधक पद पहिचान गर्नुहोस्।
३७निबन्धबाट खोजेर पाँचओटा निपात शब्द टिपोट गर्नुहोस्।
३८अरे, लौ, है, न, ओहो, बिचरा, कठै जस्ता शब्द प्रयोग गरी सडक दुर्घटना शीर्षकमा एउटा अनुच्छेद तयार गर्नुहोस्।
३९दिइएको अनुच्छेद (मुकुन्दमणि घिउ बेच्न ...) पढी शब्दको सुरु, बिच र अन्तिममा ह्रस्व उकार लागेका शब्द पहिचान गर्नुहोस्।
४०शब्दको सुरु, बिच र अन्तिममा ह्रस्व उकार हुने तीन तीनओटा शब्द पाठबाट खोजेर लेख्नुहोस्।
४१'व्यवसायमुखी कृषि' शीर्षकमा निबन्ध तयार गर्नुहोस्।
४२रेडियो तथा टेलिभिजन जस्ता विद्युतीय सञ्चार माध्यममा प्रसारित कृषि कार्यक्रम सुनेर वा हेरेर त्यसका विषयवस्तुबारे कक्षामा छलफल गर्नुहोस्।
४३घुसुवा बाली भनेको के हो? यसले करेसाबारीमा के फाइदा गर्छ?
४४बाली हेरफेर र मल्चिङबिच के फरक छ?
४५कुन कुन तरकारी सिधै रोपिन्छन् र कुनको नर्सरीमा बेर्ना तयार पारिन्छ? नर्सरीमा बिउ रोप्दा के ध्यान दिनुपर्छ?