१कथाको प्रारम्भ कुन घटनाबाट भएको छ ?
२नरेशले .... गइसकेको थियो अनुच्छेदको मुख्य घटना के हो ?
३कथामा उपस्थित भएका पात्रको नाम भन्नुहोस् ।
४कथाको अन्त्यतिर नरेशमा कस्तो परिवर्तन आएको छ ?
५पार्वतीको हृदय किन भारी थियो ?
६युद्धका घटनाले बाल मस्तिष्कमा कस्तो प्रभाव पार्न सक्छ ?
७नरेशका आमाबुबाले छोरालाई कुन कुराबाट अलग राख्न खोजेका थिए ?
८पार्वतीले छोरालाई शान्तिवीर बनाउन कस्तो प्रयास गरिन् ?
९दिइएका संवाद कसले कोसँग भनेका हुन्, पहिल्याउनुहोस् । (क) यस्तो विश्वको अशान्त वातावरणमा छोरो कसरी बढ्ला ? (ख) गोली लाग्दा तपाईंलाई दुखेन ? (ग) उः ! हेर कस्ती राम्री पुतली । (घ) सबै जर्मनहरू खराब हुँदैनन्, तिनीहरू बडा ज्ञानी पनि हुन्छन् ।
१०कथाका आधारमा पार्वतीका राम्रा गुण उल्लेख गर्नुहोस् ।
११कथामा उल्लेख भएको परिवेशको वर्णन गर्नुहोस् ।
१२कथाबाट के सन्देश पाइन्छ ?
१३सहकार्य सिकाइसम्बन्धी अनुच्छेद पढी उत्तर दिनुहोस् : (अ) सहकार्य सिकाइ भनेको के हो ? (आ) सहकार्य सिकाइमा सिकारुले कसरी सिक्छन् ? (इ) यस विधिमा शिक्षकको भूमिका कस्तो रहन्छ ? (ई) यस विधिलाई किन प्रभावकारी मानिन्छ ?
१४अनुच्छेदको वाक्य जहाँ कुनै पनि विषयवस्तुको सम्बन्धमा आफूले प्राप्त गरेका सूचना तथा ज्ञानलाई एकआपसमा आदानप्रदान गर्छन् लाई कर्मवाच्यमा परिवर्तन गर्नुहोस् ।
१५सहकार्य सिकाइको अनुच्छेदबाट कृत् र तद्धित् प्रत्यय लागेर बनेका एक एकओटा शब्द पहिचान गरी लेख्नुहोस् । साथै र को फरक फरक रूप प्रयोग भएका तीनओटा शब्द टिपोट गर्नुहोस् ।
१६भविष्य निर्माण कथाका आधारमा दिइएका घटनाको क्रम मिलाउनुहोस् ।
१७व्याख्या गर्नुहोस् : जो अरूलाई दुःख दिन्छ, आफू मात्र खान्छ, ठुलाको अर्ती मान्दैन, त्यो नै दुष्ट हो ।
१८घरायसी वातावरणले बालबालिकाको स्वभाव र व्यवहारमा कस्तो परिवर्तन ल्याउन सक्छ, कथाका आधारमा तर्क गर्नुहोस् ।
१९नरेशको जर्मनप्रतिको सोच यदि परिवर्तन नभएको भए आमाबुबाले कसरी सुधार गर्थे होलान्, अनुमान गरी समीक्षा गर्नुहोस् ।
२०नरेशको मानसिक अवस्थाको चित्रण कथामा कुन कुन सन्दर्भमा भएको छ, वर्णन गर्नुहोस् ।
२१एक अनुच्छेदमा कथाको मुख्य सार लेख्नुहोस् ।
२२डर, रिस, दुःख, खुसी जस्ता संवेग मानवीय र मानवेतर दुवै पात्रमा हुन्छन् । यस्ता संवेगको प्रस्तुतिमा के भिन्नता हुन्छ ?
२३दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : स्वप्न, अखबार, अलग्गै, गम्भीर, व्यर्थ, कलकाँटा, अबोध, कण्ठ ।
२४दिइएका टुक्काको अर्थ पहिचान गरी वाक्यमा प्रयोग गर्नुहोस् : झसङ्ग हुनु, रङ उड्नु, खिन्न हुनु, कण्ठ भरिनु, गला रुद्ध हुनु ।
२५पाँचओटा अनुकरणात्मक शब्दको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् ।
२६दिइएका कर्मवाच्यका वाक्यलाई कर्तृवाच्यमा परिवर्तन गर्नुहोस् : मद्रासबाट आँप ल्याइयो । परिवारका सदस्यलाई आँप बाँडियो । धन्यवाद पाइयो । मिलेर आँप खाइयो ।
२७पाठबाट पाँचओटा कर्तृवाच्य वाक्य टिपी कर्मवाच्यमा परिवर्तन गर्नुहोस् ।
२८दिइएको अनुच्छेद पढी कृदन्त तथा तद्धितान्त शब्दको पहिचान गर्नुहोस् : कविता, दीप्ति र श्रुतिले गाएर, नाचेर अनि खाएर रमाइलो गरे । दयालु दीपक भने दैनिक सामाजिक सेवामा लाग्ने मानवता भएका व्यक्ति हुन् । उनको पढाइ, लेखाइ राम्रो छ । उनी निकै हक्की, बोलक्कड र हँसिला छन् ।
२९दिइएको सन्दर्भ पढी र का विविध रूप प्रयोग भएका पद टिप्नुहोस् : सानो छोराका लागि च्याले किन्न सूर्यप्रसाद कीर्तिपुर बजार गए । बाटामा जाँदा रुद्र गन्धर्वले च्याइँच्याइँ सारङ्गी बजाएर गाएको राष्ट्रिय गीत सुने ।
३०पाठबाट र को फरक फरक रूप प्रयोग भएका दसओटा शब्द टिपोट गर्नुहोस् ।
३१कथाको शीर्षक भविष्य निर्माण किन सार्थक छ ?
३२कृष्णबहादुरको चरित्रका विशेषता लेख्नुहोस् ।
३३यदि पार्वतीले नरेशलाई जर्मनहरू साँच्चै खराब हुन् भनिदिएकी भए के हुन सक्थ्यो ?
३४यो कथाको विधा के हो र त्यसका कुन कुन विशेषता यहाँ देखिन्छन् ?