पाठ १५ · आमाको तस्बिर

आमाको तस्बिर

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् : अँजुली, धमिलो, ठेला, चक्र, पृथ्वी, भकारो, पासपोर्ट, पानीजहाज ।
२दिइएका शब्दको विपरीतार्थी शब्द पाठबाट खोजेर लेख्नुहोस् : बिपना, सहज, उकाली, सुख, माथि, पाताल ।
३माथिको कवितांशमा सबैभन्दा बढी र सबैभन्दा कम शब्द सङ्ख्या भएका पङ्क्ति भन्नुहोस् ।
४कवितांशको सातौँ पङ्क्तिलाई व्याकरणिक पदक्रम मिलाई भन्नुहोस् ।
५'आमाको पृथ्वीमा दुःखको मौसम' भन्नुको अर्थ के हो ?
६आमाको ढाड कुप्रिनाको खास कारण के हो ?
७कवितामा कविले आमाका बारेमा धमिलोसँग सम्झेका कुरा के के हुन् ?
८दुनियाँको सबैभन्दा प्यारो आमाको काखलाई 'म' पात्रले किन बिर्सेका रहेछन् ?
९विदेशमा कमाएको पैसाले आमाका लागि के के गर्न सकेको देखिँदैन ?
१०'म' पात्र देश फर्कने जहाजको यात्री बन्न नसक्नुको कारण के होला ?
११सामाजिक सञ्जाल भनेको के हो ?
१२सामाजिक सञ्जालको सदुपयोग कसरी गर्न सकिन्छ ?
१३सामाजिक सञ्जाल प्रयोगकर्ताले कुन कुरामा सावधानी अपनाउनुपर्छ ?
१४किन सामाजिक सञ्जालप्रति आकर्षण बढ्दै गएको देखिन्छ ?
१५'आशा' शब्दको विपरीतार्थी शब्द टिपी वाक्यमा प्रयोग गर्नुहोस् ।
१६'साँघुरो' र 'विकर्षण' शब्दको विपरीतार्थी शब्द अनुच्छेदबाट खोजेर लेख्नुहोस् ।
१७'कतिपय संवेदनशील घडीमा मानसिक त्रास र जोखिमसमेत थपिदिएको देखिन्छ' वाक्यलाई कर्तृवाच्यमा बदल्नुहोस् ।
१८'यसैमा सबै जना रमाउँछन्' वाक्यलाई भाववाच्यमा परिवर्तन गर्नुहोस् ।
१९'आमाको तस्बिर' कविताका आधारमा आमाले छोराछोरीप्रति गर्ने माया ममताको चर्चा गर्नुहोस् ।
२०'म' पात्र स्वदेशमै रहेको भए आमाको दुःख कसरी हटाउँथ्यो होला, कविताका आधारमा लेख्नुहोस् ।
२१दिइएका श्लोकलाई व्याकरणिक पदक्रममा रूपान्तरण गर्नुहोस् : (क) मेरै जीवनको चक्र घुम्यो त्यही जाँतो भैँ । (ख) झिसमिसेमै गएर ल्याएनछ पानी पँधेराबाट ।
२२दिइएको कवितांशको व्याख्या गर्नुहोस् : जब जाँतो घुमाउन सक्ने भएँ / मेरै जीवनको चक्र घुम्यो त्यही जाँतो भैँ / र म उड्नुपर्‍यो सात समुद्रपारि ।
२३'मलाई मन पर्ने ठाउँ' शीर्षकमा भावात्मक अनुच्छेद तयार पार्नुहोस् ।
२४'ऋ' र 'रि' लागेर बनेका शब्द अनुच्छेदबाट टिप्नुहोस् : ऋषभको घर रिडी बजारमा पर्छ । ऊ वेदका ऋचा पाठ गर्छ । ऋषभका बुबा ऋषिकेश रिजाल आफ्नो रीतिरिवाज र धर्मकर्ममा खुब विश्वास राख्नुहुन्छ । ऋषभकी बहिनी ऋचा सधैँ रिबनले कपाल बाटेर पढ्न जान्छिन् ।
२५दिइएको अनुच्छेदलाई 'ऋ' र 'रि' को उपयुक्त प्रयोग गरी पुनर्लेखन गर्नुहोस् ।
२६कविताको अन्तिम पङ्क्ति 'म मानी फुक्लिएको जाँतो भैँ भएको छु' भन्नुको अर्थ के हो ?
२७यस कवितामा गाउँघरका शब्द र आजका नयाँ शब्द सँगै आउनुको प्रभाव के हो ?
२८भाववाच्य बनाउने नियम उदाहरणसहित लेख्नुहोस् ।