१'नेपाली लोकबाजा' पाठ कति अनुच्छेदमा संरचित छ ?
२निबन्धको तेस्रो अनुच्छेदमा कतिओटा वाक्य छन् ?
३वाक्य सङ्ख्याका दृष्टिले सानो र ठुलो अनुच्छेद कुन हो ?
४कुन अनुच्छेदमा विभिन्न जातिका बाजाका नाम उल्लेख गरिएको छ ?
५नेपाली धर्तीलाई कुन कुराको अनुपम सङ्ग्रहालय मानिएको छ ?
६लोकबाजालाई कसरी बजाइन्छ ?
७कस्ता कस्ता संस्कारमा लोकबाजाको प्रयोग गरिन्छ ?
८'संस्कृतिको शङ्खनाद' भन्नाले के अर्थ बुझिन्छ ?
९नेपाली लोकबाजाको विकास कसरी भएको छ ?
१०बजाउने शैली र बनोटका आधारमा लोकबाजालाई कति किसिमले वर्गीकरण गर्न सकिन्छ ?
११नेपाली लोकबाजाको महत्त्वबारे चर्चा गर्नुहोस् ।
१२व्याख्या गर्नुहोस्: बहुजातीय र बहुसांस्कृतिक मुलुक हुनु नेपालको गौरवमय अतीत मात्र होइन सुन्दर वर्तमान पनि हो ।
१३व्याख्या गर्नुहोस्: मौलिक बाजा सङ्कटमा पर्नु भनेको हाम्रो पहिचानसमेत सङ्कटमा पर्नु हो ।
१४दोधारा चाँदनी नगरपालिकाको नाम कसरी जुराइएको हो ?
१५दोधारा चाँदनी क्षेत्रको जनजीवन कस्तो रहेको छ ?
१६दोधारा चाँदनी क्षेत्रमा मनाइने मुख्य चाडपर्वका नाम लेख्नुहोस् ।
१७दोधारा चाँदनीको विकास निर्माणको अवस्थाबारे अनुमान गर्नुहोस् ।
१८पक्की, अपेक्षा र कृषि शब्दको अर्थ लेख्नुहोस् ।
१९'आरक्ष' को अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस् ।
२०'यसले यहाँको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।' वाक्यलाई अकरण बनाउनुहोस् ।
२१'यहाँ विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिको बसोबास रहेको छ ।' वाक्यलाई अकरण बनाउनुहोस् ।
२२कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् ।
२३दिइएको अनुच्छेदबाट 'ज्ञ' र 'ग्य' प्रयोग भएका शब्द पहिचान गर्नुहोस् ।
२४निबन्धको तेस्रो अनुच्छेदबाट चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।
२५नौमती बाजाका विषयमा सूचनामूलक अनुच्छेद तयार गर्नुहोस् ।
२६निबन्धका आधारमा नेपाली लोकबाजाका विशेषताको समीक्षा गर्नुहोस् ।
२७निबन्धको चौथो अनुच्छेदको आशय बोध हुने गरी पाँचओटा प्रश्न निर्माण गर्नुहोस् ।
२८हाक्पारे गीत कुन समुदायमा प्रचलित छ ?
२९आफ्नो विद्यालयको अवस्थाको वर्णन गर्नुहोस् ।
३०'साइबर अपराधको रोकथाम' विषयमा एउटा निबन्ध तयार गर्नुहोस् ।
३१तत वाद्य र वितत वाद्यबिच के फरक छ ?
३२'सङ्गीत रत्नकोश' का अनुसार सङ्गीत भनेको के हो ?
३३लोकबाजाको संरक्षणका लागि के के प्रयास भइरहेका छन् ?
३४माधव घिमिरेका हरफमा भ्याली र मादलले केको प्रतिनिधित्व गरेका छन् ?