पाठ १३ · कार्यालयीय चिठी

कार्यालयीय चिठी

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : तालिम, विज्ञ, अन्तरक्रिया, प्रयोगपरक, उद्देश्य, आयोजना ।
२दिइएका शब्दको पर्यायवाची शब्द पाठबाट खोजेर लेख्नुहोस् : वेत्ता, काम, पत्यार, नवीन, रूपान्तरित, प्रसङ्ग, शिक्षार्थी ।
३दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : शिक्षण, पाठ्यक्रम, बहुबौद्धिकता, विकास, विश्वास ।
४दिइएका शब्दको शुद्धसँग उच्चारण गर्नुहोस् : प्रभावकारी, केन्द्र, बौद्धिकता, शैक्षिक, सञ्चालन, परिवर्तित, क्रियाकलाप, पाठ्यक्रम ।
५माथिको पाठ पालैपालो सस्वरवाचन गर्नुहोस् । सँगैका साथीको वाचन समय, हाउभाउ, शुद्धता आदि ख्याल गर्नुहोस् ।
६कार्यालयीय चिठीको संरचना र शैलीअनुसारका कुरा माथिको चिठीमा कहाँ कहाँ परेका छन्, पत्ता लगाउनुहोस् ।
७चिठी कसले कसलाई लेखेको हो ? तालिमको विषयवस्तु के रहेछ ? तालिमको मुख्य उद्देश्य के हो ? तालिम केन्द्र प्रमुखले के अपेक्षा गरेका छन् ?
८तालिम कहिलेदेखि कहिलेसम्म आयोजना गरिएको छ ? कति कक्षाका शिक्षकका लागि हो ? कुन विषयका शिक्षकका लागि हो ? तालिमको आयोजना किन गरिएको रहेछ ?
९तालिम केन्द्रबाट लेखिएको पत्र पाएपछि पाठ्यक्रम विकास केन्द्रले विज्ञ खटाएको पत्रको नमुना तयार पार्नुहोस् ।
१०तपाईंको विद्यालयले रजिस्ट्रेसन फाराम भरी शिक्षा विकास तथा समन्वय एकाइलाई पठाउने पत्रको नमुना तयार पार्नुहोस् ।
११आफ्नो क्षेत्रमा रहेको कुनै ऐतिहासिक वा सांस्कृतिक स्थलको भ्रमण गर्न अनुरोध गर्दै साथीलाई चिठी लेख्नुहोस् ।
१२विद्यालयमा आयोजना हुन लागेको कुनै साहित्यिक कार्यक्रममा उपस्थितिका लागि एउटा निमन्त्रणा पत्र तयार पार्नुहोस् ।
१३सरुवा रोगको रोकथामका लागि स्वास्थ्य कार्यालयले जारी गर्ने सूचना तयार गर्नुहोस् ।
१४आफ्नो घरपरिवारको सदस्यलाई कुनै कामको पूर्णताका लागि दिने शुभेच्छा तयार पार्नुहोस् ।
१५पाठको पहिलो अनुच्छेदमा प्रयोग भएका कुनै दुई संश्लेषित वाक्य पहिचान गरी सरल वाक्यमा विश्लेषण गर्नुहोस् ।
१६दिइएको अनुच्छेद पढी क्ष र छ्य बाट बनेका शब्द पहिचान गरी लेख्नुहोस् ।
१७दिइएका शब्द शुद्ध पारेर लेख्नुहोस् : सछ्यम, छ्यण, क्ष्युँ, पक्ष्याउनु, दछ्य, रछ्या ।
१८आफ्नो टोलमा रहेको खानेपानी समस्या समाधानका लागि स्थानीय खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई निवेदन लेख्नुहोस् ।
१९कार्यालयीय चिठी र घरायसी चिठीबिच चार भिन्नता लेख्नुहोस् ।
२०तलका सरल वाक्यलाई एउटै संश्लेषित वाक्यमा लेख्नुहोस् : विद्यालयमा पुस्तकालय छ । पुस्तकालयमा नेपाली साहित्यका पुस्तक छन् । विद्यार्थी बिदाको समयमा त्यहाँ पढ्छन् ।
२१खाम लेख्दा गरिने तिन ओटा सामान्य गल्ती लेख्नुहोस् र तिनको सुधार बताउनुहोस् ।