१कथाको अन्त्य कुन घटनाबाट भएको छ ?
२कथामा सहरको परिवेश झल्कने कुरा के के छन् ?
३'छोराछोरी चराचुरुङ्गीका बचेरा जस्तै हुन्' भन्नुको आशय के हो ?
४अनुच्छेदमा के कुरालाई प्रकृतिको नियम भनिएको छ ?
५रामनाथले कुन कुरालाई शाश्वत सत्य भनेका छन् ?
६रामनाथले पत्नीलाई सान्त्वना दिनुपर्नाको कारण के देखिन्छ ?
७अनुच्छेदका आधारमा आनन्दीको स्वभाव वर्णन गर्नुहोस् ।
८रामनाथले पत्नीलाई विश्वास दिलाउने आधार के थियो ?
९तल दिइएका संवाद कसले कोसँग भनेका हुन्, पहिल्याउनुहोस् : (क) बुढाबुढी भइसकेका आमाबुबा छोडी विदेश गएका छोराको केको चिन्ता गर्नु ? (ख) हामी सन्चै छौँ तर सानुलाई सन्चो नभई अस्पताल भर्ना गरेका छौँ । (ग) विदेशमा दोस्रो नागरिकको पीडा सहेर बाँचिरहेका छन् । यो कस्तो रहर हो ? (घ) यतै केही वर्ष काम गरी बस्ने मनसाय बनाएको छु । (ङ) किन र बाबु, पढाइ सकेपछि काठमाडौँ फर्की यतै काम गर्छु भनेको होइन ?
१०'समय पीडा' कथाका आधारमा तल दिइएका घटनाको क्रम मिलाउनुहोस् : (क) समयको पदचापलाई पछ्याउनै पर्ने बुझी चित्त बुझाउनु (ख) आनन्दी रातको दश बजुन्जेल घरको काममै व्यस्त रहनु (ग) कान्छो छोरो पढ्नका लागि अमेरिकातिर लाग्नु (घ) छोराहरूले आफ्नो व्यवसायमा ध्यान नदिएकामा रामनाथलाई दिक्क लाग्नु (ङ) नातिनी बिरामी परेको खबरले आनन्दीलाई दिनभर काम गर्न मन नलाग्नु (च) बिछ्यौनामा ढले पनि छोराहरूकै चिन्ताले अबेरसम्म निदाउन नसक्नु (छ) जेठो छोरो परिवारसहित अस्ट्रेलियातर्फ लाग्नु (ज) सानो छोराले पढाइ सकेपछि विदेशमै बिहे गरेर बस्ने कुरा गर्नु (झ) विदेशको मोहले छोराहरू आफूबाट टाढिएकोमा दुःख मान्नु
११रामनाथ र आनन्दीले सन्तानबाट कस्तो आशा राखेका थिए, वर्णन गर्नुहोस् ।
१२'समय पीडा' कथाबाट के सन्देश पाउन सकिन्छ, उल्लेख गर्नुहोस् ।
१३रामनाथ र आनन्दीमध्ये तपाईंलाई कुन पात्र मन पर्यो, मन पर्नुको कारणसमेत उल्लेख गर्नुहोस् ।
१४व्याख्या गर्नुहोस् : तिमीसित आमाको हृदय छ भने मसित पनि बुबाको हृदय छ ।
१५पढाइ सकेपछि त्यतै विवाह गरेर विदेशमै घरजम गर्ने सानो छोराको विचारप्रति असहमति प्रकट गर्दै आफ्ना धारणा प्रस्तुत गर्नुहोस् ।
१६कथाको शीर्षक 'समय पीडा' किन सार्थक छ ?
१७'वितृष्णा' शब्दको अर्थ लेख्दै कथामा यो भाव कसमा र किन जाग्यो, स्पष्ट पार्नुहोस् ।
१८तल दिइएका सामान्यार्थक वाक्यलाई प्रेरणार्थक वाक्यमा परिवर्तन गर्नुहोस् : (क) आनन्दी बिहानै उठ्छिन् । (ख) छोरो फोनमा कुरा गर्छ । (ग) नातिनी औषधि खान्छिन् ।
१९कथामा प्रयोग भएका उपमाहरूले पात्रको मनोदशा कसरी बुझाउँछन् ?