पाठ १० · व्यक्तित्व विकासमा विद्यालयको भूमिका

व्यक्तित्व विकासमा विद्यालयको भूमिका

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : अभिभारा, उजागर, घगडान, शनैः शनैः, इच्छाशक्ति, समायोजन ।
२दिइएका प्राविधिक र पारिभाषिक पद पदावलीको अर्थ लेख्नुहोस् : बहुमुखी व्यक्तित्व, वक्तृत्वकला, सहक्रियाकलाप, संवेगात्मक, वातावरण, ऊर्जा ।
३दिइएका शब्दको उल्टो अर्थ दिने शब्द वक्तृताबाट खोजेर लेख्नुहोस् : विनाश, आन्तरिक, ऋणात्मक, पुरस्कार, सकारात्मक, प्रतिकूल ।
४दिइएका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : सभाध्यक्ष, उत्कृष्ट, प्रतिभा, स्वावलम्बी, शिष्टाचार, सहानुभूति ।
५दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् : सञ्चालन, अध्यक्ष, शिक्षक, विद्यालय, विकास, इच्छाशक्ति, आत्मविश्वास, प्रदूषित, व्यक्तित्व ।
६वक्तृताको 'पहिलो कुरा विद्यार्थीभित्र ... सिकाइकै अङ्ग बनाइयोस् ।' अनुच्छेद सस्वरवाचन गर्नुहोस् ।
७वक्तृताको 'व्यक्तित्व भनेको ... मलाई लाग्छ' अनुच्छेद श्रुतिलेखन गर्नुहोस् ।
८वक्तृतामा कार्यक्रमको अध्यक्षता र सञ्चालन गर्ने व्यक्ति को को हुन् ?
९छिरिङले सम्बोधन पछिको पहिलो वाक्यमा कुन कुरा व्यक्त गरेका छन् ?
१०वक्तृतामा कतिओटा प्रश्नात्मक वाक्य रहेका छन् ?
११अमृताले कुन सन्दर्भबाट आफ्नो भनाइ टुङ्ग्याएकी छन् ?
१२वक्तृतांशमा किन आफैँमा विश्वास राख्न भनिएको हो ?
१३वक्तृतांशमा विफलतालाई किन शिक्षाका रूपमा लिन भनिएको होला ?
१४विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयको भूमिका कस्तो हुनुपर्छ ?
१५गल्ती कसरी शिक्षक हुन सक्छ, तर्क दिनुहोस् ।
१६वक्तृतांशका अनुसार अहिले कस्तो शिक्षा प्रचलनमा रहेको देखिन्छ ?
१७समाजमा समायोजन हुने खालको व्यक्तित्व विकास गर्न के गर्नुपर्छ ?
१८विद्यालयले कसरी विद्यार्थीको व्यक्तित्व विकास गर्न सक्छ, आफ्ना विचार प्रस्तुत गर्नुहोस् ।
१९आफ्नो व्यक्तित्व विकासका लागि विद्यार्थीले के कस्ता कार्य गर्नुपर्छ, लेख्नुहोस् ।
२०माथिको वक्तृतामा अमृता नेम्वाङले भनेका कुरालाई दशओटा बुँदामा टिपोट गर्नुहोस् ।
२१वक्तृता कसरी सञ्चालन गरिन्छ, कक्षामा छलफल गर्नुहोस् ।
२२'विद्यार्थी जीवनमा अनुशासनको महत्त्व' शीर्षकमा छोटो वक्तृता तयार पार्नुहोस् ।
२३आफूले भ्रमण गरेको कुनै एउटा रमणीय स्थलको विषयवस्तु समेटी एक दिनको दैनिकी तयार पार्नुहोस् ।
२४बहुबौद्धिकताको सिद्धान्तका प्रतिपादक को हुन् ? बहुबौद्धिकताका प्रकार उल्लेख गर्नुहोस् ।
२५भाषिक बौद्धिकताअन्तर्गत पर्ने कुरा के हो ? तपाईंमा मुख्य रूपमा कुन बौद्धिकता रहे जस्तो लाग्छ ?
२६बहुबौद्धिकतासम्बन्धी अनुच्छेदबाट दुई पारिभाषिक शब्द, एकवचन र बहुवचनका एक एकओटा क्रियापद अनि श, ष, स प्रयोग भएका एक एकओटा शब्द लेख्नुहोस् ।
२७'हाउभाउ' र 'रुचि' शब्दको अर्थ लेख्नुहोस् ।
२८राजकिशोरले कक्षाको राम्रोसँग नेतृत्व गरे झैँ कक्षाका साथीको नेतृत्व गर्नका लागि नेतृत्वकर्ताका रूपमा मन्तव्य व्यक्त गर्नुहोस् ।
२९भाषण कलाको महत्त्वबारे भन्नुहोस् ।
३०दिइएका वाक्यको लिङ्ग, वचन, पुरुष र आदर पहिचान गर्नुहोस् : भाइ पाँच कक्षामा पढ्छ । बहिनी सात कक्षामा पढ्छे । म नौ कक्षामा पढ्छु । तिमी पनि नौ कक्षामा पढ्छौ । साथीहरू पनि सँगै पढ्छन् ।
३१हरेक कोठाबाट एक एक शब्द लिई लिङ्ग, वचन, पुरुष र आदर सङ्गति मिलेका वाक्य बनाउनुहोस् ।
३२दिइएका वाक्यलाई लिङ्गका आधारमा क्रियाको पदसङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् ।
३३कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् ।
३४दिइएको अनुच्छेद पढ्नुहोस् र पदसङ्गति पहिचान गर्नुहोस् ।
३५दिइएको अनुच्छेद पढी श, ष, स प्रयोग भएका शब्दको अलग अलग सूची बनाउनुहोस् ।
३६वक्तृताबाट श, ष, स प्रयोग भएका पाँच पाँचओटा शब्द खोजेर लेख्नुहोस् ।
३७'भाषाको विस्तारमा प्रविधिको भूमिका' विषयमा वक्तृता तयार पार्नुहोस् ।
३८तपाईंले सुनेको कुनै वक्तृताबाट मुख्य मुख्य विषयवस्तु टिपोट गरी कक्षामा प्रस्तुत गर्नुहोस् ।
३९अमृता नेम्वाङ र छिरिङ लामाले व्यक्तित्वलाई चिनाउने तरिकामा के फरक छ ?
४०विद्यालयलाई विद्यार्थीको दोस्रो घर किन भनिएको हो ?
४१विद्यालयको भौतिक वातावरणले विद्यार्थीको व्यक्तित्वमा कस्तो असर पार्छ ?
४२दैनिकी र वक्तृताबिच के के फरक छ ?