पाठ १ · मेघ बिजुली विवाह

मेघ बिजुली विवाह

नेपालीविषय
८ minअनुमानित समय

कविताका कठिन शब्द र अर्थ

  • जलद: पानी बर्साउने तत्त्व, बादल
  • दोसल्ला: कुनै व्यक्ति विशेषलाई ओढाइने राम्रो खास्टो वा ओढ्ने, कसैलाई सम्मान स्वरूप ओढाइने मूल्यवान् ओढ्ने
  • नग: अग्लो डाँडो, पहाड, पर्वत, रुख, वृक्ष
  • श्रुतिपथ: श्रवण मार्ग वा बाटो, वेदपथ
  • पद्धति: काम गर्ने सिलसिलेवार नियम, कार्यप्रणाली, कार्यविधि
  • मण्डप: विवाह, व्रतबन्ध, यज्ञ आदि गर्नका लागि बनाइएको विशेष स्थान, पूजाघर
  • शैलश्रेणी: पहाडका शृङ्खला वा लहर
  • कदली: केरा
  • रुचिर: रुचिअनुसारको, सुन्दर, मनोहर
  • चँदुवा: धार्मिक कार्यका लागि मण्डप वा जगेका बिचमा टाँगिने चौकुने कपडा
  • पगरी: शिरमा फनफनी बेरेर लगाइने कपडा, फेटा
  • नभ: पृथ्वी र ग्रह नक्षत्रका बिचको शून्य स्थान, आकाश
  • इन्द्रेनी: घामपानी भएको बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, निलो, हरियो, पहेँलो, रातो, बैजनी र सुन्तला रङ हुने, धनुका आकारको अर्धवृत्त, इन्द्रधनु
  • वसन: कपडा, वस्त्र, लुगा
  • खास्टो: बाक्लो ओढ्ने पछ्यौरा
  • निशा: रात, रजनी
  • तम: अन्धकार, अँध्यारो, अज्ञान
  • पटल: कुनै वस्तुलाई ढाक्ने साधन, आवरण
  • कवरी: केशपाश, कपालको चुल्ठो
  • कल्ली: गोडामा लगाउने सुन वा चाँदीको एक प्रकारको गोलाकार गहना
  • पयर: पाउ, गोडा, खुट्टा
  • पलक: एकचोटि आँखा झिम्म गर्दा बित्ने समय, पल, छिन
  • भुवन: संसार, जगत्, प्रकृतिको सिर्जना
  • सलामी: बाजा बजाई विशेष किसिमले अभिवादन गर्ने प्रक्रिया
🔐

यहाँ अरू २८ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।