पाठ १ · मेघ बिजुली विवाह

मेघ बिजुली विवाह

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका अर्थ आउने शब्द कविताबाट खोजेर लेख्नुहोस्: (क) विवाह, व्रतबन्ध आदि शुभकार्य गर्न जुरेको योग (ख) दुलही (ग) नओइलाउने एक प्रकारको फूल (घ) असोज र कात्तिक महिनामा पर्ने ऋतु
२रुचि, आय, तरल, सक्रिय, सबल, स्थूल शब्दको विपरीत अर्थ दिवस, अरुचि, निष्क्रिय, ठोस, पतन, दुर्बल, सूक्ष्म, व्यय बाट जोडा मिलाउनुहोस्।
३खाली खालि, फुल फूल, शव सब, यश यस, शीत सित शब्दको अर्थ पहिचान गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस्।
४गगन, लगन, झिमझिम, दल, उपर, गजब, मेघ, चमचम, पटल शब्दको कवितामा लयका निम्ति गरिने उच्चारण र स्वतन्त्र रूपमा हुने उच्चारणमा हुने भिन्नता सुनाउनुहोस्।
५६ र ११ अक्षरमा विश्राम गरी 'मेघ बिजुली विवाह' कविता वाचन गर्नुहोस्।
६(क) 'मेघ बिजुली विवाह' कवितामा कतिओटा श्लोक छन्? (ख) हरेक श्लोकमा कतिओटा पङ्क्ति छन्? (ग) कुन श्लोकमा छमछम बज्ने कल्लीको कुरा छ? (घ) तेस्रो श्लोकमा प्रकृतिका कुन कुन वस्तुलाई तन्ना र पगरीसँग तुलना गरिएको छ?
७'सितारे घुम्टी हुन् चमचम निशाका जुनकिरी ...' श्लोक पढी उत्तर दिनुहोस्: (क) रातका जुनकिरी भन्नाले विवाहका सन्दर्भमा कुन कुरा बुझिन्छ? (ख) इन्द्रेनीलाई कुन रूपमा चिनाइएको छ? (ग) दुलहीको रातो पछ्यौरीको काम केले गरेको छ? (घ) तम पटल र नील कवरीले के कुरा बुझाएका छन्?
८मेघ बिजुली विवाहको मण्डप र चँदुवाको काम के केले गरेका छन्?
९कविताको पाँचौँ श्लोकमा के कुरा व्यक्त गरिएको छ?
१०विवाह मण्डपमा कस्ता कार्य गरिन्छन्, कविताका आधारमा लेख्नुहोस्।
११कवितामा नेपालको प्रकृतिको वर्णन कसरी गरिएको छ?
१२'कवि स्रष्टा हो, ऊ सृष्टि गर्छ ...' अनुच्छेद पढी उत्तर दिनुहोस्: (अ) आशीर्वादका अनन्त फूल कहाँ फक्रिन्छन्? (आ) अन्तरिक्ष यात्रीले कविका बारेमा कस्तो अभिव्यक्ति दिएका छन्? (इ) सृष्टिको विचित्रता केमा मुखरित हुन्छ? (ई) 'कवि स्रष्टा हो, ऊ सृष्टि गर्छ' भन्नुको आशय के होला?
१३अनुच्छेदबाट: (अ) 'अन्तरिक्ष' र 'विचित्र' को अर्थ लेख्नुहोस्। (आ) अन्तिम वाक्यबाट दुईओटा नाम शब्द पहिचान गर्नुहोस्। (इ) 'एकै धर्के प्रिय मुस्कानमा सम्पूर्ण प्रीति प्रकट हुन्छ' वाक्यका विशेषण पहिचान गर्नुहोस्। (ई) शब्दको सुरु र बिचमा ह्रस्व उकार लागेका दुई दुईओटा शब्द पहिचान गर्नुहोस्।
१४कविताको पहिलो र दोस्रो श्लोकलाई गद्यमा रूपान्तर गर्नुहोस्।
१५व्याख्या गर्नुहोस्: 'भइन् पृथ्वी तन्ना, चउर छ गलैंचा मखमली / दुलाहाको रातो झलल पगरी भो हिमचुली।'
१६'मेघ बिजुली विवाह' कविताको मूल भाव लेख्नुहोस्।
१७कवितामा मेघ र बिजुलीलाई दुलहा दुलहीका रूपमा चित्रण गरिएजस्तै अन्य कुन कुन विषयवस्तुलाई के केसँग तुलना गरिएको छ?
१८आकाश गर्जी बिजुली चम्किँदा एक्कासि तपाईंको मनमा कस्तो भाव उत्पन्न हुन्छ, साथीसाथीबिच छलफल गर्नुहोस्।
१९झमझम पानी परेको समयमा तपाईंलाई कस्तो अनुभूति हुन्छ, साथीबिच छलफल गर्नुहोस्।
२०नेपाली वर्णमाला र शब्दकोशको क्रमका आधारमा: (क) शब्दकोशको क्रममा क्ष, त्र, ज्ञ कुन कुन वर्णपछि आउँछन्? (ख) कर, कंस, काम, कृषि, क्यारे, क्षय शब्दलाई शब्दकोशको क्रमअनुसार लेख्नुहोस्। (ग) आफ्नो कक्षाका पाँच जना साथीको नाम शब्दकोशको क्रमअनुसार मिलाउनुहोस्। (घ) पृथ्वी, ताँती, घुम्टी, श्रुति, ऋतु, किरण शब्दको अर्थ शब्दकोशबाट खोज्नुहोस्।
२१अनिलले कार्यक्रम सञ्चालन गर्दा देखाएको विनयशील व्यवहारजस्तै तपाईं पनि कक्षामा हुन लागेको गीत प्रतियोगिता सञ्चालकको भूमिका अभिनयसहित निर्वाह गर्नुहोस्।
२२सुनाइ पाठ सुनी खाली ठाउँमा उपयुक्त शब्द छानी भन्नुहोस्: (क) 'मैत्रीसूत्र' म देशको हुँ, सबमा .... छर्दै छु म। (एकत्व, महत्त्व, साथीत्व) (ख) पाखामा खनजोत गर्छु श्रमले .... र लाठे म हुँ। (गर्मी, धर्मी, कर्मी) (ग) आस्था, मानवता, उदार समता बस्ने .... हुँ म। (गलैंचा, फलैंचा, बगैंचा) (घ) होली, क्रिस्मसको, पवित्र इदको .... आधार हुँ। (नवीन, ग्रामीण, प्राचीन)
२३सुनाइ पाठमा नेपाल र नेपालीको पहिचानलाई कसरी चिनाइएको छ, भन्नुहोस्।
२४विजय र विनयबारेको अनुच्छेदमा रातो रङ लगाइएका शब्दमध्येबाट नाम, सर्वनाम र विशेषण पहिचान गर्नुहोस्।
२५मुस्ताङबारेको अनुच्छेदबाट नाम, सर्वनाम र विशेषण शब्दको अलग अलग सूची बनाउनुहोस्।
२६'मेघ बिजुली विवाह' कवितामा प्रयोग भएका मध्ये पाँच पाँचओटा नाम र विशेषण शब्द लेख्नुहोस्।
२७चार चारओटा सर्वनाम र विशेषण शब्द पर्ने गरी मामाघर जाँदाको अनुभव समेटेर अनुच्छेद तयार पार्नुहोस्।
२८'मेरो विद्यालय भोलि बिहान ठिक १० बजे सुरु हुन्छ ...' अनुच्छेदमा शब्दको सुरु, बिच र अन्तिममा ह्रस्व इकार लागेका शब्द पहिचान गर्नुहोस्।
२९'मेघ बिजुली विवाह' कविताबाट शब्दको सुरु, बिच र अन्तिममा ह्रस्व इकार लागेका शब्द पहिचान गर्नुहोस्।
३०'फूलबारी' कवितामा दिइएका 'क' र 'ख' अंशमा आवश्यकताअनुसार पद, पदावली र पङ्क्ति राखी कविता रचना गर्नुहोस्।
३१पुस्तकालयबाट देशप्रेमको भाव भएको एउटा कविता खोजी कक्षामा साथीलाई सुनाउनुहोस्।
३२कविमा बिजुलीलाई नयाँ दुलहीसँग किन तुलना गरिएको होला?
३३'गयो रानीलाई लिइ ऋतु शरद्मा रस लिन' भन्ने पङ्क्तिले प्रकृतिको कुन परिवर्तन देखाउँछ?
३४शिखरिणी छन्दको पङ्क्तिमा कति अक्षर हुन्छन् र विश्राम कहाँ लिइन्छ? एउटा पङ्क्तिमा देखाउनुहोस्।