यस पाठका प्रविधिसम्बन्धी शब्द
| शब्द | अर्थ |
| ह्याक गर्नु | अर्काको खाता वा कम्प्युटरमा अनुमतिविना जबरजस्ती प्रवेश गर्नु |
| नक्कली खाता (Fake ID) | अर्काको नाम र फोटो राखी बनाइएको झुटो सामाजिक सञ्जाल खाता |
| ब्ल्याकमेल गर्नु | फोटो वा भिडियो सार्वजनिक गरिदिने धम्की देखाई पैसा वा अरू कुरा माग्नु |
| URL/link | इन्टरनेटमा कुनै पोस्ट वा पृष्ठ रहेको ठेगाना |
| स्क्रिनसट | मोबाइल वा कम्प्युटरको पर्दामा देखिएको कुरा जस्ताको तस्तै खिचेर राखिएको तस्बिर |
| जाहेरी दरखास्त | अपराध भएको जानकारी दिँदै प्रहरीसमक्ष दिइने लिखित निवेदन |
| डाटा ब्रिच | सुरक्षित राखिएको सूचना चोरिनु वा बाहिरिनु |