१साइबर अपराधसम्बन्धी सुनुवाइ गर्ने कार्यालय कहाँ रहेको छ ? नामसमेत प्रस्तुत गर्नुहोस् ।
२प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले सर्वसाधारणलाई कस्तो कार्य नगर्न अनुरोध गरेको छ ?
३सामाजिक सञ्जालमध्ये सबैभन्दा धेरै प्राप्त निवेदनहरू फेसबुक म्यासेन्जरका रहेका देखिन्छन् । त्यसो हुनुको पछाडि के के कारण हुन सक्छन् ? साथीसँग छलफल गरी लेख्नुहोस् ।
४साइबर अपराधसम्बन्धी विभिन्न पत्रिकामा छापिएका समाचार सङ्कलन गरी कक्षामा छलफल गर्नुहोस् ।
५साइबर अपराधबाट बच्न तपाईं के भूमिका खेल्न सक्नुहुन्छ ? समूहमा छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् ।
६साइबर अपराध भनेको के हो ?
७साइबर अपराधमा के कस्ता अपराधहरू पर्छन् ।
८साइबर अपराधको उजुरी कहाँ कहाँ गर्न सकिन्छ ?
९साइबर अपराधका लागि नेपालमा के के कानुनी प्रबन्ध गरिएका छन् ।
१०साइबर अपराधको उजुरी दिन जाँदा कुन कुन कागजात लिएर जानुपर्छ ?
११साइबर अपराध अरू अपराधभन्दा किन फरक हुन्छ ?
१२तपाईंको साथीको नामबाट बनेको खाताबाट पैसा माग्ने सन्देश आयो भने के गर्नुहुन्छ ?