१विपत् भनेको के हो ?
२तपाईंको समुदायमा कस्ता कस्ता विपत् हुन सक्छन्, सूची बनाउनुहोस् ।
३विपत्ले गर्दा कस्ता परिणाम भोग्नुपर्ला, चर्चा गर्नुहोस् ।
४विपत्का चरणको चर्चा गर्नुहोस् ।
५विपत्को समयमा के के सावधानी अपनाउनुपर्छ, चर्चा गर्नुहोस् ।
६बाढीले के कति क्षति पुऱ्याएको थियो ?
७विपत्ले स्थानीयको जीवनमा कस्तो असर देखा पऱ्यो ?
८विपत्को पूर्व तयारी भएको भए के हुन सक्थ्यो, कारण दिनुहोस् ।
९विपत्बाट प्रभावित मानिस कसरी पूर्व अवस्थामा फर्किए ?
१०विपत् जोखिम घटाउनका लागि विद्यार्थीले कसरी योगदान दिन सक्छन्, छलफल गरेर बुँदामा लेख्नुहोस् ।
११विपत् व्यवस्थापनमा सङ्घसंस्थाको योगदानका सम्बन्धमा कक्षामा आफ्नो विचार राख्नुहोस् ।
१२प्राकृतिक विपत् र मानव सिर्जित विपत् बिचको भिन्नता लेख्नुहोस् ।
१३विपत् व्यवस्थापनमा स्थानीय सरकार र प्रदेश सरकारले गर्ने कामलाई छुट्याएर लेख्नुहोस् ।
१४सार्वजनिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउनुपर्छ भनिएको छ । यो कुरा विपत् व्यवस्थापनसँग कसरी जोडिन्छ ?