१समावेशीकरण भनेको के हो?
२राज्यका हरेक क्षेत्रलाई समावेशी बनाउन के के उपायहरू अपनाउनुपर्छ, उल्लेख गर्नुहोस्।
३समावेशीकरणको आवश्यकता पर्नुका कारणहरू उल्लेख गर्नुहोस्।
४सकारात्मक विभेद भन्नाले के बुझिन्छ?
५विभिन्न जाति र समुदायको भाषिक तथा धार्मिक पहिचानलाई सम्मान गर्न नेपालको संविधानमा के कस्तो व्यवस्था रहेको छ, उल्लेख गर्नुहोस्।
६'समावेशिताले सबै वर्ग, जातजाति, धर्म, क्षेत्र, लिङ्गका व्यक्तिको आफ्नो पहिचान र सम्मान कायम हुन्छ।' यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
७नेपालमा कस्तो कस्तो विविधता रहेको छ, उदाहरणसहित लेख्नुहोस्।
८समावेशीकरण र सकारात्मक विभेदबिच के फरक छ?
९संविधानको धारा ३ मा नेपाललाई कस्तो राष्ट्रको रूपमा परिभाषित गरिएको छ र यसको अर्थ के हो?
१०समावेशीकरणले राष्ट्रिय एकता र अखण्डता कायम गर्न कसरी मद्दत गर्छ?