१व्यापारको सामान्य उद्देश्य के हो?
२लिच्छविकालमा व्यापारलाई कसरी सहज बनाइएको थियो?
३कसले तिब्बतसँग व्यापार सञ्चालन गरेका थिए?
४नेपालले किन व्यापार घाटा सहनुपरेको छ?
५व्यापारको परिचय दिने सुरुको अनुच्छेदमा कुन कुन विषयवस्तु समेटिएका छन्?
६व्यापार भन्नाले के बुझिन्छ?
७सेन वंशका पालामा कस्ता व्यावसायिक वर्ग विभाजन गरिएका थिए?
८नेपालबाट प्रमुख रूपमा विदेश निर्यात हुने वस्तु कुन कुन हुन्?
९नेपालले कसरी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ?
१०व्याख्या गर्नुहोस्: दिगो अर्थतन्त्रका लागि सन्तुलित वैदेशिक व्यापार अनिवार्य सर्त हो।
११विदेशमा उच्च माग हुने घरेलु उत्पादनलाई औद्योगिक उत्पादनमा कसरी रूपान्तरण गर्न सकिन्छ? आफ्ना तर्क प्रस्तुत गर्नुहोस्।
१२कोष्ठकबाट खाली ठाउँमा उपयुक्त शब्द भर्नुहोस्।
१३दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस्: भूक्षय, पूर्वाधार, विकिरण, निशस्त्रीकरण, जीवाणु, खण्डन, सम्पदा, बहुमुखी, प्राङ्गारिक।
१४दिइएका रेखाङ्कित शब्दको पदवर्ग छुट्ट्याउनुहोस्: (क) तिम्रो घरअगाडि आँपको रुख छ तर त्यसमा फल लाग्दैन रे। (ख) स्याबास! सबै जनाले असाध्यै राम्रो काम गर्यौ अनि इज्जत राख्यौ।
१५शुद्ध शब्द पहिचान गरी लेख्नुहोस्: (क) शिशिर, सिसिर, शिसिर, षिषिर (ख) पोसण, पोष्ण, पोशण, पोषण (ग) शाक्षर, षाक्षर, स्साक्षर, साक्षर (घ) आश्चर्य, आस्चर्य, आस्स्चर्य, आष्चर्य (ङ) संकृति, संश्कृति, संस्कृति, संष्कृति
१६दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपोट गरी सारांश लेख्नुहोस्। अनुच्छेद यस्तो छ: पाल्पाको पहिचान ढाका कपडा र ढलोटको करुवासँग गाँसिएको छ। भोजपुरको खुकुरी र भाँडाकुँडा हरेक नेपालीका घर घरमा पुगेका छन्। चितवनमा उत्पादन भएको मह झापाको बजारमा बिक्री भइरहेको छ। नुवाकोटमा फलेको तरकारी काठमाडौँको भान्सामा पाकिरहेको छ। पाटनमा बनेका थाङ्का डोल्पामा बेचबिखन भइरहेको छ। जुम्लामा फल्ने मार्सी धानले काठमाडौँ पोखरालगायत सहरमा बजार पाएको छ। मानिसले जुम्ला, सोलुखम्बु र मुस्ताङको स्याउ, गोरखाको सुन्तला, रामेछापको जुनार खोजी खोजी खान थालेका छन्। हिजोआज मुलुकका प्रायः सबै ठाउँमा यातायातको सुविधा छ। यातायातका कारण पूर्वी नेपालमा उत्पादन हुने चिया पश्चिम नेपालमा पाइन्छ। यातायात तथा सञ्चारले फरक फरक ठाउँलाई मात्र होइन, जनताका भावना र सम्बन्धलाई पनि जोडेको छ।
१७कक्षा प्रतिनिधिको नेतृत्वमा कुनै धार्मिक स्थल वा सङ्ग्रहालय अवलोकन गर्न जाँदा साथीलाई कुन कुन कुरामा कसरी सुझाव दिनुहुन्छ?
१८'बचत गर्ने बानी' शीर्षकमा निबन्ध लेख्ने खाका तयार पार्नुहोस्।
१९वस्तु विनिमय प्रथाका मुख्य समस्या के के थिए? मुद्राको प्रचलनले ती समस्या कसरी हटाए?
२०मल्लकाललाई अर्थतन्त्रको स्वर्णकाल किन भनिन्छ? कारणसहित लेख्नुहोस्।
२१आयात र निर्यातबिचको फरक उदाहरणसहित लेख्नुहोस्।
२२तल दिइएका रेखाङ्कित पद नामयोगी हुन् कि क्रियायोगी छुट्ट्याउनुहोस्: (क) फुर्बा हिजो चाँडै घर फर्किए। (ख) उनका आमाबुबासँग दिदी पनि खेतमा जानुभएको थियो। (ग) घरभरि पाहुना देखेर आमा मुसुक्क हाँस्नुभयो। (घ) बारीको आसपासमा खेत रहेछ।