पाठ ८ · फर्क आफ्नै देश

फर्क आफ्नै देश

नेपालीविषय
८ minअनुमानित समय
१तलका शब्दको शुद्ध उच्चारण गर्नुहोस् : हिमाल, गोर्खाली, अदम्य, पहाड, सगरमाथा, इतिहास, पाइला, कोदाली ।
२हाम्रा पैताला के बोकेर हिँडेका छन् ?
३हामीले बाँकी युगलाई कस्तो बनाउनुपर्छ ?
४देशको सपनालाई कसरी रङ्ग्याउन बाँकी छ ?
५हामी कसका लागि देश भएर बाँच्नुपर्छ ?
६देश बनाउने अभियानको सन्दर्भ कुन अनुच्छेदमा आएको छ ?
७खेतमा चिरा परेका गरालाई कसरी ओसिलो बनाउनुपर्छ ?
८'देशको खम्बा भएर बाँच्नु छ मलाई' भन्नुको तात्पर्य के हो ?
९हामी कस्तो अभियानमा हिँड्नुपर्छ ?
१०कुन अवस्थामा कविका आँखामा हिमाल हाँस्छ ?
११हामीले किन यो युगको गीत लेख्नुपर्छ ?
१२अबको युगलाई कसरी उर्वर बनाउनुपर्छ ?
१३व्याख्या गर्नुहोस् : हामी हाम्रो पिँढीका लागि देश भएर बाँचौँ ।
१४'फर्क आफ्नै देश' कवितामा नेपाली युवालाई किन स्वदेश फर्किन आह्वान गरिएको छ, चर्चा गर्नुहोस् ।
१५'फर्क आफ्नै देश' कविताको मूल सन्देश लेख्नुहोस् ।
१६घाटु केमा आधारित हुन्छ ?
१७घाटुका नायक र नायिका को को हुन् ?
१८राजाको स्वभाव कस्तो थियो ?
१९रानी यम्फावती किन डाँको छोडेर रुन्छिन् ?
२०घाटुसम्बन्धी अनुच्छेदको सारांश लेख्नुहोस् ।
२१दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : साहस, परदेश, प्वाँख, खम्बा, अक्कर, युग, इतिहास ।
२२तलको अनुच्छेद पढी लघुतावाची शब्द टिपोट गर्नुहोस् : आमाले अचारका लागि एक चिम्टी नुन र एक ढिंडी खुर्सानी पिस्नुभयो । दिदीले काँक्रोको एक चिरो काटेर मलाई दिइन् । तिर्खाएको हुनाले मैले एक अम्खोरी पानी पिएँ । हजुरआमाले धागोको एक पोटी र दहीको एक ठेकी ल्याउनुभएको थियो ।
२३दिइएका लघुतावाची शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : पोटी, पोश्रो, त्यान्द्रो, चोइटो, पित्को, कर्द, ठेकी ।
२४दिइएका शब्द प्रयोग गरी अनुच्छेद लेख्नुहोस् : स्वाभिमान, पसिना, परदेश, सपना, आरोही, ओसिलो, ऊर्जाशील, उर्वर ।
२५तलका वाक्यमा रेखाङ्कित पदको कारक पहिचान गर्नुहोस् : अर्जेन्टिनाका खेलाडीले सन् २०२२ को विश्वकपको उपाधि जिते ।
२६रेखाङ्कित पदको कारक पहिचान गर्नुहोस् : हामीले नयाँ कलमले लेख्यौँ ।
२७रेखाङ्कित पदको कारक पहिचान गर्नुहोस् : वैतरणी धाममा पर्यटकका लागि आवासको व्यवस्था छ ।
२८रेखाङ्कित पदको कारक पहिचान गर्नुहोस् : उहाँको खल्तीबाट मोबाइल खसेछ ।
२९रेखाङ्कित पदको कारक पहिचान गर्नुहोस् : टेबुलमा छरिएका किताब मिलाउनुहोस् ।
३०रेखाङ्कित पदमा लागेका विभक्तिका नाम लेख्नुहोस् : भूमाले चित्र बनाउन सकिन् । मैले हातले भात खाएँ । छेदेन रसुवाबाट काठमाडौँ हिँडे । स्वयम्सेवकले मेलामा सबैलाई पानीको बोतल दिए । आमाबुबालाई सम्मान गर्नुहोस् ।
३१ले, लाई, देखि, नो, बाट, रा, मा विभक्ति प्रयोग गरी 'अनुशासन' शीर्षकमा एक अनुच्छेद लेख्नुहोस् ।
३२कवितामा 'हरियो पासपोर्ट' ले के जनाउँछ ?
३३'फर्क आफ्नै देश' गद्य कविता हो भन्ने कसरी थाहा हुन्छ ?
३४'अब खनौँ आफ्नै बाटो कोदाली भएर' भन्ने हरफले के सिकाउँछ ?