पाठ ७ · पदमार्ग

पदमार्ग

नेपालीविषय
८ minअनुमानित समय
१पदयात्रामा कुन कुन पक्षको जानकारी पाउन सकिन्छ ?
२पदयात्रामा सिम्रौनगढको परिवेश कस्तो छ ?
३बडिमालिका कहाँ पर्छ ?
४साथीबिच कसरी घनिष्ठता बढ्छ ?
५'सगरमाथा आधार शिविरसम्मको पदयात्रा गरेर हाम्रो अभियान शुभारम्भ गरौँ' भनाइ कसले भनेको अनुच्छेदमा छ ?
६तलका भनाइ कुन कुन पात्रका हुन् ? (क) घरपरिवारलाई पनि समय दिनैपऱ्यो। (ख) संयोगले हामी दौँतरी मुलुकको पूर्व, पश्चिम, उत्तर र दक्षिणका परेछौँ। (ग) मैले पोहोर साल अन्नपूर्ण आधार शिविरसम्मको भ्रमण गरेको थिएँ। (घ) होमस्टे सञ्चालनका लागि स्थानीय व्यक्तिलाई तालिम दिनुपर्छ। (ङ) अब सोच्नेभन्दा पनि समय मिलाउने हो।
७कस्ता स्थानमा पदयात्रा गर्न सकिन्छ ?
८अन्नपूर्ण पदमार्गका विशेषता के के हुन् ?
९विदेशी किन नेपालको पर्वतीय पदयात्राप्रति आकर्षित छन् ?
१०पर्यटन व्यवसायका माध्यमबाट कसरी रोजगारी बढाउन सकिन्छ ?
११व्याख्या गर्नुहोस् : नेपालका कैयौँ पदमार्ग प्राकृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण छन्।
१२'पदमार्ग' संवादमा प्रयुक्त हिमाली परिवेशको वर्णन गर्नुहोस्।
१३'पदमार्ग विदेशी मुद्रा आर्जनको भरपर्दो माध्यम हो।' यो भनाइलाई पुष्टि गर्नुहोस्।
१४संवादमा पात्रको हाउभाउलाई कहाँ राख्नुपर्छ ?
१५संवादलाई रोचक बनाउन के गर्नुपर्छ ?
१६संवादमा कस्तो भाषाशैली प्रयोग गर्नुपर्छ ?
१७संवादमा के कुरालाई ध्यान दिनुपर्छ ?
१८'हार', 'नगर' र 'साँचो' शब्दका एकभन्दा बढी अर्थ लेख्नुहोस्।
१९'पदमार्ग' संवादको मुख्य सार लेख्नुहोस्।
२०फातिमाले आफूलाई पदयात्राबारे थाहा छैन भनेर स्वीकार गर्दा के फाइदा भयो ?
२१'मौनता स्वीकृतिको लक्षण हो' भन्ने भनाइ संवादमा कुन प्रसङ्गमा आएको छ ?
२२'हामी पदमार्गका माध्यमबाट आर्थिक समृद्धिको नयाँ मार्ग खोल्न सक्ने रहेछौँ।' यसका लागि के के चाहिन्छ ?