पाठ ६ · अमर पुत्र

अमर पुत्र

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका अनुकरणात्मक शब्दलाई मिल्दो क्रियासँग जोडा मिलाउनुहोस् : कपाकप, गजधुम्म, दन्दन्ती, निथ्रुक्क, डुङ्डुङ्ती, ट्वाल्ल, पिच्च, चुर्लुम्म।
२दिइएका अर्थ आउने शब्द 'अमर पुत्र' कथाबाट खोजेर लेख्नुहोस् : (क) अचानक, एक्कासि (ख) पेस्की (ग) भर्खरै बनेको (घ) बोली नफुट्ने अवस्था (ङ) मिसिएको, मिलेको।
३'अमर पुत्र' कथाबाट सातओटा अनुकरणात्मक शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्।
४दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : वेदना, कुदृष्टि, बार्दली, गर्जन, अनायास, तडकभडक, सोचविचार, कालान्तर।
५कुन सन्दर्भबाट कथा प्रारम्भ भएको छ ?
६कथामा कतिजना पात्रबिच कुराकानी भएको छ ?
७कथामा मूर्ति बनाउनका लागि कति रकम पेस्की दिइएको छ ?
८कुन घटनामा कथा समाप्त भएको छ ?
९'अब यही मूर्ति भाजुलालको अमर पुत्र हुने छ' भन्ने प्रसङ्ग कथाको कुन अनुच्छेदमा छ ?
१०'अमर पुत्र' कथाका दिइएका संवाद कसले कोसँग भनेका हुन् भन्नुहोस् : (क) के गर्न लाग्नुभयो भाजुलाल दाजु ? (ख) अगि बनाउन सक्नुहुन्न कि भनी किन होच्याएको त ? (ग) म कहिले लिन आऊँ त ? १५ दिनपछि ? (घ) बनिसकेको मूर्ति नदिएर झन् बैनासमेत फिर्ता गर्नुभयो। (ङ) बेच्नुहुँदैन। यो मूर्ति बेच्नुहुँदैन।
११श्रीकृष्णको मूर्ति कहाँ राखिएको थियो ?
१२भक्तको आत्माबाट के उद्गार निस्कियो ?
१३कसका गलामा व्यथा थुप्रिएका थिए ?
१४भाजुलालले कसलाई मूर्ति दिन चाहेनन् ?
१५दिइएका घटनालाई 'अमर पुत्र' कथाअनुसार क्रम मिलाएर लेख्नुहोस् : (क) झ्यालबाट बोलाहटको आवाज आउनु (ख) भाजुलालले अभिमानयुक्त वाणीमा आफ्नो पहिचान बताउनु (ग) भाजुलाल र सानुमानबिच जुजुलालको मृत्युका विषयमा कुराकानी हुनु (घ) मनोहर मूर्ति देखेर भक्त खुसी हुनु (ङ) भाजुलालले भक्तलाई बैना फिर्ता दिनु (च) भक्तले भाजुलाललाई श्रीकृष्णको मूर्ति देखाएर नमुना बताउनु (छ) भाजुलालको छोरो मूर्तिका स्वरूपमा अमर बन्नु (ज) भाजुलालले भक्तलाई मूर्ति नदिनाको कारणबारे श्रीमती र बुहारीलाई स्पष्ट पार्नु।
१६भाजुलाललाई केको चिन्ता पऱ्यो ?
१७भक्तलाई भाजुलालले किन मूर्ति दिन सकेनन् ?
१८भाजुलालले परिवारलाई कसरी सम्झाए ?
१९कथाको मुख्य सन्देश के हो ?
२०व्याख्या गर्नुहोस् : 'जुजुलालको मानव देह चिताको खरानी भएर नाश भए पनि सङ्गमरमरको आकर्षक मूर्तिका रूपमा कृष्णावतार छोरो त कालान्तरसम्म संसारमा रहिरहला।'
२१भाजुलालले बनिसकेको मूर्ति भक्तलाई नदिनु उपयुक्त थियो वा थिएन, तर्क दिनुहोस्।
२२'अमर पुत्र' कथाका प्रमुख पात्र भाजुलाल र भक्तको चरित्रको तुलना एक अनुच्छेदमा लेख्नुहोस्।
२३'अमर पुत्र' कथाको सार लेख्नुहोस्।
२४'अमर पुत्र' कथाका आधारमा मानिस मरेर गए पनि कला अमर रहन्छ भन्ने कुरालाई पुष्टि गरी समीक्षात्मक उत्तर लेख्नुहोस्।
२५दिइएको अनुच्छेदबाट कालका अपूर्ण पक्षका क्रियापद टिपोट गर्नुहोस्।
२६कोष्ठकमा दिइएका धातुका आधारमा खाली ठाउँमा क्रियापद भरेर वाक्य पूरा गर्नुहोस् : (क) हाम्रो विद्यालयमा नयाँ भवन ..... (बन् : वर्तमान, अपूर्ण पक्ष) (ख) सूचना प्रविधिमा दक्ष शिक्षक ..... (आउ : भूत, अपूर्ण पक्ष) (ग) विद्यालयमा इन्टरनेट पनि ..... (राख् : वर्तमान, अपूर्ण पक्ष) (घ) विद्यार्थी पढाइ लेखाइमा आकर्षित ..... (हु : भविष्यत्, अपूर्ण पक्ष) (ङ) विद्यालयको शैक्षिक उपलब्धि ..... (बढ् : भूत, अपूर्ण पक्ष) (च) विद्यालयले प्रगति ..... (गर : भविष्यत्, अपूर्ण पक्ष)।
२७रातो रङ लागेका शब्दको बनोट प्रक्रिया देखाउनुहोस् : गाउँ गाउँ, वाटोघाटो, खर्चवर्च, आआफ्ना, खनखाँचो, ऐचोपैचो, छरछिमेक, तरकारीसरकारी, पानीसानी।
२८'अमर पुत्र' कथाबाट पाँचओटा द्वित्व प्रक्रियाबाट बनेका शब्द टिपोट गरी वाक्यमा प्रयोग गर्नुहोस्।
२९'अमर पुत्र' कथाबाट 'य' र 'ए' प्रयोग भएका पाँच पाँचओटा शब्द खोजेर लेख्नुहोस्।
३०दिइएका वाक्य शुद्ध पारी लेख्नुहोस् : (क) एथार्थ, यकराज र गाएत्रीलगाएत पाँच जना गाएक रेडियो नेपालद्वारा आयोजित गाएन प्रतियोगितामा सहभागी भये। (ख) आमाले ल्याइदिनुभयको यउटा यकाङ्कीको किताब मैले यघार दिनमा पढेर सिध्यायँ।
३१'अमर पुत्र' शीर्षक किन सार्थक छ ?
३२कथाको परिवेश कस्तो छ र त्यसले कथालाई कसरी सघाएको छ ?
३३भक्तको चरित्रका दुई विशेषता उदाहरणसहित लेख्नुहोस्।