पाठ २ · साकार सपना

साकार सपना

नेपालीविषय
८ minअनुमानित समय
१कथाअनुसार नेपाल खाल्डामा को बस्थ्यो?
२नेपाल खाल्डो देखाउने जिम्मा कसले लियो?
३गोरखाली सेनाले अर्नालाई के गरेर जङ्गलमा छाडिदिए?
४किनलक ज्यान जोगाउन कतातिर लागे?
५कथामा कतिओटा अनुच्छेद छन्, दोस्रो अनुच्छेदमा भएका वाक्य सङ्ख्यासमेत भन्नुहोस्।
६दिइएका भनाइ कसले कसलाई भनेको हो, भन्नुहोस्: (क) यसमा के के छ? मलाई सबै बुझाऊ। (ख) महाराज! गौराङ्गको पत्र आएको छ। (ग) पहाडमा मानिसले मात्र होइन, जनावर, किरा र बिरुवाले पनि लडाइँ गर्दा रहेछन्। (घ) मेरो सपना तिमीहरूले पूरा गऱ्यौ।
७कथाका आधारमा दिइएका घटनाको क्रम मिलाएर लेख्नुहोस्।
८कथामा केपुचिन पादरीले जयप्रकाश मल्ललाई कस्तो सल्लाह दिए?
९पृथ्वीनारायण शाहले हेरेको पत्रमा के लेखिएको थियो?
१०मकवानपुरका राजाले आफ्नो राज्यलाई शत्रुबाट कसरी सुरक्षित गरेका थिए?
११यस कथाबाट कस्तो शिक्षा पाइन्छ?
१२कथाको पात्र गोल्डिङको चरित्र चित्रण गर्नुहोस्।
१३व्याख्या गर्नुहोस्: पहाडमा मानिसले मात्र होइन, जनावर, किरा र बिरुवाले पनि लडाइँ गर्दा रहेछन्।
१४'साकार सपना' कथाको सार लेख्नुहोस्।
१५'साकार सपना' कथामा के पृथ्वीनारायण शाहको सपना पूरा भयो? समीक्षात्मक उत्तर लेख्नुहोस्।
१६दिइएको चित्र वर्णन गर्नुहोस्।
१७दिइएका अर्थ आउने शब्द कथाबाट खोजेर लेख्नुहोस्: (क) राय, सुझाव (ख) होसहवास हराउनु (ग) हैकम जमाउने काम (घ) सत्यानास पार्नु (ङ) बाटामा बरपिपलको वरिपरि बस्न हुने गरी बनाइएको ठाउँ।
१८कथाको अन्तिम अनुच्छेदबाट दिइएका शब्दको पर्यायवाची शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्: सैनिक, हस्त, तारिफ, स्वप्न, जित, चिह्न, लाल।
१९फूलमायाको अनुच्छेदमा रातो रङ लगाइएका पद कुन प्रश्नको उत्तरमा आउँछन्, मिल्दो तालिकामा टिपोट गर्नुहोस्।
२०सुमनको अनुच्छेद पढी भेदक र भेद्य पहिचान गर्नुहोस्।
२१खाली ठाउँमा उपयुक्त विशेषण पद भर्नुहोस्: (क) चराले ... रुखमा गुँड बनायो। (ख) भाइसँग नयाँ ... बक्स छ। (ग) माली गाईले ... वाछो पायो। (घ) उहाँले ... पत्रिकामा कविता छपाउनुभयो। (ङ) हामीले ... काम आफैँ गर्नुपर्छ।
२२दिइएका धातु सामान्य, प्रेरणार्थक वा नाम धातु के हुन्, पहिचान गरी लेख्नुहोस्: वाट्, साट्, मोटाउ, बसाउ, सघाउ, दुह्, थिच्, दिलाउ, होच्याउ, पढाउ, तान्, फोर्, सुकाउ, बनाउ, बाफि, दि, पढ्, लजाउ, तताउ, बताउ, धुल्याउ।
२३सिकर्मी दाइको अनुच्छेद पढेर समापक र असमापक क्रिया पहिचान गर्नुहोस्।
२४सुरु, बिच र अन्तिममा दीर्घ ईकार प्रयोग भएका शब्दलाई अलग अलग तालिका बनाई लेख्नुहोस् र प्रत्येक तालिकाका दुई दुईओटा शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस्।
२५विश्वम्भर लामिछानेले कुन क्षेत्रमा पहिचान बनाएका छन्?
२६पौवागढीमै पर्खेर बस्नुलाई गोरखाली सेनाको बुद्धिमानी निर्णय किन भन्न सकिन्छ?
२७'साकार सपना' शीर्षक यस कथाका लागि किन सुहाउँदो छ?
२८जयप्रकाश मल्लको निर्णयबाट आजका विद्यार्थीले के पाठ सिक्न सक्छन्?
२९यी वाक्यमा भेदक र भेद्य छुट्याउनुहोस्: गोरखाली सेनाले तीन सय राइफल पाए।
३०तल दिइएको वाक्यका क्रियापद समापक हुन् कि असमापक, छुट्याउनुहोस्: अर्ना कुद्दै जङ्गलतिर भागे।