पाठ १७ · डल्ले खोला

डल्ले खोला

नेपालीविषय
८ minअनुमानित समय
१रनबहादुर कहाँ पुग्यो ?
२रनबहादुरले हाकिमसँग कति रुपियाँ माग गऱ्यो ?
३शिवबहादुर किन खुसी थियो ?
४डल्ले खोला कसले मुस्किलले तऱ्यो ?
५कथा कतिओटा अनुच्छेदमा संरचित छ ?
६रनबहादुरको भाषणले केको काम गरेको थियो ?
७रनबहादुरले कति रकम बुझेको थियो ?
८आउने जानेले किन अब बाँचिने भयो भन्ने ठाने ?
९रनबहादुरको आवश्यकता कसले पूरा गरिदियो ?
१०'डल्ले खोला' कथाका आधारमा घटनाको क्रम मिलाएर लेख्नुहोस्।
११रनबहादुरमा किन नयाँ जोश र उत्साह आएको थियो ?
१२डल्ले खोलाले रनबहादुरको आवश्यकता कसरी पूरा गरिदियो ?
१३डल्ले खोलाले हात फैलाएर के के भन्यो ?
१४गाउँबाट सदाका लागि अनिकाल कसरी भाग्ने छ ?
१५कथाको सार लेख्नुहोस्।
१६भाव विस्तार गर्नुहोस्: 'एक मुठी सास भएसम्म हामीले निर्माण कार्यमा पछि पर्नुहुँदैन।'
१७रनबहादुर र हाकिम पात्रका चारित्रिक विशेषताको तुलना गर्नुहोस्।
१८'भ्रष्टाचार नियन्त्रणका लागि जनता सचेत हुनुपर्छ' यस कथनलाई 'डल्ले खोला' कथाका आधारमा तर्क दिनुहोस्।
१९डल्ले खोलामा पुल किन बन्न सकेन, समीक्षात्मक उत्तर लेख्नुहोस्।
२०कोष्ठकमा दिइएको निर्देशनअनुसार वाच्य परिवर्तन गर्नुहोस्: (क) सङ्गीता मिठो गीत गाउँदै छिन्। (कर्मवाच्य) (ख) बुबाले मिठाई दिनुभएको थियो। (कर्मवाच्य) (ग) हिजो राती त सात घण्टा निदाएछु। (भाववाच्य) (घ) कथाका किताब किनिन्छन् र पालैपालो पढिन्छ। (कर्तृवाच्य) (ङ) तिमीबाट त्यति काम गरियोस् है। (कर्तृवाच्य) (च) म त खुब हाँस्छु। (भाववाच्य)
२१दिइएको अनुच्छेदबाट वाच्य पहिचान गरी लेख्नुहोस्: हाम्रो विद्यालयले कविता प्रतियोगिता आयोजना गऱ्यो। मद्वारा उक्त प्रतियोगितामा सहभागिता जनाइयो। रूपेश, लाक्पा, सुचिनालगायत थुप्रै साथीले भाग लिएका थिए। उद्घोषकबाट नाम बोलाइयो। आफू त सरासर मञ्चमा गइयो। निर्धक्कसँग कविता वाचन गरियो। दर्शकले असाध्यै प्रशंसा गरे। सबैले ताली बजाए। तपाईंहरूद्वारा पनि राम्रो कविता रचना गरियोस्।
२२पञ्चतन्त्र कथाले बालबालिकालाई के के कुरामा सहयोग पुऱ्याउँछ ?
२३'डल्ले खोला' कथामा कस्तो परिवेशको चित्रण गरिएको छ ?
२४कथामा डल्ले खोलालाई बोल्ने बनाइनुको के अर्थ छ ?
२५जाँचपासका लागि आएका मान्छेको व्यवहारले के देखाउँछ ?