१दिइएका अर्थ र तीसँग मिल्ने शब्दका बिच जोडा मिलाउनुहोस् : जिल्ला वा प्रदेशको मुख्य प्रशासनिक स्थल, पहाडको विचमा रहेको अर्धसम वा सम्म मैदान, बराबर उमेर भएको साथी, पहाडका दुई चुली माझको होचो ठाउँ, रूप गुण स्वभाव कला आदिले लट्ठ पारिएको, गाईवस्तु चरन र गोठका लागि राखिएको बाँझो जग्गा। (शब्द : पाटन, मन्त्रमुग्ध, खर्क, सदरमुकाम, दौँतरी, भन्ज्याङ, पर्वतश्रेणी)
२दिइएका अर्थ बुझाउने शब्द 'से गुम्बाको सुन्दरता' नियात्राबाट खोजेर लेख्नुहोस् : (क) एकान्त स्थल (ख) मुटु छेड्ने खालको चिसो बतास (ग) मोल गर्न नसकिने (घ) कैलाश पर्वतमुनि रहेको ठुलो र पवित्र तीर्थस्थल मानिने एक प्रसिद्ध दह (ङ) बौद्ध धर्मावलम्बी लामाहरूको देवालय (च) पहाडको खोँचबाट पहरामा ठक्कर खाँदै झरेको पानीको प्रवाह
३दिइएका पदावलीलाई वाक्यमा प्रयोग गर्नुहोस् : पाइला चाल्नु, झमक्क साँझ, बास बस्ने ठाउँ, निकै जोखिम, सिउसिउ गर्नु, नामी ओखती, पहाडका तरेली, प्रमत्त पारा, हिमाली खोला
४दिइएका शब्द प्रयोग गरी अनुच्छेद तयार पार्नुहोस् : उत्पादन, बेरोजगार, निर्यात, नगदेबाली, उर्वर, आत्मनिर्भर, प्रोत्साहन, आधुनिक
५डोल्पाको सदरमुकामको नाम के हो ?
६कहाँ स्याउको राम्रो उत्पादन हुँदो रहेछ ?
७कुन बजारमा यार्चागुम्बाको खोजी हुन थालेको छ ?
८यार्चागुम्बा कहिलेदेखि टिप्न सुरु गरिन्छ ?
९नियात्रामा से गुम्बाको चर्चा गरिएको प्रसङ्गभन्दा लगत्तै अगाडि कुन विषयको चर्चा गरिएको छ ?
१०से गुम्बाका विशेषता लेख्नुहोस्।
११से गुम्बा क्षेत्रका गाउँलेको आम्दानीको स्रोत के रहेछ ?
१२से फोक्सुन्डो तालबाट खसेको पानी कस्तो थियो ?
१३रिम्मो गाउँमा के के फल्दा रहेछन् ?
१४धौलागिरिको दृश्य कस्तो थियो ?
१५से गुम्बालाई किन प्राचीन गुम्बाका रूपमा लिइन्छ ?
१६व्याख्या गर्नुहोस् : 'उत्तरतिर हिउँचुलीको झन् बढ्ता खात र आलोक थियो।'
१७'से गुम्बाको सुन्दरता' नियात्राबाट कुन कुन स्थानको जानकारी पाइयो, सूची बनाउनुहोस्।
१८डोल्पाको उच्च हिमाली क्षेत्रको जीवन शैलीबारे वर्णन गर्नुहोस्।
१९दिइएका बुँदाका आधारमा स्थान परिचय लेख्नुहोस् : स्थान : जनकपुरधाम
२०'जीवनशैली नै संस्कृतिको आधार हो' भन्ने कथनलाई विस्तार गर्नुहोस्।
२१'उषाले परीक्षा दिइन् अनि सफल भइन्।' लाई सरल वाक्यमा परिवर्तन गर्नुहोस्।
२२'वीरमान तरकारी फलाउँछन्। वीरमान पैसा कमाउँछन्।' लाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस्।
२३'हिउँद लाग्छ। हिमाल सेताम्मे देखिन्छ।' लाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस्।
२४'जब हाम्रो गाउँमा एम्बुलेन्स चल्न थाल्यो तब गाउँले खुसी भए।' लाई सरल वाक्यमा परिवर्तन गर्नुहोस्।
२५'आमा बजार जानुभएछ। आमाले किनमेल गर्नुभएछ।' लाई संयुक्त वाक्यमा परिवर्तन गर्नुहोस्।
२६'आकाशमा बादल मडारियो। असिनापानी पर्यो।' लाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस्।
२७दिइएका वाक्यलाई संश्लेषण गर्नुहोस् : बालकृष्ण सम साहित्यकार हुन्। उनले नाटक रचना गरेका थिए। उनले कविता रचना गरेका थिए। उनी नेपाली साहित्यमा अमर छन्।
२८दिइएको संश्लेषित वाक्यलाई विश्लेषण गर्नुहोस् : माघ महिनामा विद्यालयले हिउँदे बिदाको सूचना दिएपछि विद्यार्थी खुसी भएर आआफ्ना योजना बनाउँदै घर फर्किएका छन्।
२९दिइएका वाक्यलाई पदयोग गरी पुनर्लेखन गर्नुहोस् : (क) सबै साथीहरू आ आफ्नै काम मा व्यस्त छन्। (ख) आज मामा हरू हाम्रो घरमा आउनु हुन्छ। (ग) तपाईं सँग कति रुपियाँ छ ? (घ) विद्यालयको नियम अनुसार काम गर्नु पर्छ। (ङ) बुबा बाहेक सबै जना आउनु भयो।
३०तपाईंले गरेको कुनै यात्राको स्मरण गर्दै 'अविस्मरणीय यात्रा' शीर्षक राखी यात्रा वर्णन गर्नुहोस्।
३१नियात्रा भनेको के हो र यसमा कस्ता कुरा समेटिन्छन् ?
३२छेप्काका स्याउ देखेर लेखकको मन किन कटक्क भयो ? यसले कस्तो समस्या देखाउँछ ?
३३टोलीका खच्चड कसरी अनुशासित थिए भन्ने कुरा लेखकले कसरी देखाएका छन् ?