पाठ १३ · प्यारो प्रकृति

प्यारो प्रकृति

नेपालीविषय
८ minअनुमानित समय
१कविता वाचन गर्दा कतिऔँ अक्षरमा पूर्णविश्राम लिनुपर्छ ?
२हामीले कस्ता साहित्यको सिर्जना गर्न सकौँ भनी कविले भनेका छन् ?
३कुन कुरामा हाम्रो नयाँ दृष्टि चाहिन्छ ?
४'ऊर्जायुक्त सशक्त निर्भय बनोस् यो जिन्दगी सर्वदा ।' कवितांशको तात्पर्य के हो ?
५कविताका श्लोकमा कतिओटा पङ्क्ति छन् ?
६'प्राणी लिन्छ हराभरा प्रकृतिको आनन्द आस्वादन' भन्ने कवितांशमा मानिसले प्रकृतिबाट के पाउँछ भनिएको छ ?
७त्यही कवितांशमा कस्तो व्यक्तिले सबैभन्दा बढी आनन्द पाउने कुरा बताइएको छ ?
८कवितामा सूर्योदयसँगै हुने परिवर्तनलाई कसरी देखाइएको छ ?
९पानीको सही सदुपयोगबाट प्रकृति र मानवमा कस्तो प्रभाव पर्छ ?
१०हराभरा प्रकृतिको महत्त्व किन छ ?
११कवितामा प्रकृतिसँग गाँसिएका के के कुरा आएका छन् ?
१२दिइएको कवितांशलाई गद्य ढाँचामा लेख्नुहोस् : 'पानी पार्छ मडारिएर नभमा कालो घना बादल...'
१३'जे जस्तो छ कला खुला प्रकृतिको आधार हो सृष्टिको, खाँचो पर्दछ किन्तु सन्तुलनमा हाम्रो नयाँ दृष्टिको ।' भाव विस्तार गर्नुहोस्।
१४'प्यारो प्रकृति' कविताको मूल भाव लेख्नुहोस्।
१५कवितामा कविले मानव र प्रकृतिबिच कस्तो सम्बन्ध हुनुपर्ने भाव व्यक्त गरेका छन् ?
१६दिइएका अर्थ बुझाउने शब्द 'प्यारो प्रकृति' कविताबाट पहिचान गरी लेख्नुहोस् : (क) सधैँ हराभरा रहने (ख) छ्याङ्ग देखिने, दूरदर्शी (ग) रस लिने काम, आत्मिक तृप्ति (घ) सिर्जनालाई प्राथमिकता दिने (ङ) कुनै उद्योग उत्पादनका निम्ति पहिले गरिएको खर्च
१७छुटेका शब्द भरी पुनर्लेखन गर्नुहोस् : 'राम्रो स्वच्छ ...... ...... आत्मीयता पाउँदा' देखि 'ऊर्जायुक्त सशक्त निर्भय बनोस् यो ...... सर्वदा' सम्म।
१८दिइएका वाक्यलाई निर्देशनअनुसार परिवर्तन गर्नुहोस् : (क) बजारमा खाद्यवस्तुको अभाव छैन । (करण) (ख) सुनिताले पाल्प्याली टोपी बनाइछन् । (अकरण) (ग) कुन्साङको घरनजिकै सामुदायिक वन छ । (अकरण)
१९दिइएका वाक्यलाई निर्देशनअनुसार परिवर्तन गर्नुहोस् : (क) मालीले फूल रोप्यो । (प्रेरणार्थक) (ख) दाजु उसलाई हिसाब सिकाउनुहुन्छ । (अप्रेरणार्थक)
२०शिरबिन्दु लागेका शब्द टिपोट गर्नुहोस्।
२१यति भनेको के हो र यसले कविता वाचनमा के काम गर्छ ?
२२'आह्लादको दोहन' भन्नाले के बुझिन्छ ?
२३'मेरो घर' र 'आमाबुबा' कविताको लयगत भिन्नता के हो ?
२४'फूलको सुवास डाँडावारि मान्छेको सुवास डाँडापारि' उखानको अर्थ के हो ?
२५'रोकावट' र 'सांस्कृतिक' शब्दको निर्माण प्रक्रिया देखाउनुहोस्।