पाठ १२ · जुन्को ताबेई

जुन्को ताबेई

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका पारिभाषिक शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : अक्षांश, उपसंहार, दर्शन, प्रत्यारोपण, समालोचना, भाषिका, आपूर्ति, अवमूल्यन ।
२दिइएका अर्थ दिने शब्द 'जुन्को ताबेई' जीवनीबाट पहिचान गरी लेख्नुहोस् : (क) विश्वविद्यालयले प्रदान गर्ने स्नातक उपाधिको स्तर (ख) दुःख वा कष्ट दिने (ग) कुनै सङ्घसंस्थामा नियमअनुसार रहेको व्यक्ति (घ) दिनको बिचको समय (ङ) तुलना गर्न वा भिडाउन सुहाउने अर्को व्यक्ति नभएको ।
३दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : आरोहण, महादेश, निधन, सम्राट्, लगनशीलता, चुनौती, उद्धार, भौतिक ।
४जुन्को ताबेईको जन्म कहाँ भएको थियो ?
५जुन्को ताबेईले कुन विषयमा उच्च शिक्षा हासिल गरिन् ?
६जुन्को ताबेईले नेपाल सरकारसँग कहिले सगरमाथा आरोहणको अनुमति मागिन् ?
७जुन्को ताबेईले कतिओटा देशका अग्ला हिमाल आरोहण गरिन् ?
८जुन्को ताबेई के चाहन्थिन् ?
९जुन्को ताबेईले धेरै ठाउँमा पुग्दा पनि किन अवसर पाइनन् ?
१०जुन्को ताबेई कुन क्लबमा सदस्य बन्ने अवसर पाएकी थिइन् ?
११जुन्को ताबेईको विवाह कहिले भयो ?
१२'जुन्को ताबेई' जीवनीका आधारमा दिइएका घटनासँग सम्बन्धित समय सन्‌मा उल्लेख गर्नुहोस् : (क) जन्म (ख) लेडिज क्लाइम्बिङ क्लब जापानको स्थापना (ग) नेपाल सरकारका तर्फबाट निवेदन स्वीकृत (घ) सगरमाथा शिखरको सफल आरोहण (ङ) पेरिटोनियल क्यान्सर लागेको जानकारी (च) निधन ।
१३जुन्को ताबेईको शैक्षिक यात्रा कस्तो थियो ?
१४जुन्को ताबेई पर्वतारोहणका लागि कसरी आकर्षित भइन् ?
१५जुन्को ताबेईलाई विश्वभरबाट किन बधाई तथा सम्मानभाव प्रकट गरियो ?
१६जुन्को ताबेईको जीवनीबाट के सन्देश पाइन्छ ?
१७व्याख्या गर्नुहोस् : सगरमाथा आरोहण र जीवनयात्रा उस्तै हो ।
१८जुन्को ताबेईले पर्वतारोहणका क्रममा बेहोर्नुपरेका समस्याको वर्णन गर्नुहोस् ।
१९व्यक्तिमा दृढ इच्छाशक्ति भए जतिसुकै चुनौतीपूर्ण काम पनि पूरा गरेरै छाड्छ भन्ने कुरालाई 'जुन्को ताबेई' जीवनीका आधारमा पुष्टि गर्नुहोस् ।
२०'जुन्को ताबेई' जीवनीको चौथो अनुच्छेद पढी चारओटा बुँदा टिप्नुहोस् र सारांशसमेत लेख्नुहोस् ।
२१दिइएका वाक्यलाई कोष्ठकका निर्देशनअनुसार परिवर्तन गर्नुहोस् : (क) तिमीले अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेछौ । (तृतीय पुरुष) (ख) म जेष्ठ नागरिकलाई सम्मान गर्छु । (द्वितीय पुरुष) (ग) उसले परीक्षामा राम्रो नतिजा ल्याउने छ । (प्रथम पुरुष) (घ) हामीलाई खेल्न मन लागेको छ । (द्वितीय पुरुष) (ङ) तैँले कलम बोकेकी छस् । (तृतीय पुरुष)
२२दिइएका वाक्यलाई कोष्ठकका निर्देशनअनुसार परिवर्तन गर्नुहोस् : (क) रोशन पत्रिका पढ्छ । (मध्यम आदर) (ख) उहाँले सरसफाइ गर्नुभयो । (सामान्य आदर) (ग) उनी कृषक हुन् । (उच्च आदर) (घ) तपाईं समाजसेवा गर्नुहुन्छ । (मध्यम आदर) (ङ) तिमी किन गम्भीर भएर सोचिरहेकी छ्यौ ? (सामान्य आदर) (च) पूजा वादविवाद प्रतियोगितामा प्रथम भइन् । (सामान्य आदर)
२३दिइएको अनुच्छेद पढी कर्ता र क्रियाको पहिचान गर्नुहोस् : 'सम्झनाको भाइ आफ्ना कपडा आफैँ धुन्छ । ऊ अहिले ठुलो भइसकेको छ । सम्झना पनि घरका कामधन्दा गर्ने भइसकिन् । उनी आठ कक्षाकी जेहेनदार छात्रा हुन् । उनीहरूले आमाबुबाबाट धेरै कुरा सिक्न पाएका छन् ।'
२४'जुन्को ताबेई' जीवनीका पहिलो र दोस्रो अनुच्छेदबाट उपसर्ग लागेका शब्द पहिचान गरी तिनको निर्माण प्रक्रिया देखाउनुहोस् ।
२५उपयुक्त ठाउँमा चन्द्रबिन्दु राखी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् : 'गाउ गाउमा बाटो विस्तार हुदै थियो । म चाहि टाढैबाट हेरिरहेको थिए । ... यो आप म पनि उखेल्दिन ।'
२६दिइएका बुँदाका आधारमा मार्क जुकरबर्गको जीवनी लेख्नुहोस् ।
२७जुन्को ताबेईको समूहमा कति जना सदस्य थिए र तिनले कहाँ कहाँ बेसक्याम्प बनाए ?
२८'डेथ जोन' भनेको के हो र त्यहाँ चढ्न किन विशेष क्षमता चाहिन्छ ?
२९शिखर नजिक पुगेपछि समूहले कस्तो निर्णय लिनुपर्‍यो र किन ?
३०जीवनी लेख्दा कुन कुन कुरा अनिवार्य रूपमा समेट्नुपर्छ ?