१दिइएका शब्द र अर्थबिच जोडा मिलाउनुहोस् : स्मरणीय, आमाजू, निर्माता, उत्सव, साइनु, साढुभाइ, सरम, फ्रेम ।
२दिइएका अर्थ बुझाउने शब्द 'हजुरआमाको जन्मोत्सव' मनोवादबाट खोजेर लेख्नुहोस् : (क) कुनै खुसियालीका सन्दर्भमा दिइने भेट (ख) हातले समाई टेकेर हिँडिने साधन (ग) राम्ररी चिनारी गराउने काम (घ) आफूलाई प्रभावित पार्ने आन्तरिक इन्द्रिय (ङ) भ्रम पैदा हुने स्थिति ।
३रातो रङ लागेका शब्दका ठाउँमा उस्तै अर्थ आउने शब्द राखी अनुच्छेद पुनर्लेखन गर्नुहोस् : 'मानिस स्वयम् वातावरण प्रदूषणको कारण हो । हामी घरका फोहोर वाटामा फाल्छौँ । बाहिरबाट हेर्दा मात्र सभ्य देखिन चाहन्छौँ । हाम्रा कारणले सन्ततिले दुःख झेल्ने परिस्थिति सिर्जना गर्नुहुँदैन ।'
४दिइएका शब्दका उल्टो अर्थ दिने शब्द पहिचान गरी ती शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : झगडा, घृणा, आस, परिचित, स्पष्ट, अभागी, अशान्त, पराई ।
५दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् : परिवार, बङ्गारा, हर्षविभोर, उपहार, साढुभाइ, पाहुना, द्विविधा, गृहकार्य, आशीर्वाद ।
६'हजुरआमाको जन्मोत्सव' मनोवाद तोकिएको समयमा पालैपालो सस्वर वाचन गर्नुहोस् ।
७विनोदकी हजुरआमा कति वर्षकी हुनुभएछ ?
८फूपू फुपाजु कहिले घरमा आउनुभएको थियो ?
९हजुरआमाले कहाँ पैसा राख्नुहुन्थ्यो ?
१०विनोदका घरमा के कार्यक्रम हुँदै छ ?
११परिवारमा सबैभन्दा बढी उमेरका व्यक्तिको जन्मोत्सव मनाएको सम्झना नभएको प्रसङ्ग मनोवादको कुन अनुच्छेदमा छ ?
१२'हजुरआमाको जन्मोत्सव' मनोवादको तेस्रो अनुच्छेद शिक्षकबाट सुनेर लेख्नुहोस् ।
१३विनोदकी हजुरआमाको स्वास्थ्य कस्तो छ ?
१४विनोदले हजुरआमाबाट कुन कुन नाता थाहा पाएका थिए ?
१५हजुरआमाले विनोदलाई कसरी चिनाउनुहुन्छ ?
१६'हजुरआमाको जन्मोत्सव' मनोवादको सन्देश के हो ?
१७'हजुरआमाको जन्मोत्सव' मनोवादको सार लेख्नुहोस् ।
१८भाव विस्तार गर्नुहोस् : 'उपहार हृदयबाट समर्पण गरेर दिइन्छ ।'
१९'जन्मोत्सवमा महँगा सामान नै उपहार दिनुपर्छ भन्ने धारणा गलत हो ।' भन्ने कुरा मनोवादका आधारमा पुष्टि गर्नुहोस् ।
२०मानौँ, साथीकी दिदीको विवाह हुँदै छ । तपाईं उक्त विवाहमा जान सक्नुभएन । तपाईं नगएका कारण साथीले खल्लो महसुस गरे । यस्तो अवस्थामा साथीलाई कसरी सम्झाउनुहुन्छ, लेखेर प्रस्तुत गर्नुहोस् ।
२१मनोवादको 'एक पटक दसैँमा .... उहाँसँगै बस्छु ।' अंश पढी मुख्य मुख्य विषयवस्तु टिपोट गर्नुहोस् ।
२२मनोवादको अर्को नाम के हो ? मनोवादमा पात्रका विचार कसरी आउँछन् ? मनोवादमा कस्ता पक्षलाई समेट्नुपर्छ ? मनोवादभित्र कुन अवस्थामा अपूर्ण वाक्य वा कोष्ठकको प्रयोग गर्न सकिन्छ ?
२३नोर्बुले जस्तै तपाईंको दैनिक जीवनमा परेको कुनै स्मरणीय समस्या कक्षामा सुनाउनुहोस् ।
२४दिइएको अनुच्छेदबाट संयोजक पद पहिचान गरी लेख्नुहोस् (सुमित्राको अनुच्छेद) ।
२५दिइएको कुराकानीबाट विस्मयादिबोधक पद पहिचान गरी लेख्नुहोस् (ललिता र विपिनको कुराकानी) ।
२६दिइएको अनुच्छेदबाट संयोजक, विस्मयादिबोधक र निपात पत्ता लगाई अलग अलग तालिकामा लेख्नुहोस् (रञ्जनको अनुच्छेद) ।
२७दिइएका निपातलाई वाक्यमा प्रयोग गर्नुहोस् : रे, नि, त, पो, है, क्या, न, व्यारे ।
२८पाँच पाँचओटा संयोजक र विस्मयादिबोधक पद प्रयोग गरी 'साथीलाई पर्खँदा' शीर्षकमा मनोवाद लेख्नुहोस् ।
२९दिइएको अनुच्छेदबाट 'ग्यँ' र 'ज्ञ' प्रयोग भएका शब्द टिपोट गर्नुहोस् ।
३०दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् : 'यसै वर्ष ज्ञिनिज बुकमा नाम लेखाउने प्रतिग्याँ थियो तर काम गर्दा गर्दै फुर्सद भएन । अर्को वर्ष चाहिँ विग्यँले सिकाए झैँ ज्ञानी बनेर म त्यसतर्फ लाग्छु नै । विज्ञानको चमत्कार जस्तै मेरो प्रग्याँले जे गर्छ त्यो नौलो आविष्कार हुने छ ।'
३१'नयाँ कक्षाको पहिलो दिन' शीर्षकमा मनोवाद लेख्नुहोस् ।
३२मानिसलाई कस्तो परिस्थितिले खुलदुली जगाउन सक्छ, साथीसँग सोधेर बुँदा तयार पारी कक्षामा प्रस्तुत गर्नुहोस् ।
३३मनोवादमा कोष्ठकभित्र (जुरुक्क उठेर खाटमा पल्टिँदै), (गम्भीर हुँदै), (प्रसन्न हुँदै) जस्ता सङ्केत किन राखिन्छन् ?
३४विनोदले साथीहरूसँग मिलेर एउटा उपहार किन्ने सोच किन त्यागे ?
३५'हजुरआमाको जन्मोत्सव' लाई मनोवाद नै किन भनिन्छ, तीन आधार दिनुहोस् ।
३६विनोदले खाजाखर्च जोगाएर पैसा राखेको प्रसङ्गले उनको कस्तो स्वभाव देखाउँछ ?