पाठ १ · सहिदहरूको सम्झनामा

सहिदहरूको सम्झनामा

नेपालीविषय
८ minअनुमानित समय
१दिइएका अर्थ आउने शब्द ‘सहिदहरूको सम्झनामा’ कविताबाट खोजेर लेख्नुहोस् : (क) रातोपन, लालिमा (ख) रोप्न वा छर्न राखिएको अन्न आदिका गेडा (ग) एक पटकमा मुखमा हाली खाइने खानेकुरा (घ) पृथ्वी, जमिन (ङ) प्रगति, अभिवृद्धि
२दिइएका शब्दका लय मिल्ने दुई दुईओटा शब्द लेख्नुहोस् : वीर, पहरा, रसिलो, असार, पाखा, दासता
३दिइएका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् : सपुत, मुलुक, बिउ, कर्तव्य, आकाश, धड्कन, उन्नति
४कवितामा के झरेपछि बिहान हुन्छ भनिएको छ ?
५कसले रगतको भेटी चढाउँछ ?
६हामीले कसरी खुसी पाएका छौँ ?
७सहिद किन रुन्छन् होला ?
८‘सहिदहरूको सम्झनामा’ कविता कति हरफमा संरचित छ ?
९‘हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ सहिदको’ भन्नुको आशय के हो ?
१०हाम्रा कुन कुन कुरामा सहिदको योगदान छ ?
११कवितामा मुलुक कसरी बन्छ भनिएको छ ?
१२वीरले किन रगतको भेटी चढाउँछन् ?
१३हाम्रो खुसीको प्रत्येक पलमा कसको योगदान छ ?
१४सहिदप्रति हाम्रो कर्तव्य के हो ?
१५‘सहिदहरूको सम्झनामा’ कविताको दोस्रो श्लोकबाट तीनओटा प्रश्न निर्माण गर्नुहोस् ।
१६दिइएका कवितांशलाई गद्यमा लेख्नुहोस् : (क) उम्रन्न बोट कसैले बिउ छरेर नगए (ख) हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ सहिदको (ग) पाउने थिएनौँ खुसी तिनले छाडेर नगए (घ) सहिद रोलान् हामीले उन्नति गरेर नगए
१७व्याख्या गर्नुहोस् : ‘हामीले आफ्नो कर्तव्य बिर्सें इतिहासले धिक्कार्ला, गोली निलेका सहिदका प्यारा लासले धिक्कार्ला ।’
१८‘सहिदहरूको सम्झनामा’ कविताको मूलभाव लेख्नुहोस् ।
१९लोकभाका कहाँ कहाँ गाइन्छन् ?
२०लोकलयका कुनै तीनओटा उदाहरण लेख्नुहोस् ।
२१लोकलयको आधार केलाई मानिन्छ ?
२२नेपाली जनजीवन कसरी जीवन्त बनेको छ ?
२३‘सहिदहरूको सम्झनामा’ कविताबाट जाति, द्रव्य र भाव जनाउने दुई दुईओटा नाम पद पहिचान गरी लेख्नुहोस् ।
२४दोहोरिएका नामका सट्टा उपयुक्त सर्वनाम पद राखी दिइएका वाक्य पुनर्लेखन गर्नुहोस् : (क) गोपी किसान हुन् । गोपी परिश्रमी छन् । (ख) काका सहरमा बस्नुहुन्छ । काका व्यापार गर्नुहुन्छ । (ग) हिरा, देवी र नरबहादुर मिल्ने साथी हुन् । हिरा, देवी र नरबहादुर आठ कक्षामा पढ्छन् । (घ) कालो कुकुर दगुर्दै छ । कालो कुकुरले टोक्न सक्छ । (ङ) बुवा हिजो विद्यालय आउनुभएको थियो । बुवाले मेरो नतिजा लिनुभएको थियो ।
२५दिइएका वाक्यलाई सङ्गति मिलाई पुनर्लेखन गर्नुहोस् : (क) भाइ चित्र बनाउँछ । उनी चित्रकार हुन् । (ख) हजुरबुवाको स्वर मिठो छ । ऊ भजन गाउँछ । (ग) उमाकान्तका सन्तान विष्णु, डिल्ली र सम्झना हुन् । उहाँहरू असल हुनुहुन्छ । (घ) सुमित्रा सुनगाभा टोलमा बस्छिन् । उसलाई गाउँघर रमाइलो लाग्छ । (ङ) भूपी शेरचन प्रसिद्ध कवि हुन् । उहाँले राम्रा कविता रचना गर्नुभएको छ ।
२६शब्दको सुरु, बिच र अन्तिममा ह्रस्व इकार प्रयोग भएका तीन तीनओटा शब्द टिपोट गर्नुहोस् ।
२७दिइएका शब्द समूहबाट शुद्ध शब्द पहिचान गरी लेख्नुहोस् : (क) मिहीनेत, मिहिनेत, मीहीनेत, मीहिनेत (ख) ऋषिमुनी, ऋषीमुनि, ऋषिमुनि, ऋषीमुनी (ग) गतिवीधि, गतीविधि, गतिविधी, गतिविधि (घ) परिधि, परीधी, परिधी, परीधि
२८यस कविताको शीर्षक ‘सहिदहरूको सम्झनामा’ किन सार्थक छ ?
२९यस कवितामा थेगो चार पटक दोहोरिनुको प्रभाव के हो ?
३०कविले बलिदान बुझाउन तारा र बिउका दुई उदाहरण किन रोजेका होलान् ?
३१एउटा कक्षा ८ को विद्यार्थीले आजैदेखि गर्न सक्ने कस्ता काम सहिदप्रतिको कर्तव्य पूरा गर्ने काम हुन् ?