एकाइ ४१ · पृथ्वीको धरातलीय स्वरूप

पृथ्वीको धरातलीय स्वरूप

सामाजिक अध्ययनविषय
१४ minअनुमानित समय

यस पाठका मुख्य शब्द तल दिइएका छन्। हरेक शब्दको अर्थ पढ्दा त्यो कसरी बन्छ भन्ने कुरामा ध्यान दिनुहोस्।

शब्दअर्थ
धरातलपृथ्वीको बाहिरी सतह, जसमा पानी र जमिन दुवै भाग पर्छन्
महासागरपानीको मुख्य र सबैभन्दा ठुलो भाग
महाद्विपजमिनको ठुलो भाग
पहाडपृथ्वीको सतहमा माथि उठेको अग्लो जमिनको स्वरूप
मोडदार पहाडढिक्का सर्दा जमिन च्यापिएर माथि उठेर बनेको, शृङ्खलाबद्ध फैलिएको पहाड
ढिक्के पहाडजमिनको ढिक्का माथि उठ्दा वा छेउछाउ भासिँदा बनेको, चुचुरो नपरेको पहाड
ज्वालामुखी पहाडविस्फोटनबाट निस्केका लाभा र खरानी थुप्रिएर सेलाएपछि बनेको पहाड
अवशिष्ट पहाडनरम भाग खिइएपछि कडा भाग मात्र बाँकी रहेर बनेको होचो पहाड
ढिक्कापृथ्वीको बाहिरी पत्रमा रहेका ठुला ठुला टुक्रा, जुन बिस्तारै सरिरहन्छन्
लाभाज्वालामुखी विस्फोट हुँदा भित्रबाट बाहिर निस्केको पग्लिएको तातो पदार्थ
क्रेटरलाभा निस्किन छोडेपछि ज्वालामुखी पहाडको टुप्पामा बाँकी रहने खाल्डो
पठारवरपरभन्दा अग्लो तर माथि फराकिलो समतल भएको भूभाग, अर्थात् उच्च समस्थली
मैदानअग्लो होचो नभएको समथर जमिन, प्रायः मलिलो माटाले बनेको
बेँसीनदीले बगाएर ल्याएका पदार्थ थुप्रिएर बनेको, नदी छेउको होचो मलिलो भाग
उपत्यकाचारैतिर अग्लो भूभागले घेरिएको बिचको फराकिलो र होचो समतल भाग
जलमण्डलपृथ्वीको धरातलमा रहेको पानीको भाग
खाडीजमिनभित्रसम्म पसेको सागरको भाग
खोँचदुई अग्ला भूभागबिचको साँघुरो र गहिरो भाग
निर्माण प्रक्रियाकुनै भूस्वरूप कुन तरिकाले बन्यो भन्ने क्रम
🔐

यहाँ अरू १ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।