१किन पृथ्वीको सतह एकैनासको छैन, कारण दिनुहोस्।
२पहाडका प्रकारहरू लेख्नुहोस्।
३मैदानका फाइदाको सूची बनाउनुहोस्।
४अवशिष्ट पहाडको परिचय दिनुहोस्।
५किन अग्ला होचा देखिए तापनि ढिक्के पहाड चुचुरो परेका हुँदैनन्, कारण दिनुहोस्।
६पृथ्वीको अधिकांश भाग जलमण्डलले ढाकिएको छ, कारण दिनुहोस्।
७मोडदार पहाड कसरी बन्छ, प्रक्रिया लेख्नुहोस्।
८बेँसी र उपत्यकाबिचको भिन्नता स्पष्ट पार्नुहोस्।
९धरातलीय स्वरूपको नाम त्यसको आकारले होइन बन्ने तरिकाले तय हुन्छ भन्ने कुरा उदाहरणसहित पुष्टि गर्नुहोस्।
१०नेपालका हिमाल अझै उठिरहेका छन् भन्ने भनाइको अर्थ के हो, स्पष्ट पार्नुहोस्।