एकाइ ३८ · हामी उपभोक्ता : हाम्रो अधिकार

हामी उपभोक्ता : हाम्रो अधिकार

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय
क्रियाकलाप १

प्रमिलाको पसल यात्रा

अवस्थाप्रमिला बर्देवा विद्यालयबाट फर्केपछि खाजा खानका लागि पसलमा पाउरोटी किन्न जानुभयो। पसलेले पाउरोटी दिइसकेपछि उहाँले पाउरोटी ओल्टाइपल्टाई गरेर हेर्न थाल्नुभयो। उहाँको यो उत्सुकता देखेर पसलेले जिज्ञासा राख्नुभयो, नानु किन यति धेरै ओल्टाइपल्टाई गर्नुभयो?
प्रमिलाको जवाफप्रमिलाले भन्नुभयो, काका हामीले कुनै पनि सामान वा खाद्यान्न किन्दा वस्तु कहिले बनेको, कहिलेसम्म उपयोग गरिसक्नुपर्ने हो र यी वस्तु बनाउन के के मिश्रण भएको छ आदि विषयमा प्रस्ट हुनुपर्छ नि। यो त हाम्रो उपभोक्ता अधिकार हो नि।
अनि थप कुराप्रमिलाले पसलेलाई अझ थप कुरा राख्दै भन्नुभयो, काका, हजुरले पनि म्याद सकिएका र स्वास्थ्यमा नकारात्मक असर पर्ने खालका वस्तु नबेच्नुहोला है। प्रमिलाको कुरा सुनेर पसले छक्क पर्नुभयो, खुसी पनि हुनुभयो र भन्नुभयो, हो नानु, हामी सबै जना सचेत भए उपभोक्ताको अधिकार संरक्षण गर्न सकिन्छ।
प्रश्नहरू(क) सचेत उपभोक्ता भनेको के हो? (ख) सचेत उपभोक्ताले के के गर्नुपर्दछ? (ग) प्रमिलाका कुन कुन बानी तपाईंलाई राम्रो लाग्यो?
🔐

यो क्रियाकलाप १ (जम्मा ६) को झलक हो - पूरै हेर्न लगइन गर्नुहोस्।