प्रस्तोता नोट: पाठ सुरु गर्नुअघि कक्षालाई आफ्नै वरिपरि सम्झन लगाउनुहोस्। सोध्नुहोस्, तपाईंको जिल्लामा प्रहरी चौकी छ? छ। अस्पताल? छ। ठुलो सडक? छ। खानेपानीको धारा? छ। सबै जवाफ पाटीमा लेख्नुहोस्। अनि भन्नुहोस्, यी सबै कसैले न कसैले चलाइरहेको छ। को हो त्यो? कक्षाले प्रायः सरकार भन्छ। भन्नुहोस्, ठिक, तर कुन सरकार? सङ्घ, प्रदेश कि स्थानीय? कक्षा अलमलिन्छ। भन्नुहोस्, आजको पाठले त्यही छुट्याउँछ। कक्षामा कुनै दल वा नेताको नाम नआओस्, कुरा संरचनामै राख्नुहोस्।