एकाइ २० · प्रदेश सरकारका कार्य

प्रदेश सरकारका कार्य

सामाजिक अध्ययनविषय
१३ minअनुमानित समय

यस पाठमा शासन व्यवस्थाका पारिभाषिक शब्द धेरै छन्। यीमध्ये कतिपय नाम मिल्दाजुल्दा भएकाले साटिन्छन्, त्यसैले अर्थ ध्यान दिएर पढ्नुहोस्।

शब्दअर्थ
सङ्घीय प्रणालीशासन एउटै ठाउँबाट नचलाई सङ्घ, प्रदेश र स्थानीय तहमा बाँडेर चलाउने व्यवस्था
प्रदेश व्यवस्थापिकाप्रदेशमा कानुन बनाउने अङ्ग, जसलाई प्रदेश सभा भनिन्छ
प्रदेश सभाप्रदेशको एक सदनात्मक व्यवस्थापिका
एक सदनात्मकएउटै सदन मात्र भएको
प्रदेश कार्यपालिकाप्रदेशको कार्यकारी अधिकार निहित रहने प्रदेश मन्त्रिपरिषद्
कार्यकारी अधिकारनिर्णय लागु गर्ने र प्रशासन चलाउने अधिकार
मन्त्रिपरिषद्मुख्यमन्त्रीको अध्यक्षतामा रहने मन्त्रीहरूको समूह
प्रदेश प्रमुखप्रदेशमा रहने पद, जसले मुख्यमन्त्रीलाई नियुक्त गर्दछन्
मुख्यमन्त्रीप्रदेश मन्त्रिपरिषद्को अध्यक्षता गर्ने पद
संसदीय दलसभाभित्र रहेका कुनै एक दलका सदस्यहरूको समूह
बहुमतआधाभन्दा बढी सङ्ख्या
पहिलो हुने निर्वाचित हुने प्रणालीकुनै क्षेत्रमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने प्रणाली
समानुपातिक प्रणालीप्राप्त मतको अनुपातमा सिट बाँडिने निर्वाचन प्रणाली
समावेशी सिद्धान्तसबै वर्ग र समुदायलाई सहभागी गराउने सिद्धान्त
अवलम्बन गर्नुअपनाउनु, पालना गर्नु
निगरानीकाम ठिकसँग भइरहेको छ कि छैन भनी नजर राख्ने काम
सम्पादन गर्नुकाम पूरा गर्नु
जनसरोकारजनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय
लोकमार्गठुलो सार्वजनिक सडक
अभिलेखआधिकारिक रूपमा राखिने लिखित रेकर्ड
गुठीधार्मिक वा सामाजिक प्रयोजनका लागि छुट्याइएको सम्पत्ति र त्यसको व्यवस्था
नैतिक पतनआचरण खस्केको अवस्था
फौजदारी अभियोगअपराधसम्बन्धी मुद्दामा लाग्ने आरोप
🔐

यहाँ अरू १ खण्ड छन् - सबै पढ्न लगइन गर्नुहोस्।