प्रस्तोता नोट: पाठ सुरु गर्नुअघि कक्षालाई एउटा प्रश्न सोध्नुहोस्, र जवाफ अहिले नखोज्नुहोस्। सोध्नुहोस्, दसैँ किन मनाइन्छ? धेरैले भन्नेछन्, टीका लगाउन, आफन्त भेट्न, बिदा हुन्छ त्यसैले। सबै जवाफ पाटीमा लेख्नुहोस्, कुनै पनि नकाट्नुहोस्। अनि भन्नुहोस्, हेर्नुहोस्, एउटै प्रश्नको तपाईंहरूले चार पाँच फरक जवाफ दिनुभयो, र चारै ठिक छन्। किन ठिक छन् भन्ने कुरा आजको पाठले भन्छ। यो पाठमा कक्षामा फरक समुदायका विद्यार्थी हुन सक्छन्, त्यसैले सुरुमै भन्नुहोस्: आज धेरै चाडका कुरा आउँछन्, कुनै चाड ठुलो र कुनै सानो हुँदैन।