१विकासका पूर्वाधार भनेको के हो? उदाहरणसहित लेख्नुहोस्।
२शिक्षाले कसरी देश विकास गर्न मदत गर्दछ? कारण उल्लेख गर्नुहोस्।
३स्वस्थ रहन अपनाउनुपर्ने उपायहरू के के हुन्, सूची बनाउनुहोस्।
४शिक्षाका किसिमहरू के के हुन्? छोटकरीमा लेख्नुहोस्।
५स्वास्थ्य नै धन हो भन्ने भनाइको अर्थ प्रस्ट पार्नुहोस्।
६नेपालमा भर्नामा पहुँच ९८.४ भए पनि साक्षरता दर ६५.९ मात्र छ। यसको कारण के हो?
७महिला र पुरुष साक्षरताबिचको भिन्नताबारे आफ्नो विचार लेख्नुहोस्।
८नेपालमा हेल्थ पोस्टको सङ्ख्या अस्पतालको भन्दा धेरै छ। किन?
९शिक्षा र स्वास्थ्यलाई सँगै किन राखिन्छ?
१०देउराली गाउँमा शिक्षाले ल्याएका परिवर्तनहरू उल्लेख गर्नुहोस्।