१जनसङ्ख्या तथ्याङ्कका स्रोतहरूको सूची तयार पार्नुहोस् ।
२नेपालमा पहिलो र पछिल्लो जनगणना कहिले कहिले भएको थियो ?
३पञ्जीकरण भनेको के हो ? नेपालमा पञ्जीकरण कहिलेबाट सुरु भएको हो ?
४जनसङ्ख्याको सही सूचना प्राप्त गर्न जनसङ्ख्या तथ्याङ्कका स्रोतहरू महत्त्वपूर्ण हुन्छन्, कसरी ? उल्लेख गर्नुहोस् ।
५घरपरिवार वा समुदायमा कसैले आफ्नो परिवारको व्यक्तिगत घटना दर्ता नगराएको व्यक्ति भेट्नुभयो भने उहाँलाई दर्ता गर्नुका फाइदा उल्लेख गरी कसरी सम्झाउनुहुन्छ ?
६आफ्नो वडाको गत एक महिनाको पञ्जीकरण अद्यावधिकताको अवस्था कसरी अध्ययन गर्ने र प्रतिवेदनमा के के लेख्ने ?
७जनसाङ्ख्यिकी भनेको के हो ?
८जनगणनाको उद्देश्य के हो ? जनगणनामा कस्ता विवरण सङ्कलन गरिन्छन् ?
९जनगणना दिवस कहिले र किन मनाइन्छ ?
१०अभिलेख भनेको के हो ? कुन कुन अभिलेख जनसङ्ख्या तथ्याङ्कका स्रोत बन्छन् ?
११जनगणना र पञ्जीकरणबिचको भिन्नता लेख्नुहोस् ।