वित्तीय शिक्षाका मुख्य शब्दहरू
- वित्त: धनमाल, सम्पत्ति वा जायजेथा
- मुद्रा: पैसा, नोट र सिक्का
- बचत: खर्च गरेर बाँकी राखिएको वा जोगाइएको रकम
- निक्षेप: बैङ्क वा वित्तीय संस्थामा जम्मा गरिएको रकम
- कर्जा: ऋण
- साँवा: ऋणमा लिएको मूल रकम
- ब्याज: ऋणको रकम प्रयोग गरेबापत तिर्नुपर्ने थप रकम
- किस्ता: ऋण थोरै थोरै गरी तिर्ने हरेक पटकको रकम
- धितो: ऋण लिँदा जमानतका रूपमा राखिने जग्गा, सुन चाँदी जस्ता सम्पत्ति
- हर्जाना: समयमा नतिरेबापत लाग्ने थप दण्ड रकम
- लिलामी: बढी रकम दिनेलाई सम्पत्ति बेच्ने काम
- कालोसूची: ऋण नतिर्नेहरूको नाम राखिने सूची
- विप्रेषण: विदेशमा काम गर्नेले स्वदेश पठाएको रकम
- सटही: एक देशको मुद्रा अर्को देशको मुद्रासँग साट्ने काम
- ऋणपत्र: सरकार वा संस्थाले ऋण लिएबापत जारी गर्ने कागज
- विवेकशील: सोचविचार गरेर काम गर्ने
- मितव्ययी: नचाहिँदो खर्च नगर्ने, किफायती
- एकाधिकार: कुनै काम गर्ने अधिकार एउटालाई मात्र हुनु