रोजगारीसम्बन्धी शब्दहरू
- स्नातकोत्तर: स्नातक तहपछिको उच्च शिक्षा, मास्टर्स तह
- लहलहै: अरूको कुरामा लागेर सोचविचार नगरी काम गर्नु
- कोटा: कुनै काम वा अवसरका लागि छुट्याइएको निश्चित सङ्ख्या
- पूर्वतयारी: कुनै काम गर्नुअघि गरिने तयारी
- राहदानी: विदेश जान चाहिने सरकारी पहिचान पत्र
- श्रम स्वीकृति: वैदेशिक रोजगारीमा जाने सरकारी अनुमति
- अभिमुखीकरण: कुनै काम सुरु गर्नुअघि दिइने आधारभूत जानकारी
- दूतावास: अर्को देशमा रहेको आफ्नो देशको सरकारी कार्यालय
- पश्चाताप: गरेको कामप्रति पछि हुने दुःख र पछुतो
- विखण्डन: टुक्रिनु, छुट्टिनु
- पलायन: छोडेर अन्यत्र जानु
- जीवनस्तर: मानिसको रहनसहन, खानपान, शिक्षा र स्वास्थ्यको स्तर
- स्वरोजगार: आफ्नै व्यवसाय गरेर आम्दानी गर्नु