१वि.सं. २००८ मङ्सिरमा गठन भएको काङ्ग्रेसको सरकारलाई तोकिएका कार्य के के थिए?
२परामर्शदातृ सरकारको छोटो परिचय दिनुहोस्।
३राजनीतिक सङ्क्रमण भनेको के हो? वि.सं. २००७ देखि २०१७ को दशकलाई राजनीतिक सङ्क्रमणको अवधि किन भनिन्छ?
४वि.सं. २००७ देखि २०१७ सम्मका प्रमुख सामाजिक तथा आर्थिक उपलब्धिको सूची तयार गर्नुहोस्।
५राजा महेन्द्रलाई महत्त्वाकाङ्क्षी राजा भनिन्छ, उनलाई यसो भनिनुका कारण के के हुन्?
६डा. के.आई. सिंहको विद्रोहको घटनाक्रम छोटकरीमा लेख्नुहोस्।
७वि.सं. २०१० मा बनेको मातृकाप्रसाद कोइरालाको सरकारको आलोचना किन भयो?
८नेपालको पहिलो आम निर्वाचनको संक्षिप्त विवरण दिनुहोस्।
९टङ्कप्रसाद आचार्यको सरकार किन लामो समय टिक्न सकेन?